उपेन्द्र यादव, बारा, १२ साउन/
बारा जिल्लाको दोहोरी गाविसको पुरानो विकास निर्माण कार्यको नयाँ मूल्याड्ढन गराई गाविस सचिव र जिविस इन्जिनियरको मिलोमतोमा रकम अनियमितता गरिएको उजुरी परेको छ ।
दोहरी गाविस सचिव जयकिशोर मल्लिक र जिविस बाराका इन्जिनियर महेन्द्र महतोको मिलोमतोमा विकास बजेट अनियमितता गरिएको आरोप लगाउँदै जिविसमा उजुरी परेको छ ।
दोहोरी गाविसको वडा नं. ३, ५, ६, ७ र ८ वडामा पर्ने बाटो मरम्मतका लागि गाविसबाट ४० हजार रकम छुट्याइएकोमा रु. २ लाख २५ हजारको काम भएको मूल्याड्ढन देखाई उपभोक्ता समितिलाई रु. १ लाख ८५ हजार थप रकम भुक्तानी गरेको स्थानीय उपभोक्ताहरूको आरोप छ । स्थानीय अंसारूल हक अंसारीको नेतृत्वमा रहेको उपभोक्ता टोलीले बढी रकम १ लाख ८५ हजार तुरुन्त गाविस कोषमा फिर्ता गर्न माग गरेका छन् । उनीहरूले पुरानो कामलाई नयाँ काम भनी गाविस सचिव र जिविसका प्राविधिकले गलत तथा नक्कली मूल्याड्ढन गरेर गाविसको बजेटमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
जिल्ला विकास समिति, बारामा परेको उजुरी सम्वन्धमा अनुसन्धान भइरहेको जिविस बाराले जनाएको छ ।
आरोपित गाविस सचिव जयकिशोर मल्लिकले प्राविधिकको मूल्याड्ढनको आधारमा बढी रकम भुक्तानी दिएको स्विकारेका छन् । सो सम्बन्धमा जिविसका इन्जिनियर महेन्द्र महतोले भने गाविस सचिवले नै छुट्याइएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिने निर्णय गरेको बताएका छन् ।
बाराका कतिपय गाविसमा पुरानै विकास निर्माणको नाउँमा प्राविधिक र सचिवको मिलोमतोमा नयाँ मूल्याड्ढन गरी गाविसको रकम सिध्याउने खेल हरेक वर्ष हुँदै आएको छ ।