प्रस, वीरगंज, १२ साउन/
सवारीकर सड्ढलनमा सशस्त्र प्रहरीले अवरोध सृजना गरेको विरोधमा आजदेखि वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । हिजो पर्सा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको नेपाल नगरपालिका कर्मचारी एशोसिएसन र स्थानीय निकाय कर्मचारी सङ्घले दिएको २४ घण्टे अल्टिमेटममा कुनै सुनवाइ नभएपछि आज दिउँसो १ बजेदेखि आन्दोलनमा उत्रेको कर्मचारीहरूले जानकारी गराएका हुन् ।
आज दिउँसो १२ बजेसम्म निर्णय कुरेर बसेको तर कुनै किसिमको पहल नभएपछि आन्दोलनमा ओर्लनुपरेको दुवै कर्मचारी युनियनका नेताहरूले बताए । घोषित आन्दोलनअनुसार आजदेखि वारुणयन्त्र र स्वास्थ्य शिविरबाहेक वीउमनपाबाट प्रवाहित हुने सबैखाले सेवा सुविधा अनिश्चितकालका लागि बन्द गरिएको छ । सेवा ठप्प पारिएपछि नगर र वडाको सफाइ पनि प्रभावित भएको छ ।
वीउमनपाकाले आव ०६९/०७० को सवारी कर सड्ढलनका लागि स्थानीय प्रहरी प्रशासनको राय सुझाव अनुसार नै कर सड्ढलन केन्द्र निर्धारण गरेर ठेक्का लगाएको वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरे बताउँछन् । तर सशस्त्र प्रहरीले एक्कासि साउन ६ गतेदेखि शड्ढराचार्य गेटमा कर सड्ढलन रोक्का गरेको थियो ।
सशस्त्रले सुरक्षाको दृष्टिले अति संवेदनशील स्थान भएकोले प्रजिअको आदेशमा कर सड्ढलनमा रोक लगाएको प्रष्टीकरण दिएको छ भने प्रजिअ हालसम्म सार्वजनिकरूपमा मौन छन् । कर सड्ढलनमा अवरोध भएको दिनदेखिको क्षतिपूर्ति नगरपालिकाले दिनुपर्ने ठेकेदारको माग छ । नगरका कर्मचारीहरूले सात दिनको समय माग गरेर सो अवधिसम्म समस्याको निपटारा गर्ने र क्षतिपूर्तिसमेत दिने ठेकेदार पक्षलाई आश्वासन दिएका थिए । सोही अनुरूप हिजो ज्ञापन बुझाई नगर कर्मचारीहरू आजदेखि आन्दोलनमा उत्रेका हुन् । आन्दोलनको कार्यक्रम अनुसार शनिवार, साउन १३ गते नगरवासीलाई आन्दोलनमा जानुबारे प्रस्ट्याउन बिहान र्याली र साँझ पत्रकार सम्मेलन घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा आन्दोलनका थप कार्यक्रम घोषणा गरिने आन्दोलित कर्मचारीहरूले बताएका छन् ।