प्रस, रौतहट, १५ साउन/
जिल्ला शिक्षा कार्यालय रौतहटमा व्यापक अनियमितता हुने गरेको समाचार प्राप्त भएको छ । रौतहटमा शिक्षा माफिया समूहले अनियमितता गर्ने र गराउने कार्य गर्दै आएको छ ।
पुराना जिल्ला शिक्षा अधिकारी सरुवा भएपछि फाँटका कर्मचारीलाई मिलाई जिशिअको नक्कली सही गरी माफिया समूहले काम गराउने गरेको हो । यस्ता अनियमितताले कार्य गर्न कठिनाइ भएको जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुर बताउँछन् । जिशिअ ठाकुरले माफिया समूहको पत्ता लगाई कार्यवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यालयको नक्कली लेटरपैड, छाप बनाई विद्यालयमा प्रधानाध्यापक छँदाछँदै अर्को व्यक्ति प्रधानाध्यापक बन्ने गरेको रौतहटका शिक्षा माफियाबाट नै सम्भव हुने गर्दछ । जिल्लान्तर सरुवा समेत नक्कली कागजातको भरमा हुने गरेको तथ्य सार्वजनिक भए पनि सम्बन्धित कार्यालयबाट कार्यवाही हुन सकेको छैन । क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभाग एवं अख्तियार दुरुपयोग अनुसन्धानको पत्रसमेत जिल्ला शिक्षा कार्यालय रौतहटका अधिकृतले लुकाइदिने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान मात्र होइन पुनरावेदन अदालतको फैसलासमेत लुकाउने अधिकृत जिल्ला शिक्षा कार्यालय रौतहटमा छन् । निम्न माध्यमिक विद्यालय पचरुखीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण महतोले नक्कली छाप, नक्कली लेटरप्याड बनाई २०६७ साल भदौ १ गते निप्रअ प्राथमिक शिक्षक रामविश्वास राय यादवलाई दिएका थिए । अवध राय यादवको जिल्लान्तर सरुवा २०६७ साल भदौ ३ गतेका दिन भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले असोज ८ गते जिल्लान्तर सरुवाको कागज माग गर्दा सरुवा सम्बन्धी कुनै कागजात नभएको जिशिकाका अधिकृत उपेन्द्र सिंहद्वारा हस्ताक्षरित पत्रमा लेखिएको थियो । सरुवा सहमति र जिल्लान्तर सरुवा र निप्रअ सम्बन्धमा शिक्षा विभागमा उजुरी परेपछि शिक्षा विभागको निर्देशनमा क्षेत्रीय शिक्षा निर्देशनालयले ०६७ पुस २८ गते विद्यालय व्यवस्थापन समितिको कामकाज रोक्का गरेको थियो । २०६८ साल वैशाख २६ गते अब आइन्दा शिक्षा ऐन नियम परिधि भित्र रही काम गर्नेछु, भए–गरेका गल्ती सच्याउने छु भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण महतोले शिक्षा निर्देशनालयमा लिखित प्रतिबद्धता दिएपश्चात् कामकाज गर्न फुकुुवा दिएको थियो । २०६७ साल फागुन २५ गते पुनरावेदन अदालत हेटौंडाद्वारा शिक्षा ऐन नियम बमोजिम लखन मिश्रलाई प्रधानाध्यापक बनाइएको फैसला र शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ को प्रावधान बमोजिम प्रअको नियुक्ति नभए सम्म निमावि पचरुखीका प्रअको काम कर्तव्य र अधिकार प्रयोग गर्न लखन मिश्रलाई वञ्चित नगरी काम कार्यवाही गर्न दिनुहोला भन्ने विपक्षी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
हृदयनारायण महतोको नाउँमा निषेधाज्ञा र परमादेश आदेश जारी गरेको थियो । तर जिल्ला शिक्षा कार्यालय रौतहटका प्रशासकीय अधिकृत लालबाबू साह र उपेन्द्रप्रसाद सिंहको मिलोमतोमा लखन मिश्रलाई सरुवा गर्ने कार्य भएको हो होइन जिशिका रौतहटले यकिन गर्न सकेको छैन । काज शिक्षक बृजानन्द यादव भने हाजिर हुन विद्यालय पुगेका थिए ।
खेसरहिया माविमा दरबन्दी रहेका शिक्षक यादवले बिरामी जाँच गराउन मावि गौर–८ मा काज सरुवा गरेका थिए । काज शिक्षकलाई पुन: काजमा पठाउने शिक्षा ऐन र नियमावलीमा व्यवस्था छैन । तर माफिया चलखेलले २०६७ सालदेखि हालसम्म प्रअ लखन मिश्रलाई दु:ख दिने नियत र प्रअ मिश्रले इमानदारीपूर्वक विद्यालयमा जम्मा गरेको रकम हिनामिना गर्ने उद्देश्यले शिक्षा माफिया प्रवेश गर्न खोजेको हो । सरुवा पत्रमा हस्ताक्षर गर्ने अधिकृत लालबाबू साहले सरुवामा हस्ताक्षर नगरेको बताएका छन ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटमा मुद्दा विचाराधीन छ । सरुवाको चलानीपत्रमा केरमेट गरिएकोले सोही मितिमा सरुवा नभई आचारसंहिता छल्न मिति हेरफेर गरिएको चलानी किताबले प्रस्ट पारेको छ ।
जिशिका रौतहटले सरुवा नगरेको प्रमाणित भइसके पनि एउटा राजनीतिक दलका जिल्ला अध्यक्षले घूस खाई सरुवा सदर गराउन जिप्रकामा दबाब दिइरहेको थाहा हुन आएको छ । यो समस्या निम्न मावि पचरुखीको मात्र होइन होइन, जिल्लाभरिका अधिकांश विद्यालयमा मिल्दोजुल्दो यस्तै समस्या छ । शिक्षा माफियाहरूले जिशिकाको छाप, लेटरप्याडलगायत चलानी र दर्ता किताब समेत कार्यालय बाहिर लग्ने गरेको समाचार स्रोतले जनाएको छ । शिक्षा माफियाको माग पूरा नगर्ने जिशिअलाई कुनै बहाना बनाई लखेटिदिने परम्परा चलिरहेको शिक्षा स्रोतबाट बुझिन आएको छ ।