– डा. रवीन्द्रकुमार ठाकुर
विश्वभरि करिब २६ प्रतिशत मान्छे उच्च रक्तचापको समस्याले पीडित छन् । प्रत्येक वर्ष मई १७ को दिन उच्च रक्तचाप दिवस मनाइन्छ । यो समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ र जनस्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेको छ । हाम्रो देशमा शिक्षा तथा स्वास्थ्य चेतनाको अभावमा उच्च रक्तचापले शरीरमा नकारात्मक प्रभाव पर्न थालेपछि मात्र समस्याको रूपमा लिने गरिन्छ । उच्च रक्तचाप विश्वव्यापी समस्या हो र यसलाई समयमा नै नियन्त्रण गर्न जरुरी छ । नत्र बिरामीको ज्यानसमेत जान सक्छ । रक्तनलीमा बग्ने रगतको तेर्सो दबाब नै रक्तचाप हो । रक्तचाप एउटा साधारण खाले यन्त्र जसलाई हामी एसफैगिनोमिटर भन्दछौं, त्यसको मदतले नापिन्छ । सामान्य तथा एउटा स्वस्थ मान्छेको रक्तचाप माथि ११० देखि १४० सम्म र तल ६० देखि ९० सम्म हुने गर्दछ र यसलाई एमएम अफ एचजीमा नापिन्छ । माथिल्लो रक्तचापलाई हामी सिसटोलिक रक्तचाप भन्दछौं र तल्लो रक्तचापलाई डायसटोलिक रक्तचाप भनिन्छ । सिसटोलिकको बेलामा मुटु खुम्चिने र डायसटोलिकको बेलामा मुटु आराम गर्ने गर्दछ । उच्च रक्तचाप भन्नाले सिसटोलिक रक्तचाप १४० एमएम अफ एचजीभन्दा माथि र डायसटोलिक रक्तचाप ९० एमएम अफ एचजीभन्दा माथि हुनुपर्दछ । कहिलेकाहीं डायसटोलिक रक्तचाप ९० एमएम अफ एचजीभन्दा कम र सिसटोलिक रक्तचाप १४० एमएम अफ एचजीभन्दा माथि हुन्छ, जसलाई हामी आइसोलेटेड सिसटोलिक रक्तचाप भन्दछौं ।
उच्च रक्तचापलाई पनि रक्तचापको आधारमा विभिन्न भागमा वर्गीकरण गरिएको छ ।
९० प्रतिशत उच्च रक्तचापको रोगी जसमा उच्च रक्तचाप के कारणले भएको हो ठम्याउन गार्हो हुन्छ । अर्थात् उच्च रक्तचाप के कारणले भएको हो थाहा हुँदैन, त्यसलाई हामी भ्ककभलतष्ब िज्थउभचतभलकष्यल भन्दछौं । करिब दस प्रतिशत बिरामीमा उच्च रक्तचापको कारण थाहा हुन्छ र त्यसलाई हामी क्भअयलमबचथ ज्थउभचतभलतष्यल भन्दछौं । क्भअयलमबचथ ज्थउभचतभलतष्यल को प्रमुख कारणहरू निम्नलिखित छन्–
१) मृगौलाको समस्या जस्तै: क्रोनिक ग्लोमेरुलो नेफराइटिस र क्रोनिक पाइलो नेफराइटिस ।
२) एडरिनल ग्लायन्डको ट्यूमर जस्तै: फियो क्रोमोसाइटोमा ।
३) अयोरटाको खुम्चाइ ।
४) टौकसेमिया अफ प्ेरगनेन्सी ।
उच्च रक्तचापले बिरामीको आर्थिक र पारिवारिक समस्याको साथसाथै शरीरको विभिन्न अ·मा कुप्रभाव पार्दछ र मान्छेको जीवन कठिन हुन जान्छ र मृत्यु पनि हुन सक्छ ।
उच्च रक्तचापले गर्दा हार्ट अटैक, हार्ट फेलियर, एनजाइनापेक्टोरिस हुन सक्छ । त्यस्तै मस्तिष्कमा स्ट्रोक, हाइपरटेनसिभ इनसेफालोपैथी र मासकुलर डिमेनसिया हुन्छ । रिनल फेलियोरको साथै आँखामा पनि नराम्रो असर पार्छ ।
त्यसैले रक्तचापलाई हामीले नियन्त्रणमा राख्नुपर्दछ र उच्च रक्तचापको विभिन्न जोखिमबाट बेलैमा बच्न सक्छौं ।
उच्च रक्तचाप नियन्त्रणको लागि उच्च रक्तचापको जोखिमका कारणहरूतिर ध्यान दिन जरुरी छ । जोखिमका कारणहरूलाई हामी दुई भागमा बाँड्न सक्छौं ।
१) अपरिवर्तनशील जोखिमका कारण जस्तै: उमेर, लि·, वंशानुगत प्रभाव र इथिनिसिटी । यो बिरामीको वशमा हुँदैन, त्यसैले परिवर्तनशील जोखिमका कारणहरू जसलाई हामी नियन्त्रण गर्न सक्छौं । त्यसमा ध्यान दिन नितान्त आवश्यक छ ।
परिवर्तनशील कारण
१) मोटोपन: शरीरको वजन बढ्दै गएमा रक्तचाप बढ्ने सम्भावना धेरै बढी हुन्छ र बिरामीले शरीरको वजन कम गर्यो भने रक्तचाप घट्छ । यदि दस किलो वजन कम गर्न सकियो भने सिसटोलिक रक्तचाप ५ देखि २० मिलिलिटर अफ मरकरी घट्ने सम्भावना हुन्छ । बिरामीले आफ्नो शरीरको वजन सामान्य पार्नुपर्ने हुन्छ । उसको बडीमास इन्डेक्स १८.५ देखि २४.९ भित्र हुनुपर्दछ नत्र पेटको मोटाइ खतरापूर्ण हुन्छ ।
२) खानपान: चिल्लो पदार्थ धेरै कम खाने र फलफूल, सागपात अत्यधिक मात्रामा खानुपर्ने हुन्छ । उच्च रक्तचापको रोगीले धूमपान गर्नुहुँदैन र कसैले गरिरहेको छ भने धूमपान त्याग्नु बेस हुन्छ । रक्सी सेवन कम गर्नुपर्दछ र पाँच युनिटभन्दा बढी प्रतिदिन खानुहुँदैन ।
नुन: ५ ग्रामभन्दा बढी नुन खानुहुँदैन । पोटासियम, क्यालसियम र मैगनेसियमले उच्च रक्तचाप घटाउन मदत गर्दछ । फाइबर भएको खानेकुरा खानुपर्दछ । यसले मुटुको लागि घातक कोलेस्ट्रोल र एलटिएल घटाउन मदत गर्दछ ।
३) व्यायाम: प्रत्येक दिन आधा घण्टा व्यायाम गर्न जरुरी छ ।
४) परिवार नियोजनको चक्कीले पनि उच्च रक्तचाप समस्या ल्याउन सक्छ ।
५) वातावरणीय प्रभाव जस्तै आद्रता, होहल्ला, तापक्रमले पनि प्रभाव पारिरहेको हुन्छ र मानसिक तथा शारीरिक तनावलाई पनि नियन्त्रणमा राख्नुपर्छ ।
६) ४५ वर्षभन्दा बढी उमेरको मान्छेले नजिकको स्वास्थ्य चौकीमा गएर रक्तचाप समय–समयमा जचाउनु बेस हुन्छ ।
७) चिकित्सकले यदि उच्च रक्तचापको औषधिसेवन गर्न सल्लाह दिनुभएको छ भने सल्लाहअनुसारको औषधि नटुटाइकन खानुपर्ने हुन्छ ।
अत: माथि उल्लिखित क्रियाकलापबाट उच्च रक्तचापलाई हामी केही हदसम्म नियन्त्रण गर्न सक्छौं र त्यसबाट हुने जोखिमलाई धेरै हदसम्म कम गर्न सक्छौं र सकुशल जीवनयापन गर्न सकिन्छ । यसको लागि बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मीलगायतले बिरामीलाई समय–समयमा सुझाव र सल्लाह दिनुहुन अनुरोध गर्दछु ।