प्रस, वीरगंज, १२ असार/
नेपालमा पहिलोपटक तेस्रो लि·ीहरूले रक्तदान गर्ने भएका छन् । ब्लड डोनर्स एसोसिएसन र रक्तसञ्चार केन्द्र वीरगंजको आह्वानमा आकस्मिक रक्तदान कार्यक्रम अन्तर्गत उनीहरूले रक्तदान गर्ने भएका हुन् । रगतको अभाव भएपछि तेस्रो लि·ीले पनि रक्तदान गर्ने जमर्को गरेका हुन् ।
सहयात्री समाज पर्साका अध्यक्ष रामदेव दास थारूले तेस्रो लि·ीले रक्तदान गर्ने बताए । उनले आगामी शनिवार तेस्रो लि·ीले आकस्मिक रक्तदान गर्ने जानकारी गराएका छन् ।
यसैगरी ग्याँस अधिकृत बिक्रेता सङ्घ पर्साले पनि असार २७ गते आकस्मिक रक्तदान गर्ने ग्याँस बिक्रेता महासङ्घका केन्द्रीय सदस्य गणेशमान श्रेष्ठले बताए । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि वीरगंजका ब्युटिसियनहरूले पनि रक्तदान गर्ने बताएका छन् । उनीहरूले अविलम्ब मिति तय गरेर रक्तदान गर्ने जानकारी दिएका छन् ।
यसैबीच रक्तसञ्चार केन्द्र वीरगंजमा रक्त अभाव भएपछि हालसम्म आठवटा संस्थाले ५०९ युनिट रक्तदान गरेको ब्लड डोनर्स एसोसिएसन पर्साका सदस्य अरविन्द सिंहले बताएका छन् । उनले आकस्मिक रक्तदानमा जिप्रका पर्साले ५१ युनिट, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले ८०, जीतपुर युवा क्लबले ४०, युवा विकास केन्द्र नगरदाहाले ३६, हिमालयन टर्मिनलले ४०, इप्रका सिमराले ७५, वप्रका बिर्ताले १४१, भन्सार एजेन्ट सङ्घले ४६ युनिट रक्तदान सड्ढलन भएको जानकारी दिएका छन् । कानू समाज पर्सा वीरगंजले पनि आफ्नो निर्धारित वार्षिक कार्यक्रम अन्तर्गत ६६ युनिट रक्तदान गरेको छ ।
गर्मीयाममा मासिक ६ सय ५० युनिट रगत खपत रहेको रक्तसञ्चार केन्द्रका प्रमुख प्रवीण मानन्धर बताउँछन् । उनले गत जेठमा ५८३ युनिट रगत सड्ढलन भएको र ६०० युनिट आपूर्ति गरिएको बताउँदै असारमा ६५० युनिट रगत आवश्यक भएको जानकारी गराएका छन् ।