$type=ticker$count=12$cols=4$cate=0

सहमतिमा बजेट र कृषिको प्राथमिता

SHARE:

- वीरेन्द्रप्रसाद यादव   
सन्तुलित बजेट नै आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधार भएपनि  विगत तीन वर्षदेखि समयमा बजेट नआएर मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको जगजाहेर छ । अर्थतन्त्र धराशायी हुँदा मुलुकको परनिर्भरता बढ्दै गएको छ भने युवा जनशक्ति विदेशिंदै छ । उत्पादन घट्दै छ, माग र महँगीले आकाश छोएको छ । यसको प्रभाव प्रत्यक्षरूपले सर्वसाधारणको जीविकामा परेको छ । जनान्दोलन–२ पछि देशभित्र रोजगारी सिर्जना हुने आम अपेक्षा भएपनि एक दशक नपुग्दै साढे सोर्‍ह लाख युवा विदेश पलाएन भएका छन् । वि.सं. २०१२ र २०१३ लगानी–वर्ष घोषणा भएपनि निजी क्षेत्र निकै निरुत्साहित छ । यो बजेटप्रतिको असंवेदनशीलताकै नतिजा हो ।
    संविधानसभा भ· भएपछि आर्थिक विकास झन् धराशायी हुने अवस्था देखिंदै छ । जुन एकदमै दुर्भाग्यपूर्ण कुरा हो ।  संविधानसभा र संसद्को अवशानपछि सामान्य किसिमले बजेट पारित गर्ने निकायको अभाव त छँदैछ, पछिल्लो समयमा बजेट सम्बन्धी बढ्दो विवादले झन् जटिलता बढाएको छ । ब्रजीलबाट फर्केपछि प्रमले दिएको अभिव्यक्तिले सहमतिको बजेट सड्ढटमा धकेलिएको छ भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबीचपनि दूरी बढ्ने निश्चित देखिएको छ । प्रधानमन्त्री डा. भट्टराईको अर्को निर्वाचित सरकारबाहेक कसैलाई सत्ता नसुम्पने बालहठले सहमतिको वातावरणमात्र बिथोलिएको छैन, निर्वाचित सरकारमा पनि निरङ्कुशताको झनक देखाएको छ । मुलुकमा संसद् नभएको बखत प्रधानमन्त्रीले यस्तो दाबी गर्नु सहमति–मैत्री धारणा होइन । संसद् नभएको बखत सरकारको सिफारिसमा अध्यादेशमार्फत राष्ट्रपतिले बजेट जारी गर्ने हो तर यी दुईबीच मनोमालिन्य बढयो भने झिनो आशा पनि सखाप हुन्छ ।
    सरकारको समर्थकभन्दा बढी सरकारको विरोधमा छन् । प्राय: विरोधीले अध्यादेशमार्फत् बजेट नल्याउन चेतावनी दिइरहेकै बेला प्रमको राजीनामा नदिने अभिव्यक्तिले विरोधीहरूलाई झन् सशड्ढित बनाएको छ । यस अवस्थामा सरकारले चाहेर पनि एक्लै अगाडि बढ्न मुश्किल छ । अध्यादेशमार्फत् बजेट ल्याउने तयारी सरकारले गरेपनि राष्ट्रपतिले सहमतिमैं बजेट ल्याउन सड्ढेत दिइरहेका छन् । सहमतिमा नआएको बजेटमा राष्ट्रपति कार्यालयबाट कुनै अवरोध उत्पन्न भयो भने समस्या जटिल बन्छ । बजेट आएन भने अन्य दलको पनि अस्तित्व रहँदैन । यसर्थ बजेट सबैको निम्ति अपरिहार्य भएकोले सबै सकारात्मक हुनैपर्छ र सहमतिमैं बजेट ल्याउन सरकार अगाडि बढ्नुपर्छ । सहमतिको लागि आफ्नो वैधानिक आधारको दाबी गर्नुभन्दा सहमतिको मार्ग फराकिलो गर्न सक्नुपर्छ । राजा ज्ञानेन्द्र जस्तो सबैभन्दा आफैंलाई राम्रो ठान्ने मानसिकता सरकारले त्याग्नुपर्छ । सफल र सक्षम त कोही पनि छैन तर नेपाली जनतासँग अर्को विकल्प पनि छैन । लोग्ने खराबै भएपनि फेर्न नसकिने बाध्यता जस्तै लोकतन्त्रप्रेमीहरू दलहरूको विकल्प किमार्थ सोच्दैनन् । बरु सुधार गराउन दबाब दिन सक्छन् । यसर्थ नेपाली जनताको सुधारात्मक दबाब नपरोस् भन्ने सोचेर सबैले पहिले नै सच्चिन सक्नुपर्छ । सहमतिमा बजेट ल्याउन सरकार र विपक्षी दलहरू लचिलो बन्नै पर्छ । नेपालको बिग्रँदो अर्थतन्त्र सुधार गर्ने एक महत्त्वपूर्ण साधन कृषि रहेकोले आगामी बजेटले कृषि विकासलाई केन्द्रमा राखेर बजेट ल्याउनु आवश्यक छ ।
    कृषि व्यवसायको उपेक्षा गरेसम्म देश र जनताको आर्थिक उन्नति र प्रगति सम्भव छैन । नेपालमा द्रुत गतिमा आर्थिक सबलता ल्याउन कृषिलाई प्रोत्साहित गरियो भने मुलुकको समृद्धि सम्भव छ । विश्वमैं खाद्यान्न सड्ढट चुलिएको बेला झन् यसको महत्त्व बढेको छ । खाद्यान्नको अत्यधिक उत्पादन भयो भने अन्तर्राष्ट्रिय बजार पाउने अवस्था छ भने आफ्नै मुलुकमा बेरोजगारी, भोकमरी, खाद्यान्न अभावको समस्या समाधान गर्न सक्छ । कृषि उत्पादन निर्यात गरियो भने अर्थतन्त्रमा निकै टेवा पुग्न सक्छ । मुलुक आर्थिकरूपले पछाडि पर्नुमा कृषि पेशाको उपेक्षा कारक हो । मुलुक कृषिप्रधान देश भएको र कृषिको प्रचुर सम्भावना भएपनि कृषिमैत्री बजेट खासै आउन सकेको छैन । जहिलेपनि कृषि चौथो–पाँचौं प्राथमिकतामा रहने गरेको छ ।  सातौं पञ्चवर्षीय योजनासम्म कृषिलाई प्राथमिकतामा राखिएपनि त्यसपछि प्राथमिकतामा पनि राख्न छाडिएको छ । दुई–तिहाई जनता आश्रित कृषि क्षेत्रका निम्ति बजेटमा चार प्रतिशत भन्दा बढी रकम कहिल्यै विनियोजन भएको देखिएन । सरकारले नेपाल सुहाउँदो कृषि वैज्ञानिक उत्पादन गर्ने बजेट ल्याएको छ, न खादमल उत्पादनमा कुनै चासो देखाएको छ ।
    नेपालको हावापानी सुहाउँदो नयाँ बीउ–बिजन, सीप तथा प्रविधि भित्र्याउन पनि बजेट निर्माताको ध्यान जान सकेको छैन ।  रासायनिक मलको उत्पादन त हुन सकेको छैन नै, कृषिमा प्रयोग हुँदै आएको प्रा·ारिक मलको पनि सहज आपूर्तितर्फ खासै ध्यान दिइएको छैन । करिब ३५ प्रतिशत जिडिपिको हिस्सा कृषिले ओगटेको छ । प्राय: घर परिवारको अन्तिम सहारा नै कृषि हो तरपनि कृषिमा आश्रित कुनै कृषकलाई सम्मान गरेर उत्साहित गर्न सकिएको छैन । उल्टै कृषकलाई अनपढ, गवाँर, हरुवाचरुवा गोठाला भनी निम्नस्तरका नागरिकको रूपमा हेला गरिन्छ । यसले गर्दा पनि नेपालको कृषि धराशायी बन्दै गएको छ । यसले नागरिक कृषि पेशाबाट पलायन हुँदैछ । सामान्य पढेलेखाको व्यक्ति कृषिकर्ममा जान चाहँदैन । यसले वैज्ञानिक कृषिमा ठूलो अवरोध उत्पन्न हुँदैछ । शिक्षित जनशक्ति कृषिमैत्री भएन भने वैज्ञानिक पद्धतिले कृषि हुने सम्भावना नै छैन । सय वर्षअघि नेपालमा पहिलो जनगणना हुँदा कुल जनसङ्ख्या करिब ५६ लाख थियो । अहिले पौने तीन करोड भइसक्यो । त्यस बेला पनि उत्तिकै जग्गामा परम्परागत ढ·ले कृषि हुन्थ्यो भने अहिले पनि उही परम्परागत ढर्राले  हुँदैछ । कृषिमा भार बढेपनि उत्पादन बढाउनेतर्फ वैज्ञानिक पहल भएको देखिन्न । बरु त्यसबेला पर्याप्त मात्रामा पशुपालन भएर मलको आपूर्ति हुन्थ्यो तर यतिखेर पशुपालन छोड्दा मलको पनि अभाव छ ।
    सिंचाइ समस्या पहिलेभन्दा यतिखेर बढी छ । पहिले नहर, बोरिङ, बाँध, पैनीले सिंचाइ हुन्थ्यो भने यतिखेर नहर अतिक्रमण भएको छ भने बाँध–पैनी बनाउन पनि किसान सरकारमुखी भएको छ । सरकारी बोरिङ समाप्त हुँदै गएको छ । अकासे पानीको भरमा त्यसबेला पनि खेती हुन्थ्यो अहिले पनि त्यसैको भर छ । मुलुकलाई बर्सेनि पाँच लाख मेट्रिक टन रासायनिक मल आवश्यक भएपनि एक लाखसम्म मात्र आयात गर्न सकिएको छ । वितरण गरिने रासायनिक मल पनि बेला बितेपछि वितरण हुन्छ । युरिया चाहिएको बखतमा डिएपी दिइन्छ भने डिएपी चाहिएको बखत युरिया । अनुगमन र कृषि वैज्ञानिकको पनि अभाव उत्तिकै छ । यद्यपि कृषि वैज्ञानिक मुलुकले उत्पादन नगरेको होइन । रामपुर कृषि क्याम्पसले मात्र अहिलेसम्म ७ हजार कृषि वैज्ञानिक उत्पादन गरेको तथ्याड्ढ देखिन्छ । मुलुकभरि चार हजार मात्र गाविसहरू भएकोमा एक–एकजना एउटा गाविसमा कृषि वैज्ञानिक खटाइने हो भने पनि बढी हुन्छ तर मुलुकभरि नै कृषि वैज्ञानिकको अभाव छ । कृषि मन्त्रालयले १४ हजार कृषि प्राविधिक राखेको तथ्याड्ढ छ तर ती प्राविधिकहरूले कृषकलाई सहयोग गरेको पाइन्न । कलेजले उत्पादन गरेका वैज्ञानिक प्राय: विदेश जान्छन् । उनीहरू विदेश जानुको प्रमुख कारण नेपालमा दिइने शिक्षा नै नेपालको माटो सुहाउँदो छैन । युरोपको माटो सुहाउँदो छ । नेपालमा कृषि वैज्ञानिकको शिक्षा लिनु विदेश जान निहित देखिएको छ । कृषि क्याम्पस छेउछाउको गाउँमा सहयोग पुर्‍याउन सकिएको छैन भने मुलुकभरि कसरी पुर्‍याउन सकिएला ? चौध हजार प्राविधिक भएर पनि कृषकलाई उचित सलाह तथा सीप समयमा सिकाउन नसक्नु सरकारी अनुगमनको अभाव भन्न सकिन्छ । यस्ता कमजोरी सच्याउन बजेटमा भरपूर रकम विनियोजन नगरी हुन्न । हामीकहाँ कृषि बजारको अभाव त छँदैछ, कृषि उत्पादनको उचित मूल्य निर्धारण पनि  छैन । जसले गर्दा धान उत्पादकले बीस रुपियाँ किलो बेचेपनि उसैले साठी रुपियाँ प्रतिकिलो चामल खरिद गर्नुपर्छ । चालीस रुपियाँको मार्जिन कसले पाउँछ ? न सरकारले लिन्छ न उत्पादकले पाउँछ । महँगी नियन्त्रण र प्रभावकारी अनुगमन हुन नसक्दा उत्पादक हतोत्साहित त भएकै छन् उपभोक्ता पनि अप्रत्याशित महँगीको मार खेप्न बाध्य छ । कृषिको लागि आवश्यक मल उत्पादन गर्न ऊर्जाको कमी रहेको बताइन्छ । करिब सय मेघावाट बिजुली बढी उत्पादन गरियो भने रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । यस्ता कुरातर्फ कसैको ध्यान जाँदैन । नेपालमा कृषिलाई अगाडि बढाउन नेपालको कृषिमा काम लाग्ने वैज्ञानिक उत्पादन गर्नुपर्छ भने पाठयक्रम पनि त्यही अनुसार तयार गर्नुपर्छ । रासायनिक मल उत्पादन गर्न नसके प्रा·ारिक मल उत्पादन निम्ति पशुपालनतर्फ विशेष ध्यान दिनुपर्छ । कमसेकम दश प्रतिशत बजेट कृषिको निम्ति छुटयाउनुका साथै कृषकलाई बर्सेनि राज्यद्वारा सम्मान गर्ने परिपाटी बसाल्नुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सहमतिमा बजेट र कृषिको प्राथमिता
सहमतिमा बजेट र कृषिको प्राथमिता
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/06/blog-post_1086.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/06/blog-post_1086.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy