प्रस, निजगढ, १३ असार/
पथलैयास्थित मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र परिसरमा रहेको स्विमिङपुल धमाधम बालुवाले पुर्ने कार्य थालिएको छ। साढे तीन दशकअघि निर्माण गरिएको स्विमिङपुल पुरानो र जीर्ण रहेको भन्दै क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैयाले पुर्ने कार्य गरिरहेको छ। पूर्व–पश्चिम राजमार्ग निर्माणका बखत सडक निर्माण कार्यमा खटेका रूसी प्राविधिकहरूले स्विमिङपुल निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन्।
मरम्मत सम्भार गर्न निकै खर्चिलो पर्ने भएको कारण स्विमिङपुल पुरेर फूलवारी निर्माण गर्न थालिएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख सुनीलराज शर्माले बताए । स्विमिङपुलभित्रको फलामे पाइपसमेत पुर्न थालिएपछि स्थानीय बासिन्दा जम्मा भएका थिए। बेलैमा मरम्मत, सुधार गरी सञ्चालनमा नल्याइएकै कारण स्विमिङपुल जीर्ण हुँदै गएको हो। ऐतिहासिक स्विमिङपुलको रूपमा रहने र पथलैयाको आकर्षणको थलो रहेको स्विमिङपुल सञ्चालन गर्न सके आम्दानीसमेत हुने स्थानीय बासिन्दा बताउँछन्। स्विमिङपुलमा रहेका पानीका कारण वरपरका वन क्षेत्रका साथै वातावरणसमेत स्वच्छ रहने जानकारहरू बताउँछन्। उक्त स्विमिङपुल अर्थात् पोखरीलाई पुर्न छाडी अझैपनि मरम्मत, सुधार गर्दा पथलैयाको आकर्षण बढ्थ्यो कि ? ढिलै भएपनि यसतर्फ सचेत पथलैयावासीले ध्यान पुर्याउने हो कि ?