- अनन्तकुमार लाल दास
समय निरन्तर बगिरहने धारा हो जसलाई बाँध बनाएर रोक्न सकिन्न । समयको सन्दर्भमा प्रकृतिको नियम अटल छ । हातबाट चिप्लेको समयलाई पुन: समात्न सकिन्न । तर ‘समय नै न भेटिने’ कुरा प्राय: प्रत्येक विद्यार्थीको मुखबाट सुन्ने गरिन्छ । कवि रहीमले भन्नुभएको छ, “समय लाभ सम लाभ नहिं, समय चूक सम चूक, चतुरन चित रहिमन लगी, समय चूक की हूक” अर्थात् समय लाभ र हानि दुवै हो । चलाख मानिसले समयबाट फाइदा लिन्छ तर जसले लिन सक्दैन उसको मनमा सधैंका लागि लाभ लिन नसकेको कुरा बिझीरहन्छ । हिन्दीमा एउटा अर्को उखान पनि छ “मन के हारे हार है, मन के जीते जीत ।”
पछिल्लो आलेखमा मैले के भनेको थिएँ भने मनलाई व्यवस्थित गर्न सकियो भने समयलाई दोब्बर गर्न सकिन्छ । तर मन राउटे जस्तै एक ठाउँबाट अर्को ठाउँ र अर्को ठाउँबाट फेरि अर्को ठाउँ डुलिरहन्छ । यस कारण कसैले पनि के भन्न सक्दैन भने उसको मन सदैव एक स्थानमा स्थिर रहन्छ । तर पढाइमा एकाग्रता भने मनमाथि नियन्त्रण भए मात्र सम्भव हुन्छ । यहाँ म महाभारतको एक पात्र अर्जुनको एकाग्रताबारे चर्चा गर्न चाहन्छु । गुरुले लिइरहेको परीक्षाको बेला उनले चरालाई होइन, चराको आँखालाई पनि होइन, चराको आँखाको नानीलाई लक्ष्य बनाएर निशाना लगाउनुथियो । त्यस बेला अर्जुनको आफ्नो मनमाथि गहिरो नियन्त्रण थियो तर त्यही अर्जुन जुन बेला कुरुक्षेत्रमा युद्धका लागि पुगे उनको मन कमजोर पर्यो । यस कारण उनले आफ्नो दुश्मन कौरवहरूको ठाउँमा भाइ, गुरु र नाता–सम्बन्धी उभिएको देखे । यस गम्भीर क्षणमा यदि कृष्णले उनलाई ज्ञान नदिएको भए कौरवहरूको जीत निश्चित थियो ।
सबैभन्दा पहिले विद्यार्थीहरूले मनलाई नियन्त्रण गर्ने कुरा बिर्सनुपर्छ र मात्र के याद राख्नुपर्छ भने जीवनभरि मनसँगै बस्ने भएकोले यसलाई आफ्नो साथी कसरी बनाउने ? एउटा उखान के छ भने “पानीमा बसेर मगरसँग बैर राख्नु उचित होइन ।” मनसँग विद्यार्थीहरूले यदि शत्रुता गर्छन् भने सफलता प्राप्ति उनीहरूका लागि गार्हो हुन जान्छ । तर विद्यार्थीहरूको क्रियाकलापले के देखाइरहेको भने मन नै उनीहरूको ‘बौस’ भएको छ । यस कारण मनले भनेको कुरा गर्न विद्यार्थीहरू बाध्य छन् । यस्तो अवस्थामा विद्यार्थीहरूले मनलाई या त साथी बनाउनुपर्छ वा पार्टनर । यसो गर्दा जहाँ विद्यार्थीहरूले मनको कुरा मान्छन् त्यहीं मनले पनि विद्यार्थीहरूको कुरा मान्ने गर्छ ।
विद्यार्थीहरूको प्रमुख काम पढ्नु हो । यस कार्यप्रति विद्यार्थीहरू जति प्रतिबद्ध हुन्छन् त्यतिकै मनमाथि उनीहरूको नियन्त्रण हुन्छ । यसका लागि विद्यार्थीहरूले दिनहुँ के सोच्नुपर्छ भने “यदि म पढ्दिनँ भने के गर्न सक्छु ?” कतिपय यस्ता कुराहरू पनि तपाईंले सुन्नुहुन्छ जसलाई सुनेर तपाईं महसुस गर्नुहुन्छ, वास्तवमा पढेर केही फाइदा हुनेवाला छैन । यस्तो बेकारको कुराहरूको गोलचक्करमा विद्यार्थीहरू पर्नुहुन्न । यहाँ प्रश्न पढाइ–लिखाइले के हुन्छ वा हुँदैन भन्ने होइन । यहाँ त प्रश्न के हो भने तपाईं जुन काम गरिरहनुभएको छ त्यसप्रति इमानदारिता देखाउनुहोस्, त्यसप्रति प्रतिबद्ध हुनुहोस् । धेरै यस्ता कुराहरू मनको माध्यमबाट मस्तिष्कमा समावेश हुने गर्छ जसले मस्तिष्कलाई घुनपुत्ला जस्तै खोक्रो बनाउने काम गर्छ । यस्ता कुराहरूमाथि ध्यान दिनु विद्यार्थीहरूको हकमा उचित हुने छैन ।
भनिन्छ ‘खाली मस्तिष्क शैतानको घर हुन्छ’ । यो यसै भनिएको होइन । यस कारण विद्यार्थीहरूले आफूलाई पढाइमा वा उद्देश्य प्राप्तिमा यति व्यस्त राख्नुपर्छ कि शैतानलाई शैतानी गर्ने मौका नै न मिलोस् । हाम्रो मन त्यस बेला शक्तिशाली हुनेगर्छ जुन बेला हाम्रो सड्ढल्प कमजोर हुन्छ । ठीकविपरीत यदि हाम्रो सड्ढल्प बलियो हुन्छ भने मन कमजोर पर्न जान्छ ।
सड्ढल्पलाई बलियो बनाउन प्रत्येक दिन कुनै एउटा यस्तो काम गर्नुहोस् जसलाई गर्न मनले रुचाउँदैन र एउटा यस्तो काम गर्नुहोस् जसलाई गर्न मनले रुचाउँछ । यसबाट विद्यार्थीहरूलाई के फाइदा हुन्छ भने विस्तारै मनको मनोमानी समाप्त हुँदै जान्छ र विस्तारै मनमाथि नियन्त्रण हुँदै जान्छ ।
हाम्रो मन वातावरणबाट बढी प्रभावित हुने गर्छ । खगोलविद् जोहान्स केपलरका अनुसार प्रत्येक ग्रहको गतिलाई सूर्यको सामिप्य वा दूरीले प्रभावित गर्छ । अर्थात् जुन ग्रह सूर्यको नजिक हुन्छ त्यो बढी गतिमान र जुन ग्रह टाढा हुन्छ त्यो कम गतिमान हुन्छ । यसलाई स·तको परिणाम पनि भन्न सकिन्छ । अर्थात् राम्रो स·त छ भने मनमाथि त्यतिकै बढी नियन्त्रण हुन्छ र राम्रो स·तबाट जुन विद्यार्थी टाढा छ उसको मनमाथि त्यतिकै कम नियन्त्रण हुन्छ । यस कारण यस्तो वातावरणमा विद्यार्थीहरू बस्नुपर्छ वा यस्ता मानिसहरूको साथ रहनुपर्छ जसले तपाईंभित्र ऊर्जा सञ्चार गरोस् । यसबाट पढाइमा तपाईंको सक्रियता बढ्छ र मनमाथिको नियन्त्रण बलियो हुन्छ ।
विद्यार्थीहरूले प्रत्येक दिन एउटा लक्ष्य बनाएर त्यसप्रति आफूलाई समर्पित गरिदिनुपर्छ किनभने उद्देश्यहीन विद्यार्थीको मन लगामबिनाको घोडा हुन्छ जहाँ दिशाहीन हुने सम्भावना बढी हुन्छ । तपाईंले सानो वा ठूलो जस्तो पनि लक्ष्य निर्धारण गर्नुभएको छ त्यो महत्त्वपूर्ण छैन । महत्त्वपूर्ण त के छ भने तपाईंले मनको मुखमा लक्ष्यरूपी यस्तो लगाम लगाउनुपर्छ जसको डोरी तपाईंको हातमा हुनुपर्छ ।
पहाडमाथि बस्ने एउटी केटी आफ्नो स्यानो भाइलाई पिठ्यूूँमा बाँधेर घर गइरहेकी थिइन् । शहरबाट पहाड हेर्न आएका एउटा पर्यटकलाई पिठ्यूूँमाथि भारी बोकेर पहाडमाथि चढिरहेको केटीमाथि दया आयो । उसले केटीलाई भन्यो,“तिमी यति भारी बोकेर किन हिंडिरहेकी छौ ?” केटीले केही नबुझेको जस्तै यताउता हेरिन् र त्यस पर्यटकसँग उल्टै प्रश्न गरिन्–“मैले भारी कहाँ बोकेकी छु ?” पर्यटकले उसको पिठ्यूूँतर्फ इशारा गर्दै सोधे–“यो के हो त ?” केटीले हाँसेर भनिन्–“यो भारी होइन । यो त मेरो भाइ हो ।”
वास्तवमा कुनै पनि काम वा वस्तुको वजन त्यति महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण हुन्छ त्यस कामप्रतिको हाम्रो धारणा । यदि विद्यार्थीहरूले पनि पढाइलाई वा किताबलाई आफ्नो भाइ–बहिनीजस्तै माया गर्छन् भने मनले पनि त्यसलाई बोझ ठान्दैन । यस प्रकार विद्यार्थीहरूले आफ्नो समयको सक्दो सदुपयोग गर्न थाल्छन् र विस्तारै मन माथिको उनीहरूको पकड पनि बलियो हुँदै जान्छ । मैले आफ्नो अनुभवको आधारमा मनलाई नियन्त्रित गर्ने केही सुझावहरू प्रस्तुत गरें । मलाई के विश्वास छ भने केही दिनको अभ्यास पछि तपाईंलाई मनसँग दोस्ती भएको महसुस हुनेछ किनभने समय व्यवस्थापन गर्नमा तपाईंलाई कुनै पनि प्रकारको कठिानाईको सामना गर्नुपरिरहेको छैन महसुस हुन थाल्छ ।
मेरा आत्मीय विद्यार्थीहरू, अब पनि तपाईंले यदि पढ्ने काम गर्नुहुन्न भने के गर्नुहुन्छ ? जीवनमा यही एउटा यस्तो कुरा हो जसलाई तपाईंले बार्ह घण्टा सम्म गर्न सक्नुहुन्छ । तपाईं बार्ह घण्टा सम्म खान सक्नुहुन्न, बार्ह घण्टासम्म सुत्न सक्नुहुन्न, बार्ह घण्टा सम्म खेल्न सक्नुहुन्न तर पढाइ तपाईंले बार्ह घण्टासम्म गर्न सक्नुहुन्छ र तपाईं यही गर्नुहुन्न ।
एकपटक महान् वैज्ञानिक आइंस्टाइन बिरामी पर्नुुभयो । डाक्टर आए र उनको रक्तचाप बढेको पाए । डाक्टरले उहाँलाई केही दिनका लागि आफ्नो मनपर्ने ठाउँमा जाने सल्लाह दिए । आइंस्टाइन उभिनुभयो र सीधा आफ्नो प्रयोगशाला पुग्नुभयो । डाक्टर पनि दगुर्दै त्यहाँ पुगे र भने–“तपाईं यहाँ किन आउनुभयो ?” आइंस्टाइनले जवाफ फर्काए–“डाक्टर, तपाईंले नै मलाई मनपर्ने ठाउँमा जाने सल्लाह दिनुभएको होइन र ?” डाक्टर छक्क परे ।
वास्तवमा भन्ने हो भने विद्यार्थीहरूका लागि पढाइमा तल्लीन हुनु नै वास्तविक आनन्द हो । कर्मप्रतिको यो भावले नै हामीलाई कर्मसँग जोड्दछ । भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम आजादले आफ्नो आत्मकथा ‘अग्नि की उडान’मा लेख्नुभएको छ–“म आफ्नो बाह्य झिझोहरूलाई बिर्सेर कार्यशालामा यसरी जाने गर्दथें जसरी मेरो बुवा जुत्ता खोलेर मस्जिदमा नमाज पढ्न जानुहुन्थ्यो ।” पढाइमा यसरी तल्लीन हुँदा नै विद्यार्थीहरूले समयको समुचित र अधिकतम उपयोग गर्न सक्छन् ।
डेग हेमरशोल्डले भन्नुभएको छ–“न त पछाडि फर्केर हेर, न भविष्यको सपना नै देख । यसरी हेर्दा न बितेको क्षण फर्केर आउँछ र न हेरेको सपना नै साकार हुन्छ । तिम्रो कर्तव्य, तिम्रो पुरस्कार र तिम्रो भाग्य वर्तमान समयमैं उपस्थित छ ।” वर्तमानको सदुपयोग गर्नु यस कारण पनि आवश्यक छ किनभने भूत र भविष्यको जन्मदाता वर्तमान हो । बितेको क्षण कुनै बेला वर्तमान थियो र त्यसबेला तपाईंले जस्तो क्रियाकलाप गर्नुभयो त्यसको फल आज तपाईंलाई प्राप्त भइरहेको छ र आज तपाईंले जस्तो गर्नुहुन्छ भोलि तपाईंले त्यस्तै फल पाउनुहुन्छ । यस कारण विद्यार्थीहरूले वर्तमानलाई कसरी प्रयोग गर्ने सम्बन्धमा बढी सोच्नु र त्यसै अनुरुप क्रियाकलाप गर्नु जरुरी छ । क्रमश: