प्रस, निजगढ, १४ साउन/
क्रसर उद्योगबाट टिपरमा क्रस्ड गिट्टी र डस्ट लिएर वीरगन्जतर्फ जाँदै गरेको ५ वटा टिपरलाई नियन्त्रणमा लिई जरिवाना गरी आइतवार छोडेको छ । इलाका प्रहरी कार्यालय सिमराले सो टिपरलाई जीतपुर, परवानीपुर आसपासबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला वन कार्यालय बारामा शुक्रवार राति बुझाएको थियो । पछिल्लोपटक सर्वोच्च अदालतले अर्को आदेश नहुन्जेल रोडा, गिट्टी, ढु·ा, बालुवाको विदेश निकासी बन्द गर्न मुलुकभरका सम्बन्धित कार्यालयलाई आदेश दिएपछि गैरकानुनीरूपमा लगिरहेको गिट्टी, डस्ट लोड टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले जेठ २८ गते अर्को आदेश नहुन्जेल रोडा, गिट्टी, ढु·ा बालुवाको निकासी बन्द गर्न आदेश दिएको थियो । मकवानपुरबाट गिट्टी लोड गरेर जाँदै गरेको बा. २ ख ७२४० नम्बरको ट्रिपर अमलेखगन्जस्थित क्रसरबाट डस्ट लोड गरिएको ना. ३ ख ७४२६, ना.३ ख ९१७८, ना. ३ ख ८६९१, ना. ३ख ८२१९ नम्बरको ट्रिपर नियन्त्रणमा लिइएको थियो । मुलुकभित्र भन्दै सर्वोच्चको आदेशविपरीत रोडा, गिट्टी, ढु·ा वीरगन्ज आसपास सड्ढलन गर्दै अनुकूल मिलाई भारत निकासी गर्ने आशड्ढामा प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । छुटपूर्जी भएरपनि प्रहरीले अनावश्यक नियन्त्रणमा लिएको क्रसर र मालधनीहरूको भनाइ छ । कुनै टिपरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै सिमरा प्रहरीले टिपर नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा राखेको टिपरचालकहरूले बताएका थिए ।
सो घटनाको अनुसन्धानका लागि वन कार्यालय बाराका सहायक वन अधिकृत दिनेश्वर ठाकुरलाई जिल्ला वन कार्यालय बाराले तोकेको थियो । गिट्टी, बालुवा र ढु·ा निकासी बन्द गरिएपनि केही क्रसर धनीले कानुनको उल्लङ्घन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाउँदै ऐन कानुन उल्लङ्घन न गर्ने शर्तमा वन ऐन नियमावली अनुसार जरिवाना गरी नियन्त्रणमा रहेका टिपरहरू आइतवार छोडेको अनुसन्धान अधिकृत ठाकुरले जनाएका छन् ।