- शीतलप्रसाद महतो
विश्वकै बृहत् प्रजातान्त्रिक मुलुक भारत र साम्यवादी सिद्धान्त अँगालेको मुलुक चीनको आर्थिक प्रगति विश्वकै लागि उदाहरण बनेको छ । यी दुवै छिमेकी मुलुक सन् २०२० मा विश्वको पहिलो तथा तेस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने दौडमा लागेका छन् । आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि वैदेशिक लगानी भित्रियो र भारत अहिले विश्वमैं आर्थिक समृद्धि हासिल गरेको मुलुक भनेर चिनिन्छ । भारतले केही वर्ष यता ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ भने अर्को छिमेकी मुलुक चीनले विगत तीन दशकदेखि औसत ९ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । तर यी दुई ठूला र समृद्ध छिमेकीबीच रहेर पनि प्राकृतिक स्रोत साधनको धनी देश नेपाल झन्–झन् गरिब बन्दै गएको छ । नेपालको आर्थिक वृद्धिदर हेर्ने हो भने विगत पाँच वर्षमा औसत ४ प्रतिशतभन्दा पनि कम रहेको पाइन्छ ।
सम्भवत: विश्वमा नेपाल एउटा मात्र यस्तो देश हो, जोसँग आर्थिक उन्नतिका प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँको अधिंकाश जनता दु:खी छ र मुलुक गरिबतममध्ये एक । नेपालको जलवायु, भूबनोट र प्राकृतिक स्रोत सबै नेपालीलाई समृद्ध बनाउन सक्षम छन् । तर यसको उचित र प्रभावकारी व्यवस्थापनको अभावमा नेपाल आर्थिकरूपले समृद्ध बन्न सकेको छैन । आर्थिक उन्नतिका लागि विद्यमान सम्भावनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सशक्त सम्भावना बोकेको तथा आर्थिक विकासका लागि प्रमुख आधारस्तम्भको रूपमा पाँचवटा क्षेत्र रहेका छन् । ती हुुन :–
कृषि :– कृषिलाई विकासको मूल उत्प्रेरक र निर्यात व्यापारको सम्भावना भएको क्षेत्र मानिन्छ । यसको विकासका लागि आवश्यक जलवायु, वातावरण र उर्वर भूमि नेपाललाई प्रकृतिले सित्तैमा दिएको छ । तर निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक बनाउन आवश्यक पर्ने सोत संरक्षण, कृषि प्रविधि, सिंचाइ, उन्नत बीउ र मलखाद, विद्युत् तथा सडकको अभाव रहेको पाइन्छ । त्यसैले निर्वाहमुखी कृषि क्षेत्रमा आमूल संरचनात्मक परिवर्तनका साथै त्यसको व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा मात्र नेपालमा तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सकिन्छ ।
नेपालको उच्च पहाडी जलवायुमा फल्ने कफी विश्वमैं उत्तमकोटीका आधा दर्जनमध्ये एक हो । त्यस्तै हिमाली क्षेत्रमा फल्ने स्याउ, लेकको सुनाखरी, पहाडी वन–ज·लमा पाइने र खेती गर्न सकिने दर्जनौं बहुमूल्य जडिबुटी, चिसोपानीमा पालिएका विभिन्न जातका माछा र हस्तकला तथा तराईमा फल्ने उच्चकोटीको बासमति चामल, रहर दाल र माछालगायत खाद्यान्न, विशिष्ट स्वाद भएका विभिन्न जातका आँप र लिची लगायत वस्तुको ठूलो माग भएको तयारी बजार हामीसँग छ । त्यस्तै विभिन्न फलफूल, तरकारी खेती, पुष्पखेती, बीउ उत्पादन, पशुपालन र पशु आहार उत्पादन, लहसुन, अदुवा र च्याउ पनि सम्भावनाका क्षेत्र हुन् भने मह, कट फ्लावर, प्रशोधित फलफूल, तरकारी तथा नगदेबाली निकासी उच्च सम्भावना भएको क्षेत्र हो । यस्ता खाद्यान्न, वहुमूल्य जडिबुटी, फलफूल, दलहन र तेलहन बाली, नगदेबाली र माछाको व्यावसायिक खेती गरेर यसको उच्च निकासी गर्न सक्यौं भने यसबाट किसानको जीवनस्तरमा आमूल परिर्वतन आउने मात्र होइन, नेपालको आर्थिक समृद्धिमा समेत उल्लेखनीय योगदान पुग्ने निश्चित छ ।
जलस्रोत :– जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी मुलुक नेपालले एक शताब्दीको प्रयासपछि ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकेको छैन । हरेक वर्ष अर्बौ रुपियाँको विद्युत् भारतबाट आयात गरिएपनि नेपालीहरूले चर्को लोडसेडिङ सहने अवस्था विद्यमान छ । जलस्रोतको विकासबाट ऊर्जा उत्पादन मात्र नभई जल व्यवस्थापनको प्रयोजनसमेत पूरा हुनेछ । जलस्रोतको दिगो उपयोग गर्न सक्यौं भने यसले वार्षिक आयात हुने अर्बौ रुपियाँको पेट्रोलियम पदार्थ विस्थापन गर्न सकिन्छ । आफ्नो आवश्यकताभन्दा बढी जलविद्युत् उत्पादन गरेर अन्तर्राष्टिूय बजार
(विशेषगरी चीन र भारत) मा बेचेर वार्षिक अर्बौं रुपियाँ नेपाल भित्र्याउन सकिन्छ ।
पर्यटन:– कृषि र जलस्रोतजस्तै नेपालको आर्थिक समृद्धिको अर्को आधारस्तम्भ पर्यटन व्यवसाय हो । तर यस क्षेत्रमा पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । विश्वका १० अग्ला शिखरहरूमध्ये आठवटा नेपालमा छन् । नेपाल भगवान् गौतम बुद्ध र जगतजननी माता सीताको जन्मभूमि पनि हो । प्राकृतिक सम्पदाको धनी देश पनि नेपाल हो । यसरी नेपाल धार्मिक, प्राकृतिक र सांस्कृतिकरूपले समृद्ध छ, जसले देशको पर्यटन विकासमा योगदान पुर्याउन सक्छ । यस क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार र संरचनागत परिवर्तन पहिलो शर्त हो । तर विद्युत्को पर्याप्त उपलब्धताबिना यो सम्भव छैन । त्यसैले देशको विद्युत् शक्तिलाई पर्यटन विकासका लागि उपयोग गर्न सकिन्छ ।
सेवा क्षेत्र :– प्राकृतिक र वातावरणीय सुन्दरताले नेपालमा सेवा क्षेत्रका उद्योगहरूको निर्माणका लागि विशेष अवसर प्रदान गरेको छ । गुणस्तरीय शिक्षा दिने विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरूको स्थापना गरी दक्षिण एसियाको मात्र नभई विश्वभरिबाटै हिमालयको काखमा अध्ययन गर्न रोजिने स्थल नेपाल हुन सक्दछ । स्वास्थ्योपचार तथा व्यापार प्रक्रियामा बाह्य स्रोतको सेवा उपलब्ध गराउनका लागि नेपाल एउटा महत्त्वपूर्ण केन्द्रबिन्दु हुन सक्दछ तर यसका लागि नेपालले उपयुक्त वातावरण निर्माण गर्न सक्नुपर्दछ ।
उत्पादकत्व वृद्धि:– हामीसँग मानव संसाधनको ठूलो स्रोत छ तर त्यो स्रोत अदक्ष र अद्र्धदक्ष अवस्थामा रहेको छ । जसले गर्दा राष्ट्र विकासमा त्यस जनशक्तिबाट हामीले सोचेजस्तो फाइदा लिन सकिराखेका छैनौं । त्यसैले विभिन्न सीपमूलक तालिम प्रदान गरी अदक्ष जनशक्तिलाई अद्र्धदक्ष र अद्र्धदक्षबाट दक्ष बनाउन राष्ट्रिय अभियान नै सञ्चालन गर्नुपर्दछ । यसपछि दक्ष जनशक्तिलाई पूर्ण व्यावसायिक बनाउनुपर्दछ । यसरी हामीसँग भएको मानव संसाधनको क्षमता अभिवृद्धि भई त्यसको स्वदेशी उद्योगमा उपयोग गरेर होस् वा दक्ष श्रम निर्यात गरेर होस्, दुवै अवस्था मुलुकको सुदृढ अर्थ व्यवस्थाका लागि महत्त्वपूर्ण हुन्छ । यसरी कृषि, जलस्रोत, पर्यटन, सेवा र उत्पादकत्व वृद्धि क्षेत्रको दिगो विकासले रोजगारी र अवसर दुवैको ढोका खोल्ने छ । रोजगारी र अवसरको वृद्धिसँगै मुलुक आर्थिकरूपले सबल बन्दै जान्छ ।
अबको बाटो :– जबसम्म सही आर्थिक एजेन्डाको पहिचान र कार्यान्वयन हुँदैन, तबसम्म मुलुकमा जस्तोसुकै सङ्घीय व्यवस्था ल्याएपनि त्यसले रोजगारी तथा आर्थिक समृद्धिमा सकारात्मक भूमिका निर्वाह गर्न सक्दैन । यदि मुलुकमा आर्थिक समृद्धि हेर्न चाहन्छौं भने हामीले परम्परागत सोचबाट बाहिर निस्केर राष्ट्रको दिगो र स्थिर आर्थिक विकासका लागि मुख्य शक्ति र स्रोत पहिचान गरी राज्यको सम्पूर्ण प्रयत्न त्यसैको विकासमा केेिन्द्रत गर्नुपर्दछ । आर्थिक विकासका त्यस्ता सम्भावनायुक्त स्रोतहरूको पहिचान गरी त्यसको दिगो उपयोग कसरी गर्न सकिन्छ, त्यसबारे व्यापक अध्ययन, अनुसन्धान र खोजी गर्नुपर्दछ र त्यसै अनुरूप नीति एवं कार्ययोजना पनि बनाउनुपर्दछ ।
तर हामी यसतर्फ ध्यान दिनुको सट्टा द्वन्द्वलाई नै मूल कारण देखाएर आफ्नो दायित्वबाट पन्छिन खोज्छौं । विश्व इतिहास हेर्ने हो भने द्वन्द्वरत मुलुकहरूमा पनि आर्थिक वृद्धिदर उच्च रहेको पाइन्छ । अन्य मुलुकजस्तै नेपालमा पनि आर्थिक समृद्धि हासिल गर्न थुप्रै समस्या र चुनौतीहरू छन्, त्यतिकै मात्रामा सम्भावना र अवसरहरू पनि छन् । तर त्यसका बावजुद नेपाल किन आर्थिक तथा सामाजिकरूपले पछाडि परिरहेको छ ? त्यसको समुचित र भरपर्दो समाधान के हो ? आजको मूल र अहम् प्रश्न पनि यही हो ?
समग्रमा तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायसहितको स्वाधीन अर्थतन्त्रको निर्माण नै हाम्रो आर्थिक नीतिको आधारशिला हुनुपर्दछ । विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गरी सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाउन सक्नुपर्दछ । यसका लागि सुस्पष्ट राजनीतिक दृष्टिकोण, प्रस्ट लक्ष्य, त्यसलाई प्राप्त गर्ने दृढ इच्छाशक्ति तथा इमानदारिताका साथ कार्यान्वयनको पूर्ण प्रतिबद्धता भयो भने मात्र नेपाललाई एक दशकभित्रै आर्थिकरूपले सबल र समृद्ध बनाउन सकिन्छ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm