प्रस, पथलैया, १३ साउन/
विभागीय टिम एपीएफ क्लबले चौधौं राष्ट्रिय एनसेल महिला फूटबलको उपाधि जितेको छ । सिमरा र·शालामा शनिवार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
पाँचौंपटक उपाधि जिताउने क्रममा एपीएफकी कप्तान जमुना गुरुङ र अनु लामाले गोल गरेका थिए । नेपाल प्रहरीका लागि भने चन्द्रा भण्डारीले एक गोल गरिन् । एपीएफले यसअघि चारपटक राष्ट्रिय महिला फूटबलको उपाधि जितिसकेको छ ।
जीतसँगै एपीएफले नगद तीन लाखसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता प्रहरीले भने एक लाख पचास हजारसहित ट्रफी पायो । विजयी टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र एन्फा अध्यक्ष गणेश थापाले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
एपीएफकी अनु लामा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा ११ गोल गरेकी लामालाई एन्फाले पुरस्कारबापत स्कुटर दिएको छ । प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक एपीएफकी चन्द्रादेवी दाहाल घोषित भइन् । त्यस्तै सजना राना उत्कृष्ट मिडफिल्डर र भगवती थापा उत्कृष्ट डिफेन्सबाट पुरस्कृत भए । एपीएफका मिलन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रहरीकी चन्द्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भइन् ।
जीतपछि एपीएफका प्रशिक्षक मिलन राईले टिमको उत्कृष्ट प्रदर्शनले पाँचौंपटक उपाधि जित्न सफल भएको बताए । प्रहरीका प्रशिक्षक सन्देश श्रेष्ठले टिमले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नुपरेको बताए ।