- ज्यो. पं. छविरमण सुवेदी
आवासमा पर्ने अव्यक्त, अदृश्य ब्रह्माण्डीय शक्तिद्वारा मानवलाई सर्वाधिक लाभ पुगोस् भन्ने हेतुले प्राचीन महर्षिहरूले वास्तुशास्त्रलाई स्थापित गर्नुभयो । जुन शास्त्रलाई भवन निर्माण कला भन्ने गरिन्छ । ज्योतिष एवं वास्तुशास्त्र प्राचीनतम, अनुभव सिद्ध हाम्रा पूर्वीय ऋषि, महर्षिद्वारा प्रतिपादित ज्ञानभण्डार हुन् । मानव र घरबीच जुन सम्बन्ध छ, ज्योतिष र वास्तुशास्त्रबीच पनि त्यही अन्योन्याश्रित सम्बन्ध रहेको छ । वास्तु एवं ज्योतिष शास्त्रको उपेक्षा गर्नेहरू शारीरिक, मानसिक एवं भौतिक धन सम्पतिप्रति सदैव चिन्तित जीवनयापन गर्नुपर्छ । ज्योतिष एवं वास्तुशास्त्रको अनुसरण गर्नाले स्वास्थ्य, मानसिक शान्ति, सफलता सुख समृद्धि पाउन सकिन्छ भने आफ्नो जीवनमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ ।
सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा वास्तुको पहिलो प्रयोग पाइन्छ । वैदिककालमा पनि वास्तुशास्त्रको प्रयोग भएको देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रूपमा ‘त्वष्टा’ को उल्लेख पाइन्छ । अन्य शास्त्रीय मतमा मयदानव, देवल ऋषिहरू, नारद आदि वास्तुविद्हरूले यो परम्परालाई निरन्तरता दिएको पाइन्छ । विश्वकर्माले ब्रहमाको आदेश पालना गरी विविध देव, नगर र पुरहरू निर्माण गरेको शास्त्र, पुराण, महाभारत आदि ग्रन्थमा उल्लेख छ ।
धर्म, अर्थ, काम र मोक्ष जीवनका चार ठूला लक्ष्य हुन् । यसलाई प्राप्त गर्न स्वस्थ शरीर, स्थिर मन र निर्मल बुद्धिको आवश्यकता पर्दछ । उक्त कुरा प्राप्तिका लागि वास्तु सिद्धान्त अनुरूप भवन निर्माण गर्नुपर्ने देखिन्छ ।
ज्योतिषीय ज्ञानबिना वास्तुशास्त्रको ज्ञान, उपयोग र प्रयोग अधूरो–अपूरो नै मानिन्छ किनकि वास्तुशास्त्र र ज्योतिषशास्त्रबीच अन्तर्सम्बन्ध छ । गृहनिर्माणका लागि घडेरी किन्नुभन्दा पहिले जमिन भएको ठाउँको नाम, राशि र आफ्नो नामराशिबीच मेल छ/छैन भन्ने कुरा ज्योतिष शास्त्र अनुसार बुझ्नुपर्ने हुन्छ । वास्तुशास्त्रमाथि ज्योतिषले पूर्ण प्रकाश पारेको छ । जमीन खरिद एवं भवन निर्माणदेखि गृह प्रवेशसम्म ज्योतिषको गरिमामय स्थान छ । मानिसको नाम राशिबाट भवन निर्माण गर्नुपर्दछ । समान्यतया व्यक्तिका दुई नाम हुन्छन् । जन्मँदाको राशि नाम र चल्तीको पुकार नाम । यी दुवै नामहरू श्रेष्ठ मानिन्छन् । कुन नामको महत्त्व कस्ता कार्यमा हुन्छ भन्ने सन्दर्भमा यसो भनिएको छ :–
“विवाहे सर्वमा·ल्ये यात्रादौ ग्रह गोचरे ।
जन्म राशे प्रधानत्वं नामराशि नचिन्तयेत् ।।”
अर्थात् विवाह आदि सम्पूर्ण धार्मिक, पैतृक कार्यमा यात्रा, ग्रह गोचर आदिको विचार गर्दा जन्म राशिको नामको प्रधानता हुने हुँदा बालक जन्मिंदा समय टिपेर सुयोग्य ज्योतिष कहाँ गई राशि एवं नामाक्षर निकाली बालक जन्मिएको एघारौंं दिनमा त्यस नामको पञ्चोपचार वा षोड्षोपचार विधिले पूजा गरी नामाकरण संस्कार गर्नुपर्ने विधान हिन्दू संस्कृतिमा उल्लेख छ । जीवनमा सर्वाधिक नामको नै महत्त्व रहने गर्दछ । पाञ्चभौतिक शरिर अवश्य नै मर्छ । तर शरीरले गरेको कर्मको आधारमा नाम नै अमर रहन्छ, शरीर होइन ।
त्यस्तै देश, गाउँ, गृहनिर्माण, युद्ध, नोकरी, व्यापार, मुद्दामामिलामा चल्ती वा पुकार नामको महत्त्व वा मान्यता हुन्छ । भनिएको छ :–
“देश ग्रामे गृहे युद्धे सेवायाँ व्यवहारके ।
नामराशे प्रधानत्वं जन्म राशि नचिन्तयेत् ।।”
यदि कसैको जन्मँदा राखिएको जन्म राशि थाहा छैन भने जुन नाम प्रचलित छ त्यसैबाट विचार गर्नुपर्दछ । भूमिचयन गर्दा मानिसको प्रचलित नाम राशिबाट नगर, गाउँ वा टोलको नाम राशिसम्म गन्ती गर्दा २, ५, ११, ९, १० मा पर्यो भने सो भूमि त्यो ठाउँ शुभ हुन्छ । त्यहाँ बस्ने व्यक्ति खुशी–सुखी र विजयी बन्छ । १ र ७ मा शत्रुबाट पीडित रहन्छ भने ४, ८, १२, ३ र ६ मा पर्यो भने रोग, शोक र व्याधिकारक जान्नुपर्दछ ।
व्यक्तिको राशिअनुसार मुख्य ढोका वा घडेरीको मुख निम्न अनुसार भएमा शुभ मान्छि:–
मेष, सिंह, धनु–पूर्व
वृष, कन्या, मकर–दक्षिण
मिथुन, तुला, कुम्भ–पश्चिम
कर्कट, वृश्चिक, मीन–उत्तर
यदि व्यक्तिको राशिअनुसार निर्देशित दिशामा मूल गेट (ढोका) लगाउन नसकेमा आफ्नो राशिअनुसार त्यस दिशामा एउटा झ्याल भएपनि अवश्य लगाउनुपर्दछ ।
वास्तुपुरुष इशान शिर गरी उत्तानो परेर पृथ्वीमा सुतेका छन् । उनको गोडा नैऋत्य दिशामा हात जोडेर प्रार्थना गर्दै गरेको देखाइएको छ । वास्तुपुरुष मण्डलको उत्तरमा धनाधिपति कुबेर, पूर्वमा प्रकाश देवता ब्रहमाको प्रतीक मानिन्छ । अत: भवनको डिजाइन बनाउँदा विभिन्न कोठाको स्थिति विचार गर्नुपर्ने हुन्छ । कुन दिशाको कोणलाई कुन प्रयोजनमा ल्याउने भन्ने सम्बन्धमा तलको संस्कृत श्लोकले स्पष्ट पारेको छ ।
स्नानागारं दिशि प्राच्यां आग्नेयय्यां च महानसम्
याम्यायां शयनागारं नैऋत्यां वस्त मन्दिरम् ।
वारूण्यां भोजन गृहं वायव्यां पशुपमन्दिरम्
भण्डारं वेश्योत्तरस्यां ऐशान्यां देवतालयम् ।।
१. पूर्वतर्फ: स्नान गर्ने (बाथरूप) पानीको स्रोत
२. पूर्वंदक्षिण (आग्नेय) दिशा: भान्साघर र भण्डार कक्ष
३. दक्षिण: शयनकक्ष
४. दक्षिण–पश्चिम (नेऋत्य) दिशामा शौचालय
५. पश्चिम तथा पश्चिमको बीच: अध्ययन कोठा
६. पश्चिम तथा उत्तर पश्चिमको बीच: शौचालय
७. उत्तरपश्चिम (वायव्य)मा अन्न भण्डार
८. उत्तर तथा उत्तर पूर्वको बीच: ध्यान एवं अध्ययन
९. उत्तरपूर्व (ईशान): पूजाकक्ष
घरमा नवग्रहको स्थिति: वास्तुशास्त्रको नियम अनुसार घर निर्माण गरेपछि त्यो घरमा नवग्रह आआफ्ना ठाउँमा आएर बस्छन् र घरका व्यक्तिमाथि ग्रहको प्रभाव पर्न थाल्छ । ईशान वा पूजा कोठामा सूर्यको स्थान हुन्छ भने चन्द्रमा बाथरूम वा पूर्वमा हुन्छन् । म·ल सधैं आग्नेय दिशा भन्साघरमा रहन्छन् । अध्ययन कक्ष वा पश्चिममा बुध रहन्छन् भने उत्तरको अध्ययन तथा आध्यात्मिक कार्य हुने ठाउँमा बृहस्पति हुन्छन् । दक्षिण–पश्चिममा शुक्र, पश्चिमं उत्तरमा शनि रहन्छन् । प्रवेश गर्ने ठाउँको दाहिनेतिर राहु र बायाँतिर केतु हुन्छ । राहु तथा केतुले भवनको चारैतिरको रक्षा गर्दछन् । त्यसैले घरमा गृहप्रवेश भएपछि दैनिक पूजा–आरती, भजन–कीर्तन, अतिथि भोजन र भिखारी दान दिनाले नवग्रह अनुकूल भई घरपरिवारका सदस्यहरूमा सुख, शान्ति, सफलता आदि प्राप्त हुन्छ भने यसविपरीत अशान्ति, कलह, रोग, शोक, आदि भोग्नुपर्ने हुन्छ ।
केही स्मरणीय वास्तु सम्बन्धी कुराहरू:
१. यस्य नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता: अर्थात् घरमा छोरी, बुहारी र पत्नीलाई सुखी, खुशी राख्ने प्रयास गर्नु पर्दछ ।
२. जमिनदेखि घरको उचाइमा भर्याङको सिढीको सङ्ख्या विषम (१,५,७) आदिमा हुनुपर्दछ ।
३. घरको दक्षिणको तुलनामा उत्तरतिर र पश्चिमको तुलनामा पूर्वतिर धेरै खुला ठाउँ छोड्नुपर्दछ ।
४. घरको उत्तर–पूर्वी कुनामा कुनै पनि प्रकारको फोहोर मैला, जुठो राख्नु
हुँदैन ।
५. बस्ने कोठामा राखिएका फर्निचर, सोफासेट, कुर्सी आदि पश्चिम या दक्षिण दिशामा राख्नुपर्दछ । घर मालिकले पूर्व वा उत्तर मुख फर्काएर बस्दा राम्रो
हुन्छ ।
६. नगद रुपियाँ राख्ने दराज, बाकस आदि घरको उत्तर कोठामा राख्नुपर्दछ । चाबी खोल्दा बाकस दराजको मुख उत्तरतिर फर्केको अति राम्रो मान्छि ।
७. मुख हेर्ने सबै शीशाहरू उत्तर या पूर्वतिर लगाउनुपर्दछ ।
८. शौचालयको हात धुने बेसिन (कुण्ड) उत्तर या पूर्वको भित्तामा राख्नुपर्दछ ।
९. भोजनकक्षमा खाना खाँदा मुख पूर्व वा पश्चिमतिर फर्किएको हुनुपर्दछ ।
१०. कुनै पनि कोठामा टेलिभिजन दक्षिण–पूर्वी कुनामा राख्नुपर्दछ ।
११. पल· वा खाट राख्दा सुत्ने व्यक्तिको टाउको दक्षिण, पूर्व या पश्चिमतिर हुने गरी राख्नुपर्दछ ।
१२. कुवा, इनार, ट्युबवेल वा कुनै पनि भूमिगत जल सङ्ग्रह गर्ने मेसिन या औजार उत्तर–पूर्व (ईशान) दिशामा राम्रो मानिन्छ ।
१३. दुईवटा भिन्नाभिन्नै घरको प्रवेशद्वार ठीक आमने–सामने हुनुहुँदैन ।
१४. घर अगाडि रूखहरूको सङ्ख्या जोडी हुनुपर्दछ ।
गृह निर्माण जस्तै कलकारखाना उद्योग व्यवसाय क्षेत्र मठ, मन्दिर, चलचित्रघर आदि क्षेत्रमा पनि वास्तुको प्रयोग गरिन्छ । गृहनिर्माणपूर्व ठाउँ एवं भूमि चयन गर्ने, भूमि चयनपश्चात् वास्तु चक्र, नागको शिर, नक्षत्र, वार, महिना, तिथि पक्ष जुराएर शिलान्यास गर्दा गृह निर्माणमा विघ्न बाधा र समस्या नआउने कुरा शास्त्रमा उल्लेख छ । गृह निर्माण गरिसकेपछि ज्योतिष शास्त्रले सूचित गरेबमोजिम वास्तुचक्र, कलशचक्र, अग्निवास, शिववास, मास, पक्ष, वास, तिथि आदि जुराई वैदिक संस्कार शास्त्रीय आधार साथै ऋषि–महर्षिहरूको मतलाई पालन गरी गृह प्रतिष्ठा
(प्रवेश) गर्नुपर्दछ । यसरी संस्कार गरिएको घर सम्पूर्ण मनोरथ पूर्ण गर्ने हुन्छ ।