सुषमा शर्मा, वीरगंज/
“मलाई थाहा थियो बिना कन्डम यौन सम्पर्क राख्नुहुँदैन । रक्सौलमा कन्डम जहाँ पनि पाइँदैन, खोजें पनि, तर पाइनँ । अनि जे होला भनेर भारतीय पुरुषसँग यौन सम्पर्क राखें”– रौतहटकी हाल वीरगंज नगवा बस्ने २० वर्षीया रिता (नाम फेरिएको) ले बताइन् ।
रिता सहयात्री समाजकी एक सदस्य हुन् । रौतहटमा हुर्केकी उनी सामान्य लेखपढ गर्न जान्दछिन् । बितेको ४ वर्षदेखि वीरगंज नगवा बस्ने रितालाई विगत दुई वर्षदेखि एचआइभी लागेको छ ।
तेस्रो लि·ी रिता भन्छिन्– “म मेरो परिवारको ६ वटा दिदीहरू पछिको एउटा मात्र भाइ हुँ । तर म पनि बहिनी भएँ । उनी अगाडि भन्छिन्–“म सानैदेखि केटी जस्तै कार्य गर्थें, मलाई बुवाआमाले छोराको लोभले जन्माए तर म केटीको मानसिकता लिएर जन्में, विस्तारै–विस्तारै म केटीजस्तै कार्य गर्न थालें । मलाई केटाहरू एकदमै मन पर्ने, त्यसैले उनीहरूले मलाई यौन सम्पर्कको लागि बोलाउँदा म मख्ख परेर जान्थें । सानै उमेरदेखि म यौन सम्पर्क गर्थें । त्यसपछि वीरगंजमा सहयात्री समाजको आफिस खुल्यो अनि यहाँ आएँ– आफ्नो समाजमा बस्न” ।
सहयात्री समाज अहिले आफ्नै पहिचान बनाउँदै अगाडि बढेको छ । वीरगंजमा ४ वर्ष पहिले स्थापित सहयात्री समाजको कार्यालयमा अहिले ३० जना कार्यकर्ता छन् । जसमा ७ जना एचआइभी लागेकाहरू छन् । रिता यिनैमध्येकी एक हुन् । रिता आफ्नो कहानी यसरी बताउँछिन्–“म यसरी नै सानै उमेरदेखि यौन सम्पर्क गर्न थालें, विस्तारै सीमा पारिबाट धेरै पुरुषहरू आउन थाले । ग्राहकले पहिला फोन गर्छन् अनि हामीपनि तयार हुन्छौं । यस्तै गर्दागर्दै एक दिन म नाच्न भनी सीमा पारि गएँ अनि त्यहीं एउटा केटासँग यौन सम्पर्क भयो, बिना कन्डमको र म एचआइभी सङ्क्रमित भएँ ।
म अहिले पनि यौन सम्पर्क गर्छु तर कन्डम लगाएर ।
यस्तै एचआइभी सङ्क्रमित सहयात्री समाजका अक्षय गीता (नाम बदलिएको) ले आफ्नो व्यथा पोखिन् । “मेरो सानै उमेरमा विवाह भयो, तिलकको लोभले विवाहको कुरामा राजी भयौं तर अहिले म आफ्नी पत्नीसँग छैन । म पुरुषसँग यौन सम्पर्क मन पराउँछु । हाम्रो एक छोरा र दुई छोरी छन् । तापनि म अलग्गै कोठामा ५ वर्षदेखि एकजना पुरुष पार्टनरसँग बस्छु । उसैसँग यौन सम्पर्क गर्छु । मलाई एचआइभी लागेको डेढ वर्ष भयो । म पुरुष पार्टनर र पत्नी दुवैसँग यौन सम्पर्क राख्दछु । ४० वर्ष भयो मैले हजारौंसँग यौन सम्पर्क गरें, बिनाकन्डमको । ३–४ वर्षदेखि मात्र थाहा भयो कन्डम लगाएर यौन क्रिया गर्नुपर्छ । यति मात्र नभई हामीलाई पैसा दिएर बोलाउँछन् । राम्रा घर, पढे–लेखेकाहरूले अनि हामी जान्छौं, पैसाको लोभले ।”
वीरगंजमा एचआइभीका लागि कैयौं सङ्घ–संस्था खुलेका छन् तर बर्सेनि एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो छ । जसमा तेस्रो लि·ीको सङ्ख्या सङ्ख्यात्मक अनुपातमा बढी देखिन्छ । तेस्रो लि·ी यौनकर्मीहरूका अनुसार भारत सीमा क्षेत्रबाट नेपाल आउने ग्राहकको सङ्ख्या धेरै छ । त्यसमा पनि ड्राइभरको सङ्ख्या बढी छ ।
एचआइभी सङ्क्रमित भएकीमध्ये एउटीले थपिन्– मलाई एचआइभी लागेको १० वर्ष भयो । मेरो उमेर ५० वर्ष भयो । पहिले–पहिले यौन सम्पर्क गर्दा ग्राहकहरू पाँच सय रुपियाँ दिन्थे, अहिले २५०० सम्म दिन्छन् । तेस्रो लि·ीहरूमा एचआइभीको सङ्क्रमण हुनुको मुख्य कारण यौन क्रियाकलाप नै भएको सहयात्री समाजका अध्यक्ष सन्ध्या लामा बताउँछिन् ।
“यौन सम्पर्क गर्दा घाउ या रगतको माध्यमबाट कीटाणु सङ्क्रमण हुने भएकोले कन्डम लगाएर यौन सम्पर्क गरेमा त्यो खतरा रहँदैन तर तेस्रो लि·ीहरू पूर्णरूपले सचेत नभएका कारण एचआइभी एड्सको सङ्क्रमण बढ्दै गएको हो”– अध्यक्ष लामाको भनाइ थियो ।
त्यस्तै जिल्ला एड्स समन्वय समिति (डीएजी) संयोजक श्वेता पनि तेस्रो लि·ीहरूमा एचआइभी एड्स सङ्क्रमणको प्रमुख कारण यौन सम्पर्क नै रहेको बताउँछिन् ।