प्रस, वीरगंज, १२ असार/
लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस आज वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
लागू औषधविरुद्ध दुई वर्षदेखि पर्सा जिल्लामा सक्रिय सानो पाइलाले लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका दिन आज र्याली, कोणसभाको आयोजना गरेको छ । नारायणी उपक्षेत्रीय अस्पतालबाट निस्केको र्याली नगर परिक्रमापछि घण्टाघरमा कोणसभामा परिणत भएको थियो । र्यालीमा नशाबिनाको जीवन अमूल्य हुन्छ, नशा सेवनले सुख हैन दु:ख निम्त्याउँछ, दुव्र्यसन रोग हो अपराध होइन, अमूल्य जीवन लागू औषध सेवन गरेर बर्बाद नगरौं, लागू औषध नखाएर बाँच्न सिकौं र वीरगंजलाई लागू औषधमुक्त शहर बनाऔं’ भन्ने नारा, प्लेकार्डबाट जनचेतना फैलाउने काम भएको थियो ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिप्रका पर्साका प्रहरी निरीक्षक द्वारिका घिमिरे, पत्रकार महासङ्घ, पर्साका सचिव युवराज खड्का, सानो पाइलाका साधुराम खड्गीले लागू औषध दुव्र्यसनबाट मुक्त हुन खासगरी युवा समुदायलाई आग्रह गरेका थिए ।