- सञ्जय साह ‘मित्र’
नेपालको राजधानी शहर काठमाडौं आवतजावत गर्न थालेको दुई दशक पुग्न थालेको छ । कामविशेषले पछिल्लो समयमा काठमाडौंको यात्रा पनि बाक्लिएको छ तर उपत्यकाभित्र मैले हेर्नुपर्ने धेरै कुराहरू बाँकी नै रहेका छन् । मैले हेर्न नभ्याएका मुख्य स्थानहरूमा नारायणहिटी राजदरबार पनि रहेकोमा यसपटकको यात्रापछि हेनुपर्नेको सूचीबाट यसको नाम हटेको छ । राजन वीरेन्द्रप्रतिको आस्था र श्रद्धा रहेको अवस्थामा नै दरबारको दर्शन कैयौंपटक सडकबाट गरेर त्यसभित्रको भव्यताको कल्पना गरेको थिएँ र त्यस भव्यताभित्र राजाको जीवन र दैनिकीको अनुमान पनि गर्ने गरेको थिएँ । देशमा गणतन्त्र घोषणा भइसकेर नारायणहिटी राजदरबार नारायणहिटी सङ्ग्रहालयमा परिणत भइसकेको एक वर्षभन्दा बढी बितिसक्दा र सर्वसाधारण नागरिकका लागि केही शुल्क लिएर अवलोकन गर्न पाउने गरी निर्णय सार्वजनिक भएको निकै महिना बितिसकेको छ । महिनामा तीन पटकसम्म काठमाडौं जान परिरहेको भए पनि २०६९ असार तेइस गते शनिवारमात्र नारायणहिटी राजदरबार भनी मेरो मानसपटलमा परिसकेको नेपालको एउटा दर्शनीय परिसरभित्र पसेर राज्यले सर्वसाधारणलाई हेर्न भनी खुला गरेको अधिकारको प्रयोग गर्ने अवसर प्राप्त गरेको छु ।
यसपटक दश वर्षकी छोरी रिया साहलाई पनि लिएर काठमाडौं पुगेको छु । किताबहरू तथा पत्रिकाहरूमा काठमाडौंबारे धेरै जानेकी छोरीलाई एकपटक मात्रै भए पनि, एकै दिनको लागि भए पनि काठमाडौं पुर्याएको छु । काठमाडौंको कलड्ढीमा ओर्लेर हामी सबैभन्दा पहिले पशुपतिनाथको दर्शन गर्न जान्छौं । छोरीलाई पशुपतिको दर्शन गराउँदै उनले सोधेका प्रश्नहरूको आफ्नो क्षमताको आधारमा उत्तरहरू दिंदै जान्छु । पशुपति, बागमती, विरुपाक्ष, आर्यघाट, श्लेष्मान्तक वन, गौशालाको धर्मशाला र आसपासका अन्य ठाउँबारे बताउँदै सबै कुरा देखाउँदै जाँदा बिहानको दश बजिसकेको हुन्छ । त्यस क्षेत्रमा घुम्नुपर्ने एउटा ठाउँ हवाईजहाज ओर्लेको र उडेको हेर्ने इच्छा छोरीको हुन्छ तर खाना खान पनि ढिला भइसकेको हुनाले हामी सुन्धाराको बस माइक्रोमा चढ्छौं ।
सुन्धारामा धरहरा, सुन्धारालगायत कुराहरू हेनुपर्नेछ । सुन्धारा नजिकैको एउटा थकाली होटलमा खाना खान्छौं शाकाहारी । साउन महिनाभरि हाम्रो भान्सामा माछामासु नआउने हुनाले सबैले शाकाहारी नै खान्छौं । खाना खाएपछि एकपटक भीमसेन स्तम्भ वा धरहराको नाउँले परिचित नेपालको एउटा दर्शनीय स्थलको अवलोकन गर्छौं । छोरीले यस विषयमा विभिन्न जिज्ञासाहरू राख्दा त्यहींको बोर्डलाई पढ्न लगाउँछु । अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको धरहराबारे पढेपछि उसको जिज्ञासा कम त हुन्छ तर त्यही रहेको सुन्धाराको विषयमा त्यसैगरी केही जानकारी नलेखिएको पाउँदा छोरीले किन नलेखेको भनी उल्टै मलाई प्रश्न गर्छे । त्यसपछि हामी देशकै सबैभन्दा पुरानो वीर अस्पताल पुग्छौं । बाहिरबाट हेर्दै अगाडि बढिरहेका हुन्छौं । त्यहाँ खोलामा बग्ने पानीभन्दा बढी सलल एकतर्फीरूपमा गाडी बगिरहेको देख्दा छोरी आश्चर्य मान्छे । नजिकै रहेको रत्नपार्क घुमाउन लैजान्छु । त्यसपछि रानीपोखरी र घण्टाघर हेर्ने छोरीको चाहना हुन्छ ।
घण्टाघर पुगेपछि यही नजिकै राजाको दरबार छ, अहिले भित्र पसेर हेर्न पाइन्छ भनेर मैले भनेपछि छोरीको दरबार हेर्ने तीव्र इच्छा हुन्छ । हामी हिंडेरै दरबारसम्म पुग्छौं । छोरीलाई बीस र मेरो आफ्नो एक सयको टिकट किनेर दरबारको दक्षिणी मूल ढोकाबाट प्रवेश गर्छौं । हाम्रो देशको सबैभन्दा बढी आकर्षणको केन्द्रको रूपमा मेरो मनले मानेको दरबार वास्तवमा निकै सुरक्षित छ । चारैतिरबाट कम्तीमा दोहोरो पखाल लगाइएको छ । चारैतिर हरिया–हरिया घाँस र रूखहरू छन् । भित्र छिरेपछि यस्तो दृश्य देख्दा अघि भर्खर वीर अस्पतालनेर देखिएको मानिस तथा सवारी साधनको भीड र यो मनोरम ठाउँको दूरी यति नै होला वा यो यही व्यस्त काठमाडौंको एउटा ठूलो आकर्षण हो भनेर पत्याउन आफैंलाई गार्हो हुन्छ ।
जब दरबारको खुड्किलोमा पाइला टेक्छौं तब लाग्छ अघि तिरेको एक सय बीस रुपियाँको मोल समाप्त भयो । पर्खाल बाहिरबाट देखिने यसको भव्यता नजिक पुगेर पाइला टेक्न खोज्दासम्म अझ बढिसकेको छ । मेरो लागि त विस्मयकारी नै छ । छोरीलाई त झन् कुनै प्रश्न वा जिज्ञासा राख्नेभन्दा पनि जता हेर्यो उतैको भव्यता हेरेर छक्क परेकी छ । वास्तवमा हाम्रो लागि अकल्पनीय भव्यताहरू आउन थाल्छन् । घरभित्र छिरेपछि दायाँ–बायाँ देखाएतिर जाँदै, हेर्दै अगाडि बढ्छौं । भित्र त विभिन्न जिल्लाहरूको नाममा अनेक प्रकोष्ठहरू निर्माण गरिएका छन् । सबै प्रकोष्ठहरूको आआफ्नै विशेषता छ । कुनैमा विदेशी पाहुना बस्थे त कुनैमा विदेशका राष्ट्रपति त कुनैमा प्रथम महिला । हरेक कोठा आफैंमा भव्यताका नमुना । सबैभन्दा विस्मयकारी भव्य त गोर्खा–कोठा रहेको छ । राजाका घोषणाहरू यहींबाट हुन्थे । २०४७ सालको संविधान यहींबाट घोषणा भएको थियो । राजाको बस्ने आसन र त्यस कोठाको माथिको सजावट र आसपासका वस्तुहरू सबैको भव्यता अवर्णनीय छ । कहालीलाग्दो अवस्थाको छ । आँखा त त्यहाँ झिमिक्क पनि हुँदैन ।
तल र माथि गरी राजदरबारका सबै कोठाका एक–एक कुरा दर्शनीय छन् । दरबार भवनभित्र रहुन्जेल नेपालभित्रै छु भन्ने कुरा त्यहाँ पुगेका मानिसहरूको बोलीले मात्र थाहा हुन्छ । सबै कोठाको नाउँ पनि नेपालका जिल्लाहरूको नामबाट राखिएको हुनाले पनि केही छिन नेपालमा छु भन्ने लाग्छ । राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गर्नुभएको कक्ष पनि कम्ती भव्य छैन । दशैंको टीकाको समयमा सर्वसाधारण राजासित टीका थाप्न जाँदा राजाले टीका लगाउने कोठा जुन सर्वसाधारणसित भेटघाट गर्न प्रयोग गरिन्थ्यो र विभिन्न समयमा राजाले रात्रिभोज आयोजना गर्दा प्रयोग गरिने कोठा पनि निकै भव्य रहेका छन् । दरबारभित्र कम्तीमा तीनवटा निकै ठूला कोठाहरू रहेका छन् । राजारानीको शयन कक्ष तुलनात्मक रूपमा केही सानो र साँघुरो रहेको आगन्तुकहरूको टिप्पणी रहन्छ । राजाले राजकाज सम्बन्धी काज गर्ने कार्यालय पनि अन्य कोठाको तुलनामा धेरै आकर्षक रहेको जस्तो लाग्दैन ।
दरबारभित्रका सर्वसाधारणले हेर्न पाउने कुराहरू हेरिसकेपछि त्रिभुवन सदनतिर जान्छौं । यो अहिले भत्काइसकिएको छ । राजा वीरेन्द्र र रानी ऐश्वर्य मारिएको स्थान अहिले एक किसिमले हराइसकेको छ । युवराज दीपेन्द्र अत्यन्त घाइते अवस्थामा भेटिएको सानो प्रतीकात्मक पोखरीको पुल र त्यही नजिकको भित्तानेर राजकुमार निराजन मारिएको स्थान भने सुरक्षित छ । भित्तामा गोलीका दागहरू अहिले पनि