एक समय राज्य र जनताले पुल्पुल्याएर तथाकथित तपस्वी रामबहादुर बमजनलाई बुद्धको अवतार नै स्थापित गरिदियो । उनलाई लिट्ल बुद्ध भनी अन्तर्राष्ट्रिय ख्यातिपनि प्राप्त भयो । हठयोगका केही अभ्यासबाट सामान्य मानिसभन्दा बढी सहनशीलता आर्जन गरेर उनी एक समय सारा दुनियाँलाई चकित बनाउन पनि सफल भए । तर बुद्धको निष्काम तपस्याजस्तो रामबहादुरको तपस्या बन्न सकेन । तपस्याको अर्थ नै हो, एकान्तमा शारीरिक, मानसिक समग्र एकाग्रता प्राप्त गर्नु । भक्तहरूले दर्शन र जयजयकार पनि गरिरहने, तपस्वीले तपस्या पनि गरिरहने कृत्य ढोङ थियो र अन्तत: साबित पनि भयो । बमजनको ढोङ बितेको गढीमाई मेलाका बखत साबित भयो जब गढीमाईमा हुने पशुबलि रोक्न उनले घोषणा गरे तर जनमानसिकता बुझेर दुष्कर कार्य ठानी भागे । त्यसपछि ज·ल पसेका उनले र उनका मतियारहरूले के के चर्तिकला गरे, सबैलाई विदितै भएको कुरा हो । विदेशी महिलालाई बन्धक बनाउनु, आफ्नै बैनीलाई बन्धक बनाएकोमा परिवार उनको प्रतिकूल हुनु, वटवृक्षमा बुद्धत्व प्राप्त गरेका बुद्धको विपरीत ज·लबीच महलहरू खडा गर्नु तपस्वीको कामै थिएन । बमजनका यस्तै–यस्तै थुप्रै दुस्साहस र जनविरोधी क्रियाकलापहरू बढ्दै गएपछि जनआक्रोश पनि बढ्दै गयो र उनले भाग्नुपर्यो ।
कानुन सबैका लागि बराबर हो भन्ने मान्यतालाई हाम्रो प्रशासनले मनन गरेको भए, हुल र भीड जम्मा गरेर कसैलाई ज·लमा बस्नै दिनुहुँदैनथ्यो । तर बमजन भीड जम्मा गरेर ज·लमा बसेनन् मात्र, उनले त झन्डै ८०० हेक्टर (१२०० बिघा) वनक्षेत्र मासेर आफ्ना लागि महल र आवासगृह नै बनाए । यी सबै क्रियाकलाप थाहा पाउँदा–पाउँदै, राज्यको कानुन मिचेको देख्दा–देख्दै प्रशासन चुप लागेर बस्यो र अहिले बमजन भागेपछि के के न गरें भनी देखाउन डोजर लगाएर निर्मित भवनहरू भत्काउन अग्रसर भयो । वन–ज·ल क्षेत्रमा कसैको पनि बसोबास हुनुहुँदैन, त्यहाँसम्मको कुरो त ठीक छ, तर बनेको संरचनालाई भत्काउनै पर्छ भन्ने मानसिकता चाहिं काथरपन हो । काथरपन यस कारणले कि बमजन फर्किआएर फेरि बस्ने हो कि ? हुतिहाराहरू साँप देखेर भाग्छन् र साँप गइसकेपछि उसले हिंडेको बाटोको धर्को लाठीले ठटाउँछन् । यस अर्थमा बारा जिल्लाको प्रशासन र वन कर्मचारीलगायत प्रहरीले काथरपन देखाएको हो भन्दा अत्युक्ति हुने छैन ।
प्रशासनमा आत्मबल हुँदो हो भने उक्त भवनलाई भोलि विकास हुने पर्यटनका लागि संरक्षण गरेर राख्ने थियो । लामो वनक्षेत्रमा गस्ती गर्न अप्ठेरो पर्ने वन कर्मचारीहरूका लागि विश्रामालय बनाई भवनको सुरक्षा गर्ने थियो । बारा जिल्लाको त्रिभुवन राजमार्गभन्दा पूर्व र बकैया खोलाभन्दा पश्चिम र राजमार्ग उत्तरको वनक्षेत्रलाई पर्सा वन्यजन्तु आरक्षमा गाभ्ने सरकारको नीति प्रकाशमा आइसकेको अवस्थामा उक्त भवनले भोलि आरक्षका कर्मचारी वा सेनाको टुकडीलाई बस्ने आवास प्राप्त हुन सक्दथ्यो । तर बारा प्रशासन त आफूलाई रबिनहुड साबित गर्न चाहन्छ । बारा प्रशासन बमजनसँग डराएको होइन भन्ने साबित गर्न बमजनको आवास भत्काउनुभन्दा सजिलो उपाय केही थिएन । यो अलग कुरा हो बमजन छउन्जेल प्रशासनले कहिले कुनै पनि घटनाको छानबिन र कारबाई गर्ने आँट गर्न सकेन । यस अर्थमा बमजनको विशेषतालाई मान्नै पर्छ कि उसले बारा प्रशासनलाई थर्कमान पारेको थियो ।