- बैद्यनाथ ठाकुर
शिक्षक, जसलाई प्राचीनकालदेखि गुरु भन्दै सम्मान गर्दै आइयो, यतिखेर बडो जटिल र चुनौतीपूर्ण अवस्थामा आइपुगेको छ । प्रकृतिमा प्रत्येक कुराको विकास हुनु र विकासकै लागि यथास्थितिको पतन हुनु प्रकृति विकासको नियममा आधारित हुन्छ । कुनै बेला शिक्षकलाई गुरु भनेर सम्मान गर्ने प्रचलन कस्तो थियो भने गुरुको खुट्टामैं लम्पसार परेर साष्टा· दण्डवत गरिन्थ्यो । अझै गुरु पूर्णिमाको दिन त गुरुको खुट्टा धोई–पखाली गरेको पानी चरणमृत भनी पान गर्ने गरिन्थ्यो । त्यतिबेला गुरुहरू खडाउँ (काठको चप्पल) लगाउने गर्थे र समाजमा गुरुभन्दा जान्ने अरू कोही हुँदैनथ्यो । गुरुहरूको सम्मान यसकारण पनि हुन्थ्यो कि उनीहरू ज्ञानका भण्डार मात्र थिएनन्, सच्चरित्र, इमानदार, मेहनती तथा झूटो नबोल्ने, चरित्रवान हुन्थे । तर यतिखेर जमाना बदलिसकेको छ । शिक्षक मात्र समाजमा जान्ने व्यक्ति रहेन । आजभोलि शिक्षकभन्दा बढी कुराहरू रेडियो, टिभी, पत्रपत्रिका, इन्टरनेटलगायत विज्ञान र प्रविधिका साधनबाट प्राप्त हुन थालेपछि शिक्षकहरूको पहिलेभन्दा वजन घट्नु स्वाभाविक नै हो । त्यसैगरी बदलिंदो परिस्थिति, देशको राजनीतिक अवस्था तथा सामाजिक, सांस्कृतिक रूपान्तरणले गर्दा विद्यार्थीहरू पनि पुरानो अवस्थामा रहने कुरै भएन । पहिलेको जस्तो गुरुकुलमा ल·ोटी धुने र दिनभरि ज·लमा भान्छाको लागि दाउराको जोहो गर्ने अनि भातभान्छा गरी ज्ञान प्राप्त गर्ने अवस्था नै रहेन ।
विकसित परिस्थितिमा विद्यार्थीहरू कस्तासम्म देखिएका छन् भने शिक्षकलाई नमस्ते गर्न पनि नचाहने, पढ्न फिटिक्कै मन नपराउने, दस/बार्ह वर्षकै उमेरदेखि प्रेमपत्र लेख्ने र लैला–मजनुको उत्तराधिकारीको रूपमा आफूहरूलाई प्रतिस्थापित गर्न खोज्ने, धम्कीको भरमा परीक्षामा उत्तीर्ण हुन खोज्नेसम्मको अवस्था यतिखेर सामुदायिक विद्यालयहरूमा जतासुकै हेर्न पाइन्छ ।
आजभोलिको विकसित अवस्थामा सबैभन्दा बढी मारमा बिचरा शिक्षकहरू परेका छन् । एकातिर चार महिनामा एकचोटी तलब पाउँछन् । त्यो पनि पर्सा जिल्लाका शिक्षकहरू यसपालि आव २०६९/०७० को असार मसान्तसम्मको चौमासिक निकासामा चार महिनाको तलब पाउनुपर्नेमा प्रावि तहमा ९५ प्रतिशत, निमावि तथा मावि तहमा ६४ प्रतिशत मात्र तलब, जिल्ला शिक्षा कार्यालयले माथिबाटै निकासा नआएको भनेपछि तलबसम्म खान पाएका छैनन् । शिक्षकहरूको तलबबाट काटिने र नेपाल सरकारबाट अनुदानको रूपमा दिइने कर्मचारी सञ्चय कोषको कट्टी रकमसमेत प्रधानाध्यापकहरूले समयमा नबुझाइदिने, आफूखुशी निजी कार्यमा प्रयोग गरिदिने परम्पराले गर्दा पाउनुपर्ने ब्याजबाट समेत शिक्षकहरू वञ्चित रहँदै आएका छन् । शिक्षकहरूले पाउने खुद तलबको एक प्रतिशत सामाजिक सुरक्षाको करबापतको रकमसमेत विद्यालयका लेखापालहरूले पाउने तलबकै मूल जोडबाट कट्टा गर्ने तर त्यो पनि वर्षौदेखि आन्तरिक राजस्व कार्यालयमा नबुझाई आफ्नो निजी घरायसी कार्यमा प्रधानाध्यापकसँगको मिलोमतोमा प्रयोग गर्दै आएको अवस्था विद्यमान छ । त्यसैगरी नागरिक लगानी कोषबापतको कट्टी रकमसमेत प्रधानाध्यापकले वर्षौदेखि बाँकी राखी सो रकम आफ्नो निजी कार्यमा प्रयोग गरिरहेको अवस्था हुँदाहुँदै पनि यस सम्बन्धमा तलदेखि माथिसम्म सबै निकाय मौन भई बस्नुले शिक्षा क्षेत्रको भ्रष्ट मनोवृत्ति र शैक्षिक माफियाहरूको सञ्जाल कति बलियो रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
वर्तमान शिक्षा प्रणालीमा शैक्षिक माफियाहरूको चक्रव्यूहमा शिक्षकहरू गहुँसँग घुन पिसिएजस्तै बाँच्न बाध्य रहेका छन् । शिक्षकहरू जति काम गरे तापनि जस दिने ठाउँ नै छैन । भ्रष्ट मनोवृत्ति शिक्षामा हावी रहँदै आएको हुनाले मेहनती, लगनशील तथा इमानदार शिक्षकहरूको हुनुपर्ने पदोन्नतिसमेत भइरहेको देखिंदैन । जबकि प्रधानाध्यापकहरूको भ्रष्टाचारमा समर्थन जनाउने वा हिसाबकिताब नखोज्ने वा अन्धभक्त भएकाहरूको योग्यता, क्षमता तथा मापदण्ड नपुग्दासमेत तिनीहरूले विभिन्न खाले राष्ट्रिय शैक्षिक पुरस्कार तथा प्रमाणपत्र पाउने अवसरदेखि आन्तरिक बढुवा तथा विभिन्न लाभका पद र अवसर सजिलै प्राप्त गर्ने गर्दछन् । यस्ता शिक्षकहरू सङ्ख्यात्मकरूपमा थोरै छन् तर यिनीहरू प्रधानाध्यापक तथा जिशिकाको नियमित चक्कर काटिरहने हुनाले सबैखाले अवसरहरूमा यिनीहरूले नै अप्रत्यक्ष कब्जा गरेजस्तै छ ।
अकासिंदो महँगीमा पनि शिक्षकहरूको तलब बढेको छैन । पाउनुपर्ने तलब पनि समयमा पाइँदैन । विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय तथा राजनीतिक पार्टीका नेता, कार्यकर्ता र शिक्षा मन्त्रालय सबैतिर शैक्षिक स्तर खुस्किंदै जानुको दोष निर्दोष शिक्षकहरूमाथि पूर्वाग्रही ढ·ले थोपरिंदै आएको छ । वास्तवमा नेपाली शिक्षकको नियति ‘न एकादशीको व्रत न पेटभरि भात’ जस्तै हुन गएको छ । विद्यालयमा छात्रवृत्तिको रकमदेखि सम्पूर्ण अन्य रकम प्रधानाध्यापकले हिनामिना गर्छ तर अबगाल शिक्षकहरूले पनि बेहोर्नुपर्छ । जहिले पनि विद्यालयमा अनुपस्थित रहने, निजी काममा गए पनि काज लेख्ने, हाजिर गरेर हिंड्ने वा विद्यालय नै नआएपनि हाजिर गर्ने प्रधानाध्यापक जो एक घण्टी पनि पढाउने गर्दैन, लोकलाजले गर्दा रूटिनमा आफ्नो नाउँमा केही घण्टी हात्तीको देखाउने दाँतजस्तो राखे पनि वास्तवमा उक्त घण्टी विद्यालयकै अरू कुनै शिक्षकद्वारा पढाउन लगाइएको हुन्छ । त्यति हुँदाहुँदै पनि प्रधानाध्यापक इमानदार, मेहनती, चोखो आदि सबै विशेषताले सुशोभित भइराख्ने तर मरीमरी काम गर्ने बिचरा शिक्षकहरू दोषी भइराख्ने परम्पराको निरन्तरतामा अब क्रमभ· हुनुपर्ने बेला आइसकेको छ । हुनत सप्तरी जिल्लाको भगवतपुर गाउँ विकास समितिस्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर मण्डललाई विद्यालय भवन तथा शौचालय निर्माणको लागि आएको रकममध्ये सात लाख पचास हजार रुपियाँ भ्रष्टाचार गरेको ठहर भएपछि निजलाई जेल पठाइएको छ । यतिखेर सप्तरी जिल्लाको ६५ वटा विद्यालयको प्रधानाध्यापकमाथि भ्रष्टाचारको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाई शुरु गरेको छ, जसलाई देशभरि शिक्षामा सुधारको सड्ढेतको रूपमा लिइएको छ । एउटा प्राथमिक विद्यालयमा प्रधानाध्यापकले साढे सात लाखको घपला गर्न सक्छ भने निमावि, मावि र उच्च माविको प्रधानाध्यापकको आर्थिक हिसाब–किताब के होला ?
पर्सा जिल्लामा पनि केही मावि तथा उच्च माविको प्रधानाध्यापकमाथि भ्रष्टाचारको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज तथा क्षेत्रीय प्रशासन कार्यालय, हेटौंडामा मुद्दा दर्ता गरिएको छ तर कारबाईको प्रक्रिया कछुवाको गतिमा अगाडि बढिरहेको अभिभावकवर्गको गुनासो छ । वास्तवमा शिक्षा क्षेत्रमा भ्रष्टाचार कायम रहेसम्म शिक्षामा गुणस्तर भन्ने नारा ‘आकाशको फल आँखा तरी मर’ को अवस्थामा मात्रै रहने कुरा सरोकारवाला सबैले बुझ्न जरुरी छ । ‘भ्रष्टाचारमुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई सार्थक पार्न जबसम्म शिक्षक, विद्यार्थी, अभिभावकलगायत सरोकारवाला लागि पर्दैनन् तबसम्म सामुदायिक विद्यालयले गुमेको विश्वास आर्जन गर्न सक्दैन ।