- दीपु साह कानु
ऋण तथा सहकारी संस्था लिमिटेड खोल्न कुनै खासै शैक्षिक योग्यता आवश्यक नरहने हुँदा यसको लागि इच्छा तथा १–२ लाख लगानी लगाउने व्यापारिक बुद्धि भए पुग्छ । त्यसपछि सहकारी संस्था पकेटबाटै शुरु हुन्छ र पछि सबै सुविधा पाउनुका साथै कारसमेत चढ्न पाइन्छ । यस्तै मनस्थितिले गर्दा आर्थिक नगरी वीरगंजमा बैंक, फाइनान्स र सहकारी संस्थाहरूको सङ्ख्या अकासिंदो छ र नयाँ संस्थाहरू खुल्ने क्रम जारी छ । पछिल्लो तथ्याड्ढअनुसार करिब ५ वर्ष अगाडि देशमा ९,७२० को सङ्ख्यामा रहेका सहकारी संस्थाहरू आज २३,५०० भन्दा बढी पुगेका छन् ।
सहकारी संस्थाहरूले अचेल पान पसललाई पनि मात गरेका छन् । चोकमा कुनै यस्तो बिल्डिङ भेटिंदैन जसको प्राय: प्रत्येक तल्लामा सहकारी संस्था हुँदैन । एउटै घरमा तीन–चारवटा सहकारी संस्था हुनु आज सामान्य कुरो हो । नाम पनि लोकप्रिय बैंक वा राष्ट्रिय पत्रिका सँग मिलाएर राखिएकोले दुवैको बीच कुनै सम्बन्ध छ कि सोचेर मान्छे एकछिन अलमलमा पर्छ । तर वास्तवमा अरू नाम चलेका संस्थाको नाम मात्र बेचेर मान्छेलाई भ्रममा पारेर सस्तो लोकप्रियता कमाएको देखिन्छ ।
विभिन्न योजना र प्रलोभनबिना खाता खोलाउन सम्भव नभएकोले आफ्नै उज्ज्वल भविष्यको लागि हो भनी बचतका फाइदाहरू देखाएर साथी तथा चिनजान वा नाता भएका मानिसको पकेटमा जबरजस्ती हात हाली खाता खोलाइन्छ । खातामा रकम आउन थालेपछि अरूको कमाई आफ्नै ठानेर कार्यालय सजावट, कम्प्युटर खरिद, एसी जडान, मोटरसाइकल, स्कूटी, कार, ल्यापटप खरिदमा दिल खोलेर खर्च गरिन्छ । कमाइ बढी भयो भने ग्राहकलाई निकै मुनाफा भयो भनी देखाउन खानपान, नास्ता र पिकनिकलगायत हाइफाई, सुविधा, तलब कमिसन तथा सिसिटिभी क्यामरा, कुलर, जेनेरेटर, आदि जडानमा कुनै सम्झौता गरिन्न ।
अचेल त केटी साथीसँग मोजमस्ती गर्न पनि राम्रो थलो बनेका छन् सहकारी संस्थाहरू जहाँ राम्री केटीहरूलाई जागिरमा राखिन्छ, २–३ बजेपछि अफ टाइम भनेर भित्रैबाट ढोका बन्द गरिन्छ र राम्रो टाइमपास गरिन्छ । त्यही कार, मोटरसाइकल र स्कूटीमा घुमाइन्छ । ग्राहकको खातामा जम्मा गर्न सड्ढलन गरिएको रकम आफ्नै कमाइ ठानेर सम्पूर्ण रकम मोजमस्तीमा रित्याएपछि ग्राहकले पैसा झिक्न आएको बेला विभिन्न बहाना बनाई आजको भोलि र भोलिको पर्सि गर्दै “तपाईंको पैसा सुरक्षित छ, खाइदिएका छैनौं” भनी फेरि कुनै अर्कै हेराफेरी गरेर ग्राहकको रकम सेवा दस्तुर कट्टा गरेर किस्ता–किस्तामा भुक्तानी गरिन्छ ।
खाता खोल्दा ध्यान दिनुपर्ने कुरा:
खाता खोल्न साथीभाइ वा कुनै चिनेजानेकै मान्छे नै दैलोमा आएर खाता खोल्नु खोलाइदिनु भन्दा, आफैं समय निकालेर सम्बन्धित ठाउँमा गई राम्ररी सबै कुरा बुझेर मात्र खाता खोल्नु राम्रो मानिन्छ ।
सहकारी संस्था कति पुरानो छ र सेवा सुविस्ता कस्तो छ ? कस्ता मानिसको समूहले खोलेको हो ? सञ्चालकहरू कति पढेलेखेका छन् ? सहकारी संस्थाको कारोबारको क्षेत्र के कति छ ? मुनाफाको नाममा के कति हाइफाइ छ ? प्रत्येक वर्ष अडिटि· भएको छ छैन ? साधारणसभा बसेको छ छैन ? मुखको कुनै भरोसा नहुने हुँदा नियमहरूको लिखित दस्तावेज छ छैन ? खाता खोल्दा, बन्द गर्दा, जम्मा गर्दा, बीचमा रकम झिक्दा, खाता केही महिना निष्क्रिय छाड्दा, कर्जा लिंदा, के कति सेवा वा अन्य शुल्कहरू काटिन्छ ? आदि इत्यादि कुराहरूमा ध्यान पुर्याउनु आवश्यक छ ।
एक रुपियाँको कर्जाको लागि पनि ऋणीलाई सयौंपल्ट फोन गर्न बाँकी नराख्ने वित्तीय संस्थासँग यदि तपाईं आफ्नो खातामा रकम राखेर लामो समयसम्म कारोबार गर्नुभएन भने तपाईं कतै जिउँदोपनि हुनुहुन्छ भनी जान्नका लागि पनि फोन गर्दैनन् । उल्टै कारोबार गर्नुभएन भनी ब्याज रोकिन्छ, एकाउन्ट निष्क्रिय हुन्छ र खातावालालाई जानकारी नै नदिई खाताबाट सुविधाको नाममा अलिअलि रकम पनि कटिराख्या हुन्छ । पहिले त पासबुक अनिवार्य हुन्थ्यो र एकएक रुपियाँको हिसाब त्यसमा लेखिन्थ्यो तर कम्प्युटर प्रणालीबाट स्टेटमेन्ट निकाल्ने प्रचलन बढेपछि खाताबाट कति रुपियाँ कट्टा गरिन्छ पत्तै हुँदैन ।
पोखरास्थित एउटा ऋण तथा सहकारी संस्थामा राखेको पैसा वीरगंजमा त्यही नामको सहकारी संस्थामा त्यसैको शाखा होला भनी पैसा झिक्न जाँदा ग्राहक झसङ हुँदै फर्केको घटना बताउँछन् शिव राई । वीरगंजको लिंकरोडमा पनि त्यही नामको सहकारी संस्था देखेपछि खुशी भएका राई पैसा झिक्न नपाउँदा दु:खी भई फर्के ।
अर्को उदाहरण वीरगंजको लिंकरोड, घण्टाघरमा अवस्थित एउटा कोअपरेटिभ लि. मा रहेको दिपेन्द्रप्रसाद कानूको नाममा रहेको खाताको स्टाटस २–३ वर्षपछि बुझ्न जाँदा ठूलो झट्का लाग्यो । “तपाईंको खातामा रु. ५००० जति छ त्यसैले त्यसमा पैसा छ । कम भएको भए त खाता राखेको बापत अलि–अलि गरी शून्य हुन्थ्यो । किन यति वर्ष कारोबार नगरेको ? ब्याज पनि बढेर आउँथ्यो” भन्ने जबाव पाएँ ।
खाता खोलाउने बेला नाम, थर, नागरिकता, ग्यारेन्टी गर्ने व्यक्ति, फोन, मोबाइल, इमेल, फोटो, नाकनक्शाका साथै बाउबराजेको नामसमेत रेकर्ड राखेर ग्राहककै पैसाले पेट पाल्ने संस्थाले तपाईंको खाताको स्टाटस यस्तो छ, के गर्ने भनी जानकारी गराउन कल गर्न सकेन । कतिपय परिवारमा कसको नाममा कुन बैंक वा सहकारीको कुन खातामा कति रकम छ, आफ्नै परिवारको सदस्यलाई समेत जानकारी नहुन सक्छ । भगवान नगरोस कहीं कुनै खातावालको मृत्यु भयो वा बिर्सियो भने जम्मा भएको पैसा त सहजै पच हुन्छ । किनकि कति दिन खाता निष्क्रिय भयो भनी जानकारी गराउने भन्ने कुनै नियम नै छैन । विवाद गरेर समस्या समाधान नहुने हुँदा अनुरोधको बावजुद पनि कानूले शुल्क कट्टा गराएर खाता बन्द गर्न लगाए ।
परेको बेला सजिलै कर्जा उपलब्ध गराउने भनिएपनि केही महिना अगाडि साँच्चिकै परेको बेला आफूले खाता खोलेको सहकारी संस्थालगायत वीरगंजको कुनै सहकारी संस्था चहार्न बाँकी नराखेको तरपनि कुनैले कर्जा उपलब्ध नगराएपछि रिसाएर वीरगंज नगवाका विजयकुमार साहले विभिन्न ऋण तथा सहकारी संस्थामा आफ्नो नाममा रहेको करिब सातवटा खाता बन्द गर्न जाँदा झनै छानाबाट खसेजस्तो भयो । जब खाता बन्द गर्दा जम्मा गरेको रकमको ५ देखि १० प्रतिशत कट्टागरी मात्र खाता बन्द गर्न सकिने नियम रहेको जानकारी सहकारी संस्थाहरूले गराए ।
ब्याज रकम, अन्य नियम, रकम कट्टा, कर्जा निकासजस्ता कुरामा एकरूपता नहुँदा व्यक्तिको प्रभावमा भरपर्ने कुरा सहजै स्वीकार गर्छन् संस्थाधारीहरू । रकम सड्ढलन गर्न कुनै एजेन्ट आउने खाताभन्दा आफैं रकम जम्मा गर्ने खातामा १–२ प्रतिशत ब्याज बढी दिएको पनि पाइएको छ । यस्तै एकरूपता कायम गर्न सहकारी नियमावली २०४९, सहकारी ऐन २०४८ र सहकारी आचारसंहिता २०६४ को निर्माण गरिएपनि सहकारी संस्थाहरूमा फरक–फरक नियमहरू रहेको पाइन्छ जुन लिखितरूपले कहींपनि भेटिन गार्हो हुन्छ ।
नियमहरूमा एकरूपता नभएकै कारण सेवाको नाममा सेवकहरूले ग्राहकसँग ब्रम्हलुट मचाइरहेका छन् तथा कानुनका निर्माता र रक्षकहरू मुकदर्शक बनी कुनै ठूलै दुर्घटनाको प्रतीक्षामा बसिरहेका छन् जस्तो भान हुन्छ ।
लेखापरीक्षण, साधारणसभा र नियमित अनुगमन नगराउनुमा धेरैजसो सञ्चालकहरूको खोटो नियत स्पष्ट देखिन्छ । सहकारी संस्थाको अध्यक्ष लगायत मुख्य पदमा रहने अरू व्यक्तिको पनि नाम र पद कुनै सूचनापाटीमा वा पम्पलेट आदिमा डरले गर्दा कतै उल्लेख नगर्नुले आफ्ना ग्राहकहरूप्रति इमानदार नरहेको देखिन्छ । सहकारी संस्था लगानीकर्ताहरूका लागि पार्टटाइम जागिर भएको कारण सहकारी संस्थाहरू बन्द हुने, अनुमतिपत्र (लाइसेन्स) बेचेर भाग्ने, ठग्ने समाचारहरू पनि बेला बेलामा आइरहन्छ । अझै कति सञ्चालकहरूले ग्राहकको पैसाबाट ढुकुटी खेलेर ग्राहकलाई सुकिटी बनाइदिएको जनगुनासो बढ्दो छ ।
वीरगंज–१९ निवासी रामनरेश यादवले रानीघाट कुमारी बचत तथा ऋण सहकारी संस्था लि. मा जम्मा गरेको रकम झिक्न जाँदा निकै दौडाएपछि जंगिएर झगडा गर्न जाँदा रु. ३०,७०० को कागज गराई संस्थाको सचिवसँग सहीछाप गराउनुपर्ने अवस्था आएको थियो ।
सहकारी डिभिजनका कर्मचारीहरू आर्थिक प्रलोभनमा आएर नियम कानुनलाई नै लत्याउँदै भगवानको प्रसाद बाँडेजस्तै लाइसेन्स बाँडेर, नियमित अनुगमन नगर्दा सहकारी माफियाहरू गीरबको खुन पसिनाले कमाएको पैसा खेलाउन पल्केका छन् ।