जुन आशा र अपेक्षाका साथ डा. बाबुराम भट्टराईको पदस्थापनको स्वागत जनमानसले गरेको थियो, त्यो एक–एक गरेर धराशायी भयो । डा. बाबुराम भट्टराईलाई नेपाली जनमानसले भारतका प्रधानमन्त्री मनमोहन सिंहको दाँजोमा राखेका थिए । भारतीय प्रधानमन्त्री मनमोहन सिंह अर्थमन्त्री छँदा उदार बजारीकरणको नीति ल्याएर थिल्थिलो भारतलाई ऊर्जा प्रदान गरेका थिए । र प्रकारान्तरमा प्रधानमन्त्री पनि बन्न सफल भए । डा. बाबुराम भट्टराई यद्यपि थोरै समयका लागि अर्थमन्त्री बनेका थिए, मनमोहन सिंहजस्तो मुलुकको समग्र अर्थतन्त्र बुझ्न भ्याएका थिएनन्, तर पनि अल्पकालीन अर्थमन्त्रित्वकालमा उनले जुन आशा देखाएका थिए, त्यसबाट मानिस होनहार हो, देशले केही प्राप्त गर्छ भन्ने आशा पलाएको मात्र होइन, उनी प्रधानमन्त्री बनेपछि अर्थमन्त्री हुँदाको अधूरो काम र प्रधानमन्त्रीको दायित्वलाई राम्ररी निर्वाह गरेर देश र जनताको हित हुन्छ भन्ने विश्वासमा सबै ढुक्क थिए । व्यक्तिको रूपमा उनी स्वदेश र विदेश दुवैतिरबाट रुचाइएका र सक्षम नेताको रूपमा दरिएका थिए ।
तर नेपालको सत्तामा बस्नेलाई सतीको सराप परेको उखान डा. बाबुराम भट्टराईले पनि सही साबित गरे । प्रधानमन्त्री बन्ने बित्तिकै मुस्ताङ गाडी चढ्ने, इकोनोमी क्लाशमा सफर गर्नेजस्ता मितव्ययिताका उदाहरण राखेर उनले नेपाली जनतामा निकै उत्साह पनि जगाए । अब देशले काँचुली फेर्ने भो भन्ने बेलैमा उनको कार्यमा विपरीतता के देखिन थाल्यो, त्यसले आजसम्म निरन्तरता पाइरहेको छ । मितव्ययिताको नारा लगाउने डा. बाबुराम भट्टराईले जम्बो मन्त्रिमण्डलमात्र बनाएनन् पूर्व विशिष्टहरूलाई अनपेक्षित लाभ दिने सुविधा घोषणा गरेर देशको अन्योलपूर्ण वातावरणमा अपानवायुको दुर्गन्ध फिंजाइदिए । जम्बो मन्त्रिमण्डलको गठनदेखि सुविधा घोषणाबीचको समयको लेखा त झन् कहालीलाग्दो नै छ । विवादास्पद विप्पा सम्झौता, सहमतिबेगर संविधानसभाको विसर्जन, राष्ट्रपतिको निम्तोमा विदेशभ्रमण, एकलौटी संविधानसभा निर्वाचन घोषणा, विदेशी कम्पनीलाई विमानस्थल सञ्चालनको अधिकारजस्ता नेपालीलाई पच्नै न सक्ने निर्णय गरेर जति जोगी आए पनि कानै चिरेका उखान चरितार्थ गर्न कुनै कसर बाँकी राखेनन् ।
एउटा सक्षम व्यक्ति जब अक्षमताको पराकाष्ठामा पुग्दछ भने व्यक्तिलाई मात्र सत्तो–सराप गर्नुको साटो ती कुन परिस्थिति हुन् जसले मानिसलाई यति हदसम्म सड्ढीर्ण बनाइदिन्छ भन्ने कुरामा दृष्टिपात गर्नु पनि आवश्यक छ । नेपालमा आजसम्म कुनै पनि प्रधानमन्त्रीले पूरा समयावधि पदमा बस्न नसकेको इतिहास शायद गिनिज बूकको विषय बन्न सक्ला । हिजोसम्म सामन्तवादी राजतन्त्रात्मक व्यवस्थामा यो कुरा स्वाभाविक भए पनि देशमा प्रजातन्त्र र लोकतन्त्र भित्रिएको २५ वर्ष हुन लाग्दा र एउटै राजनीतिक दलको बहुमना संसद् हुँदा पनि कसैले पूर्णकाल बिताउन न सकेको यथार्थ पछाडिको कारण न केलाएसम्म यहाँ किन योग्यभन्दा योग्य व्यक्ति पनि असफल हुन्छ भन्ने भेद खुल्न सक्ने छैन । नेपाली राजनेताहरूको मन–मस्तिष्कमा कुर्सी नै सर्वप्रिय, देश र जनता तपसिलका विषय हो भन्ने कुरा यसबाट प्रमाणित हुन्छ । त्यसैले बहुमतको संसद् विघटन गरेर गिरिजाप्रसाद कोइरालाले राजनीतिक वर्चस्व गुमाए र आज ठूलो पार्टी बनेको कुराले चित्त बुझ्न सकेर बाबुराम भट्टराईले पुन: निर्वाचनको घाँडो थापेका छन् । यसैलाई सराहल बहुरिया डोम घरे जाय भन्छन् क्यारे ।