प्रस, वीरगंज, १५ असार/
असार १५ को उपलक्ष्यमा कृषि विकास कार्यालय पर्सा र जय अम्बे महिला सहकारी कार्यालय चोर्नीको संयुक्त आयोजनामा आज नवौं धान दिवस कार्यक्रम आयोजना गरियो ।
चोर्नी गाविस–८ बदन नगरमा धुमधामसाथ आयोजित धान दिवस समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, बरखगणका प्रमुख सेनानी धनबहादुर थापा, कृषि विकास कार्यालयका प्रमुख विजयकुमार श्रीवास्तव, डिभिजन सहकारी कार्यालय प्रमुख दुर्गा जयसवाल, जिल्लास्थित सङ्घसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
सो अवसरमा स्थानीय कृषक डा. रवीन्द्र सिंहको खेतमा रोपाइँ गरी सहभागीहरूले हिलो खेल्दै धान दिवस मनाएका थिए ।
नेपाल सरकारले २०६० सालदेखि असार १५ गतेलाई धान दिवस पर्वको रूपमा मनाउँदै आएको छ ।
मुलुकमा धान खेती हुने सबै जिल्लाहरूमा मनाउँदै आएको धान दिवस जिल्ला कृषि विकास कार्यालय पर्साले पनि स्थानीय विभिन्न सङ्घसस्थाहरूसँग सहर्काय गरी मनाउँदै आएको छ ।
यसपालि धान दिवस मनाइएपनिे धान दिवस खल्लो लागेको कृषकहरूले बताएका छन् । किसानहरूलाई धान खेती गर्न चाहिने पानी अहिलेसम्म खेतसम्म पुगेको छैन । गण्डक नहरमा अझै पानी आएको छैन । अकासे पानीको भरमा प्रत्येक वर्ष रोपाइँ हुने गरेकोमा यसपालि समयमा पानी नपर्दा धानको बीउ खेतमैं मर्न थालेका् छ । पानीको अभावसँगै किसानहरूले रासायनिक मलपनि पाउन सकेका छैनन् । सिंचित क्षेत्रका किसानहरूले समेत मलबिना धान रोपेका छन् ।
धान दिवस समारोहमा हिलाम्य खेतमा भेट गर्न आएका कृषकहरूले जिल्लाका उच्च अधिकारीहरूलाई दही चिउरा खुवाई सम्मान गरेका थिए ।
त्यसैगरी रेडियो वीरगंज ९९ मेघाहर्जले पनि आज स्टुडियो परिसरमा धान दिवस मनायो । रेडियोका अध्यक्ष ध्रवब्र साहको सभापतित्वमा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, प्राध्यापक डा. विश्वम्भर शर्मा, नारायणी एफएमका स्टेशन मैनेजर केसी लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । रेडियो वीरगंजका समाचार संयोजक रामनारायण कुर्मी र समाचारवाचक अशोक सङ्ग्रौलाले सहजीकरण गरेको उक्त समारोहमा कवि अरुण विक्रम शाह, कवियत्रीहरू यमुना प्रधाना· र मायानितु न्यौपानेले कृषि सम्बन्धी कविता वाचन गरेका थिए ।