प्रस, वीरगंज, १४ साउन/
सवारी कर विवादबारे वीउमनपाका कार्यरत दुई कर्मचारी स·ठनले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी प्रजिअको आदेशमा छलफल र स्थलगत निरीक्षण गर्ने काम भएको र उनैबाट पछि रोकिने काम गरिएको आरोप लगाएका छन् ।
कर्मचारी स·ठनले राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन मापदण्डले सो क्षेत्रमा कर उठाउन बन्देज छ भने सो कुरा लिखितरूपमा आए वैकल्पिक व्यवस्था तर्फ छलफल हुने र समस्याको समाधान गरिने बताएको छ ।
रु. ३ करोड २५ लाखमा यस वर्ष सवारी ठेक्का लागेपछि छैठौं दिन शड्ढराचार्य गेटमा सशस्त्र प्रहरीले रोक लगाएको थियो । त्यसपछि वीउमपाका कर्मचारीहरू आन्दोलित भएका हुन् । कर्मचारीहरूले वारुण यन्त्र, स्वास्थ्य चौकीबाहेक नपा र वडाबाट प्रदान गरिने सरसफाइसमेत सम्पूर्ण सेवा ठप्प पारेका छन् ।
उनीहरूले आज नगरमा बृहत् र्याली पनि प्रदर्शन गरे । यता प्रजिअको कक्षमा आज बिहान बसेको बैठक निष्कर्षहीन भएको छ । विकल्प खोज्नेबारे बैठकमा छलफल भएको तर समस्याको समाधान भने हुन नसकेको कार्यकारी अधिकृत दिनेश घिमिरेले बताए । समस्या समाधान तर्फ पहल भने शुरु भएको उनले जानकारी गराएका छन् ।
प्रजिअ शम्भु कोइरालाले आफूले कर सड्ढलनको लागि कुनै इजाजत नदिएको र रोक्ने काम पनि नगरेको बताएका छन् । सञ्चारकर्मीहरूसँग उनले भने इजाजत दिइने काम पनि मबाट भएको छैन र रोकिने काम पनि भएको छैन । उनले सुरक्षा समितिको निर्णयविपरीत कर्मचारीहरू खडा भएकाले उनीहरूलाई नियम बमोजिम कारबाई गरिने बताए ।