- सञ्जय साह ‘मित्र’
धेरै पहिलेको प्रस· होइन । २०६८ साल छठ खरनाको दिनको कुरा हो । एउटा कुकुरको व्यवहारले मेरो अन्तर्मनमा जे प्रभाव पार्यो, त्यो कसैलाई पनि असामान्य लाग्न सक्छ । सुन्नेका लागि पनि केही हदसम्म अविश्वसनीय लाग्न सक्छ । मैले त देखेको हुँ । तरपनि मलाई आश्चर्य लागिरहेको छ । आफ्नै घरमा यस्तो नभएको भए शायद कसैले जति विश्वास दिलाए पनि म पत्याउने थिइनँ ।
मेरो बसाइ रहेको मित्रनगर गरुडाभन्दा गेडही गुठीको घर निकै टाढा होइन । साइकलमा जाँदा पन्ध्र मिनेटमा पुगिन्छ । धर्मपत्नी रेणु दिनैपिच्छे घर गइरहन्छिन् तर मलाई उतिसारो फुर्सद भइरहँदैन । कहिलेकाहीं त छ महिनासम्म पनि घर पुग्न सकेको हुँदिनँ । अरू बेला पुगे पनि नपुगे पनि छठ र फगुआको समयमा अवश्य गएको हुन्छु । अहिलेसम्म एउटा फगुआको समयमा बी.ए. को वार्षिक परीक्षा परेकोले हेटौंडामा बिताएको छु र एउटा छठको समयमा अत्यधिक द्वन्द्व चर्केर नेपाल बन्द भएकोले घर आउने अवस्थै नभएको बेला एउटा छठ पनि हेटौंडामा बिताएको छु । तर यी दुवै महापर्वहरूमा घर पुग्न नसक्दा ममा जुन छटपटी र पीडा भएको थियो त्यो मेरो लागि अत्यन्त अप्रिय थियो । आफ्नो घरदेखिको विछोड फेरि पनि बेहोर्न नपरोस् भन्ने मेरो कामनाले त्यसपछिका दिनहरूमा सार्थकता पाएको छ । यीबाहेक अहिलेसम्मका मेरा जीवनका सम्पूर्ण छठ र फगुआ जन्मथलो पुर्नी गेडहीमैं बितेको छ ।
फगुआको समय प्राय: त्यसै दिन वा अघिल्लो दिन घर पुग्छु तर छठको समयमा जस्तोसुकै व्यस्तता पन्छाएर, जतिसुकै काम छोडेर र जतिसुकै टाढा भएपनि खरनाको दिन घर आएकै हुन्छु । यस दिन मेरा सम्पूर्ण साथीभाइ र दौंतरीहरूसित एकै ठाउँमा भेट गर्ने लालसा पनि हुन्छ तर यसभन्दा पनि मुख्य कुरा मेरो गाउँमा हुने छठ र आफन्तसँग मिलेर मान्न पाउने चाडको रमाइलो नै हो जस्तो लाग्छ । यीभन्दा पनि अन्य कारण हुन सक्छन् जो म भन्न असमर्थ छु वा भन्न जानिरहेको छैन जसले मलाई करिब चालीस वसन्तको उमेरसम्म निरन्तर तानिरहेको छ । कहिलेकाहीं लाग्छ बाहिरको दुनियाँमा हुने छठको पनि अवलोकन गरूँ तर त्यस समयको मेरो गाउँको मोहनीले मलाई यसरी तानिरहेको हुन्छ कि मेरो मन अन्त जान मान्दैमान्दैन र मेरा खुट्टाहरू अन्यत्र जान चाहँदै चाहँदैनन् ।
खरनाको दिन यसपालि पनि म घर पुगें, बालबच्चासहित । छोरी त दश वर्षकी भई, उसलाई गाउँको छठमा रमाउन पाउँदा अत्यन्त रमाइलो लाग्छ ।धरतीमा अँध्यारो खस्नुपूर्व नै हामी घर पुगिसकेका हुन्छौं । घर पुगेपछि सबैभन्दा पहिले म साथीहरूलाई भेट्न जान्छु । यो एक किसिमको मेरो हाजिरी गराइ हो । साँझमा प्राय: सबैको घरमा पूजा हुन्छ । पूजाको धूमधाम, रमाइलो वा आकर्षणले सबैलाई आआफ्नो घरमा नै तान्छ ।
आमाले बोलाएपछि म पनि खरना पूजामा ढोग्न गएँ । यस दिनको सबभन्दा महत्त्वपूर्ण समय भनेकै यही हुन्छ । सबैले पूजा गरेपछि प्रसाद पनि खान्छन् । घरमा प्राय: बुवा र आमाले खरना पूजामा ढोगेपछि म ढोग्छु । खरनाको लागि बुवा पनि व्रत बस्नुहुन्छ । आमाले छठ पवनी गर्ने भएपछि व्रत बस्नु स्वाभाविकै हो । यसबाहेक हाम्रो घरमा कोही व्रत बस्दैन । भाइ प्रमोद वीरगंज बस्ने हुँदा ऊ कहिलेकाहीं गाउँमा यसै बेला पनि डुल्न गइदिन्छ । यस दिनपनि यस्तै भयो तर एकै छिनमा आइहाल्यो । सबैले ढोग्दै भाकल गरेपछि आमाले औपचारिक रूपमा खरना पूजाको समापन गर्नुभयो । हामी सबैजना प्रसाद खान बस्यौं ।
प्रसाद खाएर बुवा अलि छिटो चुठ्न उठ्दै भन्नुभयो– आज यो कुकुरले पनि क्यै खाएको छैन ।
हो कहिलेकाहीं त्यस कुकुरलाई घरमा मैले देखेको थिएँ । प्राय: खाने बेलामा हल्का खैरो रङको त्यो कुकुर आँगनमा चुपो लागेर बसेको हुन्थ्यो । बुवा र आमाले खाएपछि अवश्य नै अलिकति कुकुरको अगाडि राखिदिनुहुन्थ्यो । शायद त्यै पुरो खाने कुकुर होला भन्ने लागेको थियो । आज पनि सबैजना प्रसाद खान बसेदेखि अहिलेसम्म त्यो कुकुर अत्यन्त शान्त भएर एकटकले हामी खाइरहेको हेर्दै आँगनमा बसेको थियो । बुबाको कुरा सुनेपछि मैले सोधें– किन ?
बुवाले भन्नुभयो–खोई बिहानैदेखि हामीले खाएको उसले देखेन । सधैं हामीले खाएपछि उसलाई दिन्थ्यौं तर आज ताजा भात ल्याएर दिंदा पनि खाएन । अरूले ल्याएर खान दिंदा पनि खाएन । व्रतै बस्या थियो कि क्या हो हामीसँगै ।
आमाले थप्नुभयो आज दिनभरि यो कुकुर कतै गएकै छैन ।
बुवाले केही प्रसाद लिएर कुकुरको अगाडि राखिदिनुभयो । कुकुर पुच्छर हल्लाउँदै खान थाल्यो । हामी द· पर्यौं । हामी सबैले त्यसै गरी दिंदै गयौं ।
आमाले “यो अघिल्लो जुनीको हाम्रो कोही आफन्त थियो कि ?” भनी आशड्ढासमेत गर्नुभयो ।
अझै पनि घर पुगेको दिन मैले त्यो कुकुरलाई देखें भने त्यो घटना मलाई याद आइहाल्छ ।