$type=ticker$count=12$cols=4$cate=0

पुनर्मूषिको भव

SHARE:

- उमाशड्ढर द्विवेदी
ग·ाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण  एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । एक दिन प्रात:काल ग·ास्नान पछि देवता तथा पितृहरूलाइ आचमन, पाद्य तथा अघ्र्य दिन उद्यत रहेका ऋषिको अञ्जुलिमा चिलले आफ्नो चुच्चोमा च्यापेको एउटा मुसाको बच्चा संयोगवश खस्न पुग्यो । ऋषि ध्यानमग्न अवस्थामा रहेका तथा अञ्जुलीमा सल्बाबलाइरहेको कुनै जीवित प्राणीको शिशुको प्राप्तिको आभास पाएर चकित भई हेर्दा त त्यो जीव मुसाको बच्चा पो रहेछ । ऋषिलाइ करुणा लागेर हृदय दया प्लावित भएर आयो । पूजा गर्ने बेला त्यस मुसाको बच्चालाई एउटा वटपत्रमाथि राखेर पुन: स्नान, आचमन तथा प्रायश्चित गरेर आफ्नो तपोबलले त्यस मुसाको बच्चालाई सुन्दरी केटीमा परिवर्तित गरिदिए । त्यसपछि ती केटीको साथमा उनी आश्रम फर्के र आफ्नी निस्सन्तान पत्नीलाई दिंदै भने–भद्रे, यस कन्यालाई लैजाउ तथा यसलाई आफ्नी पुत्रीझैं लालनपालन गरेर हुर्काऊ । पतिको आदेशानुसार ऋषिपत्नीले ममत्वपूवर्क लालनपालन र स्याहारसुसार गर्दा कन्या छिटै हुर्किएर बार्‍ह वर्षे रूपवती तरुणी बनिन् ।
    विवाहयोग्य रूपवती कन्यालाई हेरेर एक दिन ऋषिपत्नीले पतिसित भनिन्–हे पतिदेव, आफ्नी कन्या विवाहयोग्य भइसकेकी छिन्, अझै भन्ने हो भने विवाहको समय बिति पनि रहेको छ । आफ्नी पत्नीको कुरा सुनेर ऋषिले भने–तिमीले भनेको कुरा ठीकै हो । शास्त्रअनुसार वास्तवमा कन्या बार्‍ह वर्षकी भएपछि विवाहको लागि कुनै पनि कुराको विचार गर्न आवश्यक पर्दैन । शास्त्रमा स्पष्ट उल्लेख छ–श्रेष्टेभ्य: सदृशेभ्यश्च जघन्येभ्यो रजस्वला । पित्रा देया विनिश्चित्य यतो दोषो न विद्यते । अर्थात् यदि कन्या पितृगृहमा नै रजस्वला भइन् भने यथाशक्य त्यसभन्दा श्रेष्ठ र त्यसको अनुरूप वरसित विवाह गरिदिनुपर्दछ । यदि यो सम्भव छैन भने कन्याभन्दा हीन वरसित पनि विवाह गरिदिनुपर्दछ किनकि त्यस्तो अवस्थामा पितालाई कुनै दोष लाग्दैन । यदि हाम्री कन्या विवाहका लागि प्रस्तुत हुन्छिन् भने म संसारको सर्वश्रेष्ठ वरसित विवाह गरिदिन तयार छु । ऋषिपत्नीको सहमतिअनुसार ऋषिले वेदमन्त्रद्वारा सूर्य भगवान्को आह्वान गरेर भने–मेरी यस सुशीला छोरीसित तपाईं बिहे गर्नुहोस् भन्ने हेतुले तपाइको आह्वान गरेको छु । तपाईं मेरी छोरीसित बिहे गर्नुहोस् । ऋषिले आफ्नी कन्यासित सोधे–पुत्री, मैले तिम्रो बिहे भगवान सूर्यसित गरिदिन आँटे, के तिमीलाई वर मन परे ? छोरीले भनिन्–बुवा, रूप–गुणमा उहाँ अत्यन्त तेजस्वी भएपनि दाहक स्वभावको भएको हुनाले म उहाँसित विवाह गर्न चाहन्नँ । अत: उहाँभन्दा पनि कुनै असल वरको जोहो गर्नुस्, म त्यससित बिहे गर्नेछु । आफ्नी छोरीको कुरा सुनेर ऋषिले सूर्य भगवानसित सोधे–भगवन्, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ भने मलाई भन्नुस्, आफ्नी छोरीको विवाह म त्यसैसित गर्नेछु । ऋषिको कुरा सुनेर सूर्य भगवानले भने–छन् नि, मभन्दा श्रेष्ठ मेघ हुन्छ जसले मेरो तेजलाइ छेकेर मलाई अदृश्य पारिदिन्छ । ऋषिले सूर्य भगवानको कुरा सुनेर मेघलाई बोलाएर छोरीसित सोधे–छोरी, सूर्य भगवान्भन्दा श्रेष्ठ मेघ हुन्छन् । मेघसित तिम्रो विवाह गरिदिंदा तिमीलाई मन पर्छ ? छोरीले जवाफ दिइन्–बुवा, यो त कालो र मूर्ख छ । यसभन्दा पनि कोही श्रेष्ठ छ भने म ऊसित विवाह गर्न मन पराउने छु । छोरीको कुरा सुनेर ऋषिले मेघसित सोधे–मान्यवर, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ भने भन्नुस् । मेघले भन्यो–भगवन्, मभन्दा श्रेष्ठ हावा हुन्छ जसले मलाइ उडाएर मेरो गतिलाइ छिन्नभिन्न पारिदिन्छ । ऋषिले तत्काल वायुलाई आह्वान गरे । वायुदेव उपस्थित भएपछि ऋषिले छोरीसित सोधे–वायुदेव वरको रूपमा तिमीलाई मन परे छोरी ? यिनीसित तिम्रो विवाह गरिदिऊँ ? छोरीले जवाफ दिइन्–बुवा यिनी त छिन्नमति र चञ्चल छन्, यिनको के ठेकान, कहिले कहाँ त कहिले कहाँ । मलाई विवाहको निम्ति यिनी मन परेनन् । यिनीभन्दा पनि कोही श्रेष्ठ छन् भने म उनीसित विवाह गर्न मन पराउने छु । छोरीको कुरा सुनेर ऋषिले पवन देवसित सोधे–भगवन्, तपाईंभन्दा पनि कोही श्रेष्ठ छन् त ? पवनदेवले जवाफ दिए–किन छैन, ऋषिवर, मभन्दा पनि श्रेष्ठ पर्वतराज छन् जसले मेरो बाटो छेकेर मलाई निष्क्रिय पारिदिन्छन् । पवनदेवको कुरा सुनेर ऋषिले तत्काल पर्वतराजको आह्वान गरे । पर्वतराज उपस्थित भए पछि पुन: उनले छोरीसित सोधे–पवनदेवभन्दा श्रेष्ठ पर्वतराज तिमीसित विवाह गर्नका लागि उपस्थित भएका छन् । वरको रूपमा पर्वतराज तिमीलाई स्वीकार्य छन्, छोरी ? छोरीले जवाफ दिइन्–यिनी त कठोर र निश्चल छन् । मलाई यिनी मन परेनन् । कुनै अर्को श्रेष्ठ वरसित विवाह गर्न पाऊँ । छोरीको कुरा सुनेर ऋषिले पर्वतराजसित सोधे–मान्यवर पर्वतराज, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ र ? पर्वतराजले जवाफ दिए–ऋषिवर, मभन्दा श्रेष्ठ मुसाहरू हुन्छन् जसले मेरो जीउलाई कोतरेर दुलो बनाई त्यसैमा वास गर्दछन् । पर्वतराजको कुरा सुनेर ऋषिले मूषकराजलाई बोलाएर उनीसित विवाह गर्न छोरीलाई आग्रह गर्दा छोरी रोमाञ्चित हुन पुगिन् । लजाउँदै उनले मूषकराजसित विवाह गर्न आफ्नो स्वीकृति दिइन । मूषकले मान्छेको छोरीसित कसरी विवाह गर्ने ? फसाद पर्‍यो तर ऋषिले पुन: आफ्नो तपोबलले त्यस कन्यालाई मुसो बनाउँदै आशीर्वाद दिए–पुनर्मूषिको भव । कन्या तत्काल मूषिकामा परिवर्तन भइन् र मूषकराजसित धूमधामले उनको बिहे भयो । त्यसैले भनिएको छ–सूर्यं भर्तारमुत्सृज्य पर्जन्यं मारूतं गिरिम् । स्वजातिं मूषिका प्राप्ता स्वजातिर्दुृरतिक्रमा ।।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पुनर्मूषिको भव
पुनर्मूषिको भव
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/06/blog-post_8695.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/06/blog-post_8695.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy