- विश्वराज अधिकारी
नेपालमा उपलब्ध भूमिको हिसाबले मानिसको बसोबास तुलनात्मकरूपमा निकै धेरै छ । यसैगरी मुलुकमा एकातिर कृषियोग्य भूमिको अभाव छ भने अर्कोतिर कृषि क्षेत्रले नै जनसङ्ख्याको ठूलो हिस्सालाई अन्न र रोजगारी दिनुपर्ने बाध्यता छ । समस्या यतिमा मात्र सीमित छैन । कृषिका लागि ज्यादै उपयुक्त समतल भूमि (तराई)कुल उपलब्ध भूमिको केवल १७ प्रतिशत जति छ । तर यो समतल भूमिमा जनघनत्व बढ्दै गएर कृषियोग्य भूमि अतिक्रमित हुँदैछ, बारी र खेत घर–घडेरीमा रूपान्तरित हुँदैछ । यो समस्याले भोलिका दिनमा राष्ट्रिय कृषि उत्पादन क्रमिकरूपमा कम हुँदै जानेमा दुई मत हुन सक्तैन ।
नेपालमा कृषियोग्य भूमिको अभाव रहेको कारण उब्जाउ जमिनको व्यवस्थापन ज्यादै व्यावहारिक किसिमले गर्नुपर्ने देखिन्छ । रोजगारीका लागि कृषि क्षेत्रमाथिको अति निर्भरता कम पार्दै लग्न जरुरी छ । तर त्यस्तो गर्न सकिएको छैन । उद्योगको यथेष्ट विकास तथा विस्तार गरेर कृषि क्षेत्रमाथिको अति निर्भरता कम पार्न सकिएको छैन । हुन त पञ्चायत कालमा, विदेशी सहयोगबाट नै भएपनि विभिन्न किसिमका उद्योग (जचुका, वीचिका, कृषि औजार कारखाना, हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट कारखाना) हरू स्थापना गरिएको थियो । देशमा औद्योगिक विकास गर्ने ठोस प्रयास भएको थियो । तर पञ्चायती व्यवस्थाको समाप्तिपछि र प्रजातन्त्रको प्रारम्भसँगै नेपालको औद्योगिक वातावरणमा ग्रहण लाग्न शुरु भयो । रोजगारदाता–श्रमिकबीच कटुतापूर्ण सम्बन्धले औद्योगिक क्षेत्रको लगानी जोखिमपूर्ण बन्दै गयो । लगानी जोखिमपूर्ण र भरपर्दो नदेखेर उद्योगपतिहरूले पनि सुरक्षित– सेवा व्यवसाय (बैंक, वित्तीय संस्था, होटल, सपिंग सेन्टर, मल आदि) मा लगानी गर्न थाले । विस्तारै दीर्घकालीन लगानीबाट, जसले श्रमिकहरूलाई बढी फाइदा हुन्छ, हात झिकेर बढी र छिटै राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न थाले । उद्योपति वा पूँजीपतिहरूले त्यस्तो गर्नु अस्वाभाविक पनि होइन । कुनै पनि पूँजीपतिले जान्दाजान्दै असुरक्षित क्षेत्रमा लगानी गर्दैन । नेपालमात्र होइन, संसारमैं कसैले त्यस्तो गर्दैन, सरकारले जस्तोसुकै औद्योगिक नीति बनाएपनि, सरकारी नियम जतिसुकै खुकुलो पारेपनि ।
नेपालमा प्रचुर मात्रामा उद्योगको विकास मुलुकको राजनैतिक वातावरण एवं नेताहरूको व्यवहारले गर्दा नभएको हो । हुनत नेपालमा उद्योगको यथेष्ट विकास हुन नसक्नुका लागि अरू तत्त्वहरू पनि जिम्मेवार होलान् तर मुख्य तत्त्व भनेको नेताहरूले लगानीकर्ता वा पूँजीपति–श्रमिक बीचको सम्बन्धलाई कटुतापूर्ण तुल्याउनु हो । नेपालका सबै दलका नेताहरू र मुख्य गरी कम्युनिस्ट नेताहरूले दलगत र व्यक्तिगत स्वार्थका लागि लगानीकर्ता–श्रमिकबीच कहिले पनि राम्रो सम्बन्ध बन्न दिएनन् । उनीहरूले लगानीकर्ता–श्रमिकबीच अविश्वासको ठूलो खाडल मात्र निर्माण गरेनन्, त्यस खाडललाई झन्–झन् गहिरो र फराकिलो पार्दै लगे । लगानीकर्ताहरूलाई जहिले पनि सामन्त, शोषक, दलाल आदि इत्यादि नाम दिएर उनीहरूलाई मजदुरहरूको दिमागमा वर्गीय शत्रुको रूपमा स्थापित गराए । नेताहरूले मजदुर युनियनको प्रयोग मजदुरहरूको हितका लागि होइन, आफ्नो हितका लागि गर्न थाले । कारखानाहरूमा उत्पादनका क्रियाकलापहरू कम, राजनैतिक गतिविधिहरू बढी हुन थाले । कालान्तरमा त्यस्ता क्रियाकलापहरूले मजदुरहरूलाई नै बेफाइदा हुन पुग्यो । कारखानाहरू बन्द हुन थाले, मजदुरहरूको जागिर गयो । कारखानाहरूमा अति राजनीति भएर मजदुरहरूले के फाइदा पाए ? बरु मजदुरको नाममा राजनीति गर्ने नेताहरू उपल्लो स्थानमा पुगे ।
कुनै पनि उत्पादकले कम उत्पादन गरेर, सधैं घाटा खाएर कारखाना सञ्चालन गर्दैन । विभिन्न किसिमका अशान्तिहरूले गर्दा उत्पादन कम भएर घाटा लाग्न थालेपछि लगानीकर्ताहरू स्वाभाविकरूपमा कारखाना बन्द गर्छन् नै । तर यो कार्यले बढी बेफाइदा श्रमिकहरूलाई नै हुन्छ । त्यसकारण मजदुरहरूको हित कारखाना बन्द भएर होइन, कारखाना सञ्चालन भएर हुन्छ । जति बढी सङ्ख्यामा कारखाना स्थापना भयो, त्यसैअनुसार ठूलो सङ्ख्यामा मजदुरको आवश्यकता पर्छ, त्यसै अनुसार मजदूरहरूको मागमा वृद्धि हुन्छ । बजारमा मजदुरहरूको मागमा वृद्धि हुनासाथ मजदुरहरूको मोलमोलाई क्षमता वृद्धि हुन्छ । मजदुरहरूले बढी सुविधा– बढी पारिश्रमिक, राम्रो आवास, औषधि उपचार आदि माग गर्न सक्छन् । बजारमा उद्योग व्यापारको स्थिति राम्रो भएकोले लगानीकर्ता मजदुरहरूका त्यस्ता माग पूरा गर्न स्वेच्छाले तयार हुन्छन् पनि । युनियन वा सरकारले दबाब दिनुपर्दैन, मजदुरहरूको माग पूरा गर्न विकसित वा धनी राष्ट्रहरूमा देखिएझैं । बजारमा मजदुरहरूको माग बढेपछि मजदुरहरूलाई आफ्नो उद्योगतिर आकषिर्त गर्न एक किसिमले लगानीकर्ताहरू बीच प्रतिस्पर्धा नै हुन्छ । यस प्रकार मजदुरहरूको हित कारखाना बन्द भएर होइन, खुला भएर हुन्छ, उद्योगहरूको सङ्ख्यामा वृद्धि भएर हुन्छ । यो कुरा नेताहरूले राम्ररी बुझ्न आवश्यक छ, यदि उनीहरू यथार्थमा मजदुरहरूको हित गर्न कटिबद्ध छन् भने । कम्युनिस्ट नेताहरूले बुझ्न झन् आवश्यक छ, किनकि राजनैतिक कार्यका लागि मजदुरको बढी प्रयोग उनीहरू नै गर्छन् ।
नेपाली राजनीतिमा कम्युनिस्टहरूको उपस्थिति बाक्लो छ र प्रभाव पनि कसिलो छ । कम्युनिस्ट नेताहरूले औद्योगिक वातावरणमा निकै प्रभाव पारेका छन् र भविष्यमा अझै बढी प्रभाव पार्न सक्छन्, मुलुकको गरिबी अहिलेको गतिमा नै बढ्दै गयो भने । अर्कोतिर कम्युनिस्ट नेताहरूले लगानीकर्ताहरूलाई हेर्ने आफ्नो परम्परागत धारणामा परिवर्तन ल्याएका छैनन् । अहिले पनि उनीहरू लगानीकर्तालाई शोषक र मजदुरहरूलाई शोषितको रूपमा हेर्छन् । लगानीकर्ताहरूको हितको पूर्णतया वेवास्ता गर्छन् । मौजुदा विश्व परिस्थितिमा उनीहरूले आफ्नो त्यो परम्परागत धारणामा परिवर्तन ल्याउन अति आवश्यक छ । नेताहरूले मजदुरहरूको हित अभिवृद्धि गर्ने हो भने सँगसँगै लगानीकर्ताहरूको हित पनि अभिवृद्धि गर्नु पर्यो । लगानीकर्ताहरूलाई बढीभन्दा बढी लगानी गर्ने वातावरण तयार पारिदिनु पर्यो । मजदुरहरूको हित लगानीकर्ताहरूको हितसँग गाँसिएको छ, सरकारी नियम कानुनभन्दा । यस तथ्यलाई गम्भीरतापूर्वक लिइदिनुपर्यो ।
लगानीकर्ता र मजदुरबीचको सम्बन्ध भनेको बगैंचा र मालीजस्तो हो । लगानीकर्ता माली हो भने मजदुर बगैंचा हो । बगैंचा नै भएन भने मालीको कुनै काम हुँदैन । अर्थात् मजदुरको उपस्थितिबिना लगानीकर्ताले कुनै व्यापारिक क्रियाकलाप गर्न सक्तैन । यसैगरी माली भएन भने बगैंचाको संरक्षण राम्ररी हुन सक्तैन, बगैंचा ज·ल हुन पुग्छ, उजाड हुन सक्छ । अर्थात् मजदुरहरूको कार्यकुशलताको उपयोग लगानीकर्ताले नै गर्न सक्छ । मजदुरहरूको जीवनमा आर्थिक खुशहाली लगानीकर्ताको व्यापारिक क्रियाकलापले नै ल्याउँछ । लगानीकर्ता भनेको मौरी हो । मौरीले कुन फूलबाट मीठो रस आउँछ भन्ने थाहा पाएझैं पूँजीपति वा लगानीकर्ताले पनि कहाँ र कसरी लगानी गरेर बढी फाइदा पाउन सकिन्छ भनी थाहा पाउँछ । महको निर्माण कमिला वा अरूले होइन, केवल मौरीले मात्र गरेझैं धनको निर्माण, वृद्धिपनि केवल लगानीकर्ताले नै गर्न सक्छ । तर यो कार्य गर्न लगानीकर्तालाई अनिवार्यरूपमा मजदुरको सहयोग चाहिन्छ । यस यथार्थलाई चीनका कम्युनिस्टहरूले बुझे र व्यवहारमा ल्याए । मजदुरहरू मात्र होइन समग्र राष्ट्रको आर्थिक विकासमा लगानीकर्ताको भूमिका अहम् हुन्छ भन्ने यथार्थलाई बलियो गरी स्विकारे । देङग जियायोपिङले प्रारम्भ गरेको आर्थिक सुधारका कार्यहरूले गर्दा चीनले अति नै निर्धनतामा बाँचिरहेको र ठूलो सङ्ख्या (यूरोपको जनसङ्ख्या जति) मा रहेको आफ्नो नागरिकलाई त्यस किसिमको गरिबीबाट बाहिर ल्याउनुका साथै विश्व अर्थ व्यवस्थामा आफ्नो स्थान महत्त्वपूर्ण तुल्यायो । राष्ट्रको आर्थिक स्थितिमा सुधार ल्याउन, जनजीवनमा खुशहाली भर्न लगानीकर्ता वा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको यथार्थलाई चीनका कम्युनिस्टहरूले स्वीकार गरे तापनि नेपालका कम्युनिस्टहरूले व्यवहारद्वारा स्वीकार गरेको देखिएको छैन । माक्र्स, लेनिन र माओत्से तुङको विचारबाट प्रशिक्षित यी नेताहरूले बदलिंदो परिस्थितिमा फरक किसिमबाट सोच्न आवश्यक छ । कुनै पनि विचार, दर्शन, सिद्धान्त कालजयी हुँदैन । अहिलेको यो बजार अर्थतन्त्रको युगमा मुलुक र जनताको जीवनमा आर्थिक समृद्धि ल्याउन, राष्ट्रिय अर्थतन्त्रलाई विश्व बजारमा प्रतिस्पर्धात्मक तुल्याउन माक्र्स, लेनिन र माओका विचारहरूले काम गर्न सक्तैनन् । तिनका विचारहरू म्याद नाघेका ओषधिजस्तो भइसके ।
नेताजीहरू, नेपालीहरूमा डरलाग्दो रोगको रूपमा रहेको गरीबीरूपी रोगको इलाज त्यो म्याद नाघेको औषधिले नगर्नुहोस् । बरु अगाडि बढ्नुहोस् देशको आर्थिक विकास गर्न, मजदुरहरूको हित गर्न, सिंगापुरका नेता लि क्वान युजस्तो, मलेसियाका नेता महादिर मोहम्मदजस्तो अनि चीनका नेता देङग जियायोपिङजस्तो । तपाईं कुनै एक नेताको पनि सकारात्मक सोचले राष्ट्रको मुहार फेर्न सक्छ । मजदुरहरूको हित अभिवृद्धि हुन सक्छ । राष्ट्रलाई समृद्ध पार्न सकिन्छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm