प्रस, निजगढ, १४ असार/
तपस्वी भनिएका बारा रतनपुरी–५ बुङजोरका रामबहादुर बमजनको नाममा वन क्षेत्र कब्जा गरी बनाइएका एक दर्जन कच्ची, पक्की भवन र टहरा बिहीवार भत्काइएको छ । वर्षौदेखि तपस्याको नाममा हलखोरिया वन क्षेत्र कब्जामा लिएको जनाउँदै वन ऐनविपरीत निर्माण गरिएका पक्की भवन, टहरा, तारबार भत्काइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।
चारकोसे झाडीबीच घना ज·ललाई नियन्त्रणमा लिएकै कारण तपस्वी रामबहादुर बमजन हटेपछि सो वन क्षेत्र अतिक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै वन क्षेत्रभित्र बनाइएका भौतिक संरचना नष्ट गरिएको जिल्ला वन कार्यालय बाराका प्रमुख रामानन्द साहले बताएका छन् ।
प्रहरी प्रशासन, सशस्त्र वनरक्षक, जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोलीले तपस्यास्थल वरपर निर्माण गरिएको लगभग १६ कोठे, तीनतल्ले पक्की भवनसहित १० वटा भवन–टहरा स्काभेटरको प्रयोग गरी भत्काएको छ । जिल्ला वन कार्यालय बाराको सक्रियतामा दुई साताअघि केही काठपात, फर्निचर नियन्त्रणमा लिएपनि बाँकी सामान रतनपुरी गाविसका स्थानीय बासिन्दाले लगेको बुझिएको छ ।
तपस्वीले वर्षौदेखि कब्जा जमाउँदै नियन्त्रणमा लिएको वन क्षेत्र जिल्ला वन कार्यालयले पछिल्लोपटक आफ्नो नियन्त्रणमा लिएको छ ।
तपस्वी कहलिएका बमजनसहित उनको संरक्षण, संवद्र्धनमा जुटेका अनुयायी र बोधी श्रवण धर्म सङ्घलगायत केही पदाधिकारी गत जेठ ३२ गते बिहीवार तपस्वीसहित टाटा सुमोमा तपस्यास्थल छोडी एकाएक निस्केका थिए । इलाका प्रहरी कार्यालय निजगढलाई अनुयायीसहित ५ दिनभित्र फर्कने बताएका तपस्वी अहिलेसम्म फर्केका छैनन् । झन्डै तीन वर्षअघि गढीमाईमा दिइने पशुबलि रोक्ने दाबी गरेका तपस्वी धर्मसड्ढटमा परेर एकाएक बेपत्ता भएका थिए ।