- सुशील मुडभरी
कतिको सोच छ कि पिछडिएकाहरुलाई नै आदिसावी भन्नुपर्छ, त्यस भनाइको खढडन गर्दै स्व. जनकलाल लेख्नुहुन्छ–अविकसित हुनु नै आदिवासीको लक्षण भने होइन । विकसित भएर पनि आदिवासी हुन सक्दछ । सामाजिक र सांस्कृतिक इतिहासमा योगदान दिन कुनै एउटा व्यक्ति वा समूहले मात्र सक्दैन । त्यसका लागि सामूहिक प्रयास हुनुपर्दछ र भएको पनि छ । मेचीदेखि महाकालीसम्मको जनताको सामूहिक स्वार्थ नै नेपाली संस्कृति हो । यसको निर्माणमा सबै समुदायको समान हात छ ।
डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल सम्पादित जनकलालको प्रबन्ध भन्ने पुस्तकको दुई शब्दमा सत्यमोहन जोशी लेख्नुहुन्छ–स्वं जनकलाल शर्माmे लेखेर जानुभएको प्रबन्धहरको बृहत् सँगालो वास्तवमा भन्ने हो भने नेपाल राष्ट्रकै एक अमूल्य सांस्कृतिक सम्पदा भएको छ । उहाँले नेपालका पुरातात्त्विक, ऐतिहासिक, दार्शनिक, सांस्कृतिक पक्षमा अध्ययन, अन्वेषण र अनुसन्धान गर्नुभएका विषयहरु चिन्तनात्मक र वैज्ञानिक छ ।... उहाँका रचनाहरु अध्ययनार्थी, शोधार्थी र जिज्ञासुहरुका लाग पठनीय र अनुकरणीय छ ।
उक्त प्रबन्धमा जनकलालजी अगाडि लेख्नुहुन्छ–संस्कृतिको तुलना अस्ट्रेलियाको छेउमा पर्ने समुद्रमा रहेको भीमकाय शिला वा चट्टानसँग गरिन्छ । मुगाका असङ्ख्य कीराले आफ्ना घर वा गुड त्यहाँ बनाउँछन् र ती नष्ट हुन्छन् । त्यसपछि अर्को समूह आएर आफ्नो काम थाल्दछ र पूरा गरेपछि त्यो पनि नष्ट हुन्छ । यो क्रम अनन्तकालदेखि चल्दै आएको छ र चल्दै रहन्छ । मुगाका यी सानासाना घर एमाथि अर्को बन्दै जाँदा त्यसले विशालकाय ढु·े चट्टानको रुप धारण गर्दछ । यो अनन्तकालदेखि चल्दै आएको प्रक्रिया हो र चलि नै रहन्छ । संस्कृतिको निर्माण हुन पनि त्यस्तै समय लाग्दछ र त्यसै प्रकार निर्माण हुन्छ । आज कुन संस्कृति कसको हो भनेर छुटयाउन सकिंदैन । त्यो यहाँ आदिकालदेखि बसोबास गर्दै आएका समस्त जनताको साझा सम्पत्ति हो जसलाई हामी नेपाली संस्कृति भन्दछौं ।
नेपालको भौगोलिक बनाट नै यस्तो छ जसमा उच्च हिमालीदेखि मैदानी भागसम्म पाइन्छ । यसै कारण यहाँको रहनसहनमा पनि विविधता पाइन्छ । विधिता नै नेपालको विशेषता हो । यहाँ अनेक भाषाभाषी छन्, तर तिनको राष्ट्रिय स्वार्थ एउटै छ । त्यही राष्ट्रिय स्वार्थ नै नेपाली संस्कृति हो । यसको निर्माणमा यहाँको आदिवासीको ठूलो योगदान छ । जसरी अनेक नदीको मिलनबाट कोशी, गण्डकी, कर्णाली बनेका छन्, त्यसैगरी अनेक आदिवासीको प्रयत्नबाट नेपाली संस्कृति बनेको छ । अमेरिका र अस्ट्रेलियाजस्तो जातीय उच्छेद यहाँ कहिल्यै भएन । जो विजेता आएपनि यहींका बासिन्दासँग मिलेर बसे र आफूलाई यहींका बनाए ।
हाम्रो यो आर्य भूभागमा बसोबास गर्ने जातिहरुलाई छ भागमा विभाजित गर्न सकिन्छ ।
१) नेग्रिटो–निग्रो वंशको त्यो शाखा हो जसलाई ऊभन्दा पछि आउने आग्नेय जातिले नष्ट पार्यो । यसको अवशेष आसामको अङगामी नागामा पाइन्छ ।
२) आग्नेय–नेग्रिटोपछि आग्नेय जाति पश्चिमबाट हाम्रो प्राय:द्वीपमा प्रवेश गर्यो । यसलाई आग्नेय भन्ने कारण आजकल यो जाति प्राय: दक्षिण–पूर्वी दिशामा पाइन्छ । सन्थान, मुण्डा, शवर यसका अवशेष हुन् । नेपालका झाँगड, धाँगड पनि यसैसँग सम्बन्धित छन् । बर्मा, हिन्दचीन, मलाया, पूर्वी द्वीप समूह (सुवर्णद्वीप– तथा प्रशान्त महासागरमा पाइन्छ ।
३) म·ोल (किराँत)–यसको प्रमुख चिह्न हो पीतवर्ण, च्याप्टो नाक, गालाको हाड उठेको, जुँगा र दार्हीको प्राय: अभाव, नाकको फेद चेप्टो । हामी कहाँ यस्तो दुई प्रकार छन्–आयतमुण्ड पुराकिराँत र वर्तुलमुण्ड तिब्बत किराँत । इलामा लाप्चेहरु वर्तुलमुण्ड किराँत हुन् । हाम्रा राई, लिम्बूहरुमा एउटा विश्वास छ– काशी गोत्रवाला आयातमुण्ड किराँत हुन् भने ल्हासा गोत्रका वर्तुलमुण्ड ।
४) भूमध्यसागरीय (द्रविड)– पहिले जसलाई द्रविड भनिन्थ्यो, अब त्यसलाई भूमध्यसागरीय भनिन्छ । यसका तीन उपभेद छन्–पूरा भूमध्यसागरीय , खास भूमधयसागरीय, प्राच्य भूमध्यसागरीय । प्राच्य भूमधयसागरीयको अग्लो लामो नाक, गोरो मुहार हुनछ भने यिनीहरु पञ्जाब, सिन्धु, राजपूताना, पश्चिमी उत्तर प्रदेशका साथै नेपालको पश्चिमी भागमा पाइन्छ ।
५) पश्चिमी वृत्तमुण्डहर–मध्य एसियाको पर्वतमालामा विकसित भएको यो जाति विभिन्न कालखण्डमा चारैतिर फैलियो । यिनका तीन भेद छन्–अल्पाइनी, दिनारी र आर्मेनियन । यी गुजरात, ब·ाल, उडिसा, कठियावाड, कन्नड, तमिलका साथै नेपालमा पनि छन् ।
६) आर्य (नार्डिक)– आर्य भाषभाषी नार्डिक जातिको खास पहिचान हो–गोरो वा गहुँगोरो अनुहार वा रङ । अग्लो कद, विशाल भाल, लामो तिखो नाक आदि । यिनीहरु सिन्धुको माथिल्लो मैदान तथा स्वात: चित्राल नदीको उपत्यका, हिन्दुकुश तथा नेपालका विभिन्न भागमा पाइन्छन् ।
यी माथि उल्लेख गरिएका सम्पूर्ण जातिहरुको मिश्रणबाट नेपाली समाजको निर्माण भएको छ । अर्थात् चार वर्ण छत्तीस जाति भनिने प्रचलन पनि यस्तै इतिहास ज्ञान भएकाहरुले चर्चामा ल्याएका हुन् । यो भनाइ शुरुमा काठमाडौंका स्थिति मल्लले भनेका हुन् भने पछि पृथ्वीनारायण शाहले मान्यता दिएका मात्र हुन् ।
नेपालका आदिवासीहरुको गुण नै सहिष्णुता हो । अन्यत्रको इतिहासमा असहिष्णुको पराकाष्ठा पाइन्छ, राजनीतिक असहिष्णुता पनि त्यहाँ छ । युनानमा सुकरातले विषपान गर्नुपरेको थियो भने फिलिस्तिनमा इसाले शूलीमा चढ्नुपरेको थियो । युरोपेलीहरले अमेरिकामा मय संस्कृतिलाई नष्ट पारे, अरबहरुले मिश्रको युनानी र इरानको पुरानो संस्कृति नष्ट गरे । हल्यान्ड, फ्रान्स आदिमा कैयौं धार्मिक हत्याहरु भए । नेपालमा भने त्यस्तो इतिहासको अभाव छ । नेपालमा धार्मिक हत्या नहुनुमा यहाँका शासक र शासित सबैमा सहिष्णुता हुनुले नै हो । यसैले सहिष्णुता यहाँ आदिकालदेखि बसोबास गर्दै आएका सम्पूर्ण जनता, जाति र भाषाभाषीको साझा सम्पत्ति हो ।
स्व. जनकलालजीका माथिका भनाइहरु मनन गर्दा नेपालका कुनै जातिलाई पनि हाल भखैर बस्न आएका हुन् भनी औंला ठडयाउने स्थिति छैन । नेपालका पर्वतहरुको माथिल्लो भागमा शेर्पा, गुरुङ, मगर, तामाङ आदि छन् भने फेदीमा ब्राह्मण, क्षत्री, नेवार दलितहरु आदि बसोबास गरेको पाइन्छ । एउटा डाँडो एउटा जातिको नामबाट प्रख्यात छ भने अर्को डाँडो अर्को जातिको नामबाट बोलाइन्छ । अर्थात् परापूर्वकालदेखि नै मिश्रित संस्कृतिको विकास हुँदै आएको छ । नेपालको इतिहासले पनि देखाउँछ कि किराँत शासकहरुलाई ताज पहिराउँदा यहींका ब्राह्मणहरुले पूजापाठ गरी साइत जुराइदिएका छन् । अझ त्योभन्दा पहिले कृष्णले यहींका ब्राह्मण पुरोहित लगाएर पशुपति ज्योतिर्लि·को पहिलोपटक स्थापना र रुद्राभिषेक गराएको प्रागैतिहासिक उल्लेख हिमवत्खण्ड पाशुपति पुराण र गोपालवंशी लेखहरुबाट पनि झल्किन्छ । गौतम बुद्धका पालामा कपिलमुनि ब्राह्मणहरुको बस्ती भएकोले कपिलवस्तु नाम रहेको र जनक राजाको पालामा याज्ञवल्क्य र गौतम ऋषिहरले केही दर्शन र उपनिषद्हरु जनकपुरमा बसेर लेखेको कुरा सबैलाई विदितै छ । आज नेपालमा भएका कुनै जात पनि पराइ छैनन्, सबै आदिवासी हुन् । यी आदिवासीसँग नाता जोडेर एकाध व्यक्ति बाहिरबाट आएका छन् भने सम्पूर्ण जातिलाई नै बाहिरबाट आएका सम्झनु चाहिं दुर्भाग्य हुनेछ ।