Posts

Showing posts from June, 2012

नवौं धान दिवस विविध कार्यक्रमका साथ सम्पन्न कृषकहरू रमाउन सकेनन्

Image
प्रस, वीरगंज, १५ असार/     असार १५ को उपलक्ष्यमा कृषि विकास कार्यालय पर्सा र जय अम्बे महिला सहकारी कार्यालय चोर्नीको संयुक्त आयोजनामा आज नवौं धान दिवस कार्यक्रम आयोजना गरियो ।     चोर्नी गाविस–८ बदन नगरमा धुमधामसाथ आयोजित धान दिवस समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, बरखगणका प्रमुख सेनानी धनबहादुर थापा, कृषि विकास कार्यालयका प्रमुख विजयकुमार श्रीवास्तव, डिभिजन सहकारी कार्यालय प्रमुख दुर्गा जयसवाल, जिल्लास्थित सङ्घसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।      सो अवसरमा स्थानीय कृषक डा. रवीन्द्र सिंहको खेतमा रोपाइँ गरी सहभागीहरूले हिलो खेल्दै धान दिवस मनाएका थिए ।

संस्थागत विद्यालयहरूद्वारा ऐन नियम विपरीत शुल्क असुली

सुषमा शर्मा, १५ असार/     शिक्षा ऐन तथा शिक्षा नियमावली विपरीत वीरगंजका संस्थागत विद्यालयहरू मनमर्जी शुल्क असुल गरिरहेका छन् ।     वीरगंज नगर क्षेत्रमा वर्षे च्याउझैं खुलेका संस्थागत विद्यालयहरू गल्ली–गल्लीमा देख्न पाइन्छ । यस्ता विद्यालयहरूमध्ये केही पुराना नाम चलेका छन् भने केही हालसालै खोलेर सञ्चालनमा आएका पनि छन् । पुराना नाम चलेका हुन् या नयाँ खुलेका विद्यालय कसैले पनि शिक्षा ऐन तथा नियमावलीको पालना गरेको देखिंदैन ।     शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार  महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चलान हुने विद्यालयका लागि शुल्कको मापदण्ड तोकिएको छ । यसरी तोकिएको मापदण्ड अनुसार प्राविलाई मासिक शुल्क ५०० रुपियाँभन्दा बढी लिन पाइँदैन । त्यसैगरी निमाविलाई अधिकतम ६०० र मावि तहलाई अधिकतम ७०० रुपियाँ तोकिएको छ ।     वीरगंजमा नाम चलेका कादम्बरी, गौतमलगायत विद्यालयहरूले पनि ऐन नियममा तोकिएभन्दा बढी मासिक शुल्क असुल गरिरहेका छन् ।     विद्यालयलाई श्रेणीमा छुटयाइएको छ भने ‘ख’ श्रेणीमा रहेका विद्यालयले उल्लिखित शुल्कमा २५ प्रतिशत बढाउन पाउनेछन् । ‘क’ श्रेणीले ५० प्रतिशत सम्

ब्राह्मण, चोर र ब्रह्मपिशाच

Image
- उमाशड्ढर द्विवेदी कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता विलासी सामग्रीको उपभोग गर्न पाएका थिएनन् । उनका दार्‍ही, जुँगा, कपाल तथा नङ सधैं बढेका हुन्थे । गर्मी, वर्षात् तथा जाडोको प्रचण्ड मारले उनको शरीर सुकेर हाडको ढाँचाजस्तो देखिन्थ्यो । ब्राह्मणको यस प्रकारको दीनता देखेर उनका कुनै दयालु जजमानले ठूलो कृपा गरेर दुईटा बाच्छा दान दिएक ा थिए । ब्राह्मणले ठूलो मनोयोग तथा परिश्रमका साथ घाँस, पिना, दाना आदि सामग्रीहरू ख्वाएर बाच्छाहरूलाई सानै उमेरदेखि पालेर हृष्टपुष्ट पारेका थिए । अब बाच्छाहरू मूल्यवान बलिष्ठ गोरु बनिसकेका थिए । व्यापारीलाई महँगो मोलमा बेचेर राम्रो पैसा पाउने आशमा ब्राह्मणदेव पर्खिबसेका थिए ।     ब्राह्मणदेवका दुवै गोरुलाई देखेर एउटा चोर दुवै गोरु चोर्ने दाउमा बसेको थियो । एक दिन रात्रिकालमा गोरुहरू चोर्ने उद्देश्यले त्यो चोर लौरो, दाम्लो लिएर विस्तारै ब्राह्मणको घरतिर जाँदै थियो

वास्तु र ज्योतिषको अन्तर्सम्बन्ध

- ज्यो. पं. छविरमण सुवेदी    आवासमा पर्ने अव्यक्त, अदृश्य ब्रह्माण्डीय शक्तिद्वारा मानवलाई सर्वाधिक लाभ पुगोस् भन्ने हेतुले प्राचीन महर्षिहरूले वास्तुशास्त्रलाई स्थापित गर्नुभयो । जुन शास्त्रलाई भवन निर्माण कला भन्ने गरिन्छ । ज्योतिष एवं वास्तुशास्त्र प्राचीनतम, अनुभव सिद्ध हाम्रा पूर्वीय ऋषि, महर्षिद्वारा प्रतिपादित ज्ञानभण्डार हुन् । मानव र घरबीच जुन सम्बन्ध छ, ज्योतिष र वास्तुशास्त्रबीच पनि त्यही अन्योन्याश्रित सम्बन्ध रहेको छ । वास्तु एवं ज्योतिष शास्त्रको उपेक्षा गर्नेहरू शारीरिक, मानसिक एवं भौतिक धन सम्पतिप्रति सदैव चिन्तित जीवनयापन गर्नुपर्छ । ज्योतिष एवं वास्तुशास्त्रको अनुसरण गर्नाले स्वास्थ्य, मानसिक शान्ति, सफलता सुख समृद्धि पाउन सकिन्छ भने आफ्नो जीवनमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ ।     सबैभन्दा प्राचीन  ग्रन्थ ऋग्वेदमा वास्तुको पहिलो प्रयोग पाइन्छ । वैदिककालमा पनि वास्तुशास्त्रको प्रयोग भएको देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रूपमा ‘त्वष्टा’ को उल्लेख पाइन्छ । अन्य शास्त्रीय मतमा मयदानव, देवल ऋषिहरू, नारद आदि वास्तुविद्हरूले यो परम्परालाई निरन्तरता दिएको पाइन

कीर्ति सिनेमा हल

Image
- विश्वराज अधिकारी राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु  जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको  वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज ।  भौतिकरूपमा होइन, काल्पनिकरूपमा । म, समयको चक्र  उल्टो घुमाएर तपाईंलाई चालीस  पैंतालीस वर्ष पहिलेको वीरगंजमा लग्दैछु ।     हामी चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज पुग्यौं । अहिले हामी पावर हाउसमा छौं । आउनुस् पहिले म तपाईंलाई तेजारथ टोल लग्छु । तेजारथ टोल अगाडिको यो सडक, यहाँ तपाईं रिक्सा पाउन त सक्नुहुन्छ तर जुन बेला पनि  भने होइन । वीरगंज चीनी कारखाना र कृषि औजार कारखानाका  कर्मचारीहरू वा अन्यले त्यता  लगेका रिक्साहरू खाली फर्केका छन् भने मात्र रिक्सा पाउन सक्नुहुन्छ । अथवा कुनै रिक्सा, त्यतिकै तेजारथ टोल अगाडिको यो सडकमा कोही चढ्ने मान्छे कुरेर बसेको छ भने, मात्र ।     हामी रिक्सा नचढौं । हिंडेर नै जाउँ,  मुडली (मुर्ली) चोकतिर । तपाईंलाई थाहा छैन होला, तेजारथ टोल वा श्रीपुर वा मुडलीका बासिन्दाहरू वीरगंज जाउँ भन्छन् कि

नेपालका आदिवासीहरू

- सुशील मुडभरी कतिको सोच छ कि पिछडिएकाहरुलाई नै आदिसावी भन्नुपर्छ, त्यस भनाइको खढडन गर्दै स्व. जनकलाल लेख्नुहुन्छ–अविकसित हुनु नै आदिवासीको लक्षण भने होइन । विकसित भएर पनि आदिवासी हुन सक्दछ । सामाजिक र सांस्कृतिक इतिहासमा योगदान दिन कुनै एउटा व्यक्ति वा समूहले मात्र सक्दैन । त्यसका लागि सामूहिक प्रयास हुनुपर्दछ र भएको पनि छ । मेचीदेखि महाकालीसम्मको जनताको सामूहिक स्वार्थ नै नेपाली संस्कृति हो । यसको निर्माणमा सबै समुदायको समान हात छ ।     डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल सम्पादित जनकलालको प्रबन्ध भन्ने पुस्तकको दुई शब्दमा सत्यमोहन जोशी लेख्नुहुन्छ–स्वं जनकलाल शर्माmे लेखेर जानुभएको प्रबन्धहरको बृहत् सँगालो वास्तवमा भन्ने हो भने नेपाल राष्ट्रकै एक अमूल्य सांस्कृतिक सम्पदा भएको छ । उहाँले नेपालका पुरातात्त्विक, ऐतिहासिक, दार्शनिक, सांस्कृतिक पक्षमा अध्ययन, अन्वेषण र अनुसन्धान गर्नुभएका विषयहरु चिन्तनात्मक र वैज्ञानिक छ ।... उहाँका रचनाहरु अध्ययनार्थी, शोधार्थी र जिज्ञासुहरुका लाग पठनीय र अनुकरणीय छ ।     उक्त प्रबन्धमा जनकलालजी अगाडि लेख्नुहुन्छ–संस्कृतिको तुलना अस्ट्रेलियाको छेउ

आत्महत्याको कारण र रोकथाम

Image
– डा. रवीन्द्रकुमार ठाकुर     आत्महत्याको इच्छा र आत्महत्या जनमासनमा आजभोलि आम कुरा भइसकेको छ । संसारभरिमा प्रतिमिनेट एकजना मान्छेले आत्महत्या गर्छ । विश्व स्वास्थ्य सङ्घको सन् २००० को आँकडा अनुसार प्रतिएक लाख मान्छेमा १६ जनाले आत्महत्या गर्छन् । केही दिन पहिले बिबिसीद्वारा प्रसारित समाचारअनुसार छिमेकी मुलुक भारतमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो र संसारको दोस्रो ठूलो आत्महत्या गर्ने देश पनि भारत हो । सन् २०१० मा भारतमा १ लाख ९० हजार मान्छेले आत्महत्या गरेका थिए । हाम्रो देश नेपालमा पनि यसपालि एसएलसीको नतिजा प्रकाशनपश्चात् केही किशोरकिशोरीले आत्महत्याको प्रयास र आत्महत्या गरेको समाचार ताजै छ । यसप्रकार हामी के देख्दछौं भने आत्महत्या गर्ने मान्छेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ र यो एक प्रकारको जनस्वास्थ्य समस्याको रूपमा विकसित भइरहेको छ । आत्महत्याबाट संसारको धनी वा गरिब कुनै पनि देश अछुतो छैन । यसले जाति, धर्म, समाजको सीमा नाघिसकेको छ । एक बुद्धिजीवीको नाताले मान्छे आत्महत्या किन गर्छ र यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे सोच्नु र जान्नु नितान्त जरुरी छ । आज म आत्मह

गुणस्तरीय शिक्षाको लागि शिक्षकमैत्री विद्यालय प्रशासन

Image
- बैद्यनाथ ठाकुर    प्रवेशिका परीक्षा २०६८ को नतिजासँगै नेपालको शिक्षानीति तथा परीक्षा प्रणाली सर्वत्र चर्चा, चिन्ता तथा चासोको विषय बन्न गएको छ । यतिखेरको अध्ययन–अध्यापन तथा शिक्षानीति र परीक्षाप्रणालीबारे चासो साउन, भदौ महिनामा आउने बाढीले प्रत्येक वर्ष बगाएर लैजाने गरेजस्तै यस वर्ष पनि नबगाओस् । शिक्षानीति र परीक्षा प्रणालीमा आजको आवश्यकता सम्बोधन हुनेगरी संशोधन होस् जसले गर्दा २०६९ सालको प्रवेशिका परीक्षाको नतिजा प्रकाशन गर्दा फेरि यस्तै टीकाटिप्पणी र आलोचना सुन्न नपरोस् ।     शिक्षानीति र परीक्षा प्रणालीमा जेजस्तो सुधार वा परिवर्तन गरिए तापनि त्यसलाई लागू गर्ने सरोकारवालाहरूको सोच, व्यवहार र चरित्र परिवर्तन भएन भने राम्रै नीति पनि असफल नहोला भन्न सकिन्न । शिक्षा क्षेत्रमा एउटा महत्त्वपूर्ण कडी हो शिक्षक । शिक्षा नीति र परीक्षा प्रणाली लागू गर्ने सबल पक्ष नै शिक्षक हो । त्यसैले शिक्षकको वर्तमान अवस्था कस्तो छ र कस्तो हुनुपर्दछ भन्नेबारे पनि छलफल हुन जरुरी छ ।     २०२८ सालमा ल्याइदिएको शिक्षानीति अनुसारको विद्यालय प्रशासनमा अझै पनि खासै सुधार भएको देखिंदैन । विद्यालयमा सहज वातावर

भत्काउनुपनि गलत

    एक समय राज्य र जनताले पुल्पुल्याएर तथाकथित तपस्वी रामबहादुर बमजनलाई बुद्धको अवतार नै स्थापित गरिदियो । उनलाई लिट्ल बुद्ध भनी अन्तर्राष्ट्रिय ख्यातिपनि प्राप्त भयो । हठयोगका केही अभ्यासबाट सामान्य मानिसभन्दा बढी सहनशीलता आर्जन गरेर उनी एक समय सारा दुनियाँलाई चकित बनाउन पनि सफल भए । तर बुद्धको निष्काम तपस्याजस्तो रामबहादुरको तपस्या बन्न सकेन । तपस्याको अर्थ नै हो, एकान्तमा शारीरिक, मानसिक समग्र एकाग्रता प्राप्त गर्नु । भक्तहरूले दर्शन र जयजयकार पनि गरिरहने, तपस्वीले तपस्या पनि गरिरहने कृत्य ढोङ थियो र अन्तत: साबित पनि भयो । बमजनको ढोङ बितेको गढीमाई मेलाका बखत साबित भयो जब गढीमाईमा हुने पशुबलि रोक्न उनले घोषणा गरे तर जनमानसिकता बुझेर दुष्कर कार्य ठानी भागे । त्यसपछि ज·ल पसेका उनले र उनका मतियारहरूले के के चर्तिकला गरे, सबैलाई विदितै भएको कुरा हो । विदेशी महिलालाई बन्धक बनाउनु, आफ्नै बैनीलाई बन्धक बनाएकोमा परिवार उनको प्रतिकूल हुनु, वटवृक्षमा बुद्धत्व प्राप्त गरेका बुद्धको विपरीत ज·लबीच महलहरू खडा गर्नु तपस्वीको कामै थिएन । बमजनका यस्तै–यस्तै थुप्रै दुस्साहस र जनविरोधी क्रियाकलापहरू बढ

अतिक्रमित जग्गामा बनाइएको क्राउन प्लाजामा तोडफोड सुरु इनरबाइपासमा पनि चाँडै कारबाई हुन्छ: कार्यकारी अधिकृत

Image
प्रस, वीरगंज, १४ असार/     सार्वजनिक अतिक्रमणविरुद्ध   वीरगंज उपमहानगरपालिका कार्यालय समेतले चलाएको अभियान अन्तर्गत आज वीरगंज मेनरोडस्थित होटल क्राउन प्लाजा तोडफोड शुरु भएको छ । होटल क्राउन प्लाजाले पुनरावेदनमा दिएको निषेधाज्ञा खारेज भएपछि आज सो होटलले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गराउने काम शुरु भएको हो । वीउमनपाले सार्वजनिक अतिक्रमित जग्गा खाली गराउन यसअघि होटल क्राउन प्लाजालाई बारम्बार ताकेता गर्दै आइरहेकोमा पुनरावेदनबाट अन्तरिम आदेश गराएको थियो । पुनरावेदनले अन्तरिम आदेश जारी गरेपनि निषेधाज्ञा आदेश जारी गर्नु नपर्ने गरी हिजो निर्णय गरेपछि आज वीउमनपाका, जिल्ला प्रहरी कार्यालय, ट्राफिक र सामुदायिक सेवा केन्द्रको संलग्नतामा तोडफोड शुरु भएको हो ।

हलखोरियामा निर्मित एक दर्जन भौतिक संरचना नष्ट तपस्वी बमजन अझै फर्केनन्

Image
प्रस, निजगढ, १४ असार/     तपस्वी भनिएका बारा रतनपुरी–५ बुङजोरका रामबहादुर बमजनको नाममा वन क्षेत्र कब्जा गरी बनाइएका एक दर्जन कच्ची, पक्की भवन र टहरा बिहीवार भत्काइएको छ । वर्षौदेखि तपस्याको नाममा हलखोरिया वन क्षेत्र कब्जामा लिएको जनाउँदै वन ऐनविपरीत निर्माण गरिएका पक्की भवन, टहरा, तारबार भत्काइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।     चारकोसे झाडीबीच घना ज·ललाई नियन्त्रणमा लिएकै कारण तपस्वी रामबहादुर बमजन हटेपछि सो वन क्षेत्र अतिक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै वन क्षेत्रभित्र बनाइएका भौतिक संरचना नष्ट गरिएको जिल्ला वन कार्यालय बाराका प्रमुख रामानन्द साहले बताएका छन् ।     प्रहरी प्रशासन, सशस्त्र वनरक्षक, जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोलीले तपस्यास्थल वरपर निर्माण गरिएको लगभग १६ कोठे, तीनतल्ले पक्की भवनसहित १० वटा भवन–टहरा स्काभेटरको प्रयोग गरी भत्काएको छ । जिल्ला वन कार्यालय बाराको सक्रियतामा दुई साताअघि केही काठपात, फर्निचर नियन्त्रणमा लिएपनि बाँकी सामान रतनपुरी गाविसका स्थानीय बासिन्दाले लगेको बुझिएको छ ।     तपस्वीले वर्षौदेखि कब्जा जमाउँदै नियन्त्रणमा लिएको वन क्षेत्र जि

सिन्दूर हाल्ने बेला बेहुला अचेत भएपछि खर्च असुल गरी विवाह स्थगित

प्रस, वीरगंज १४ असार/     पर्सा जिल्लाको ल·डी गाविसमा हिजो एक विवाह समारोहमा सिन्दूर हाल्ने बेला बेहुला बेहोश भएपछि विवाह तोडिएको छ । समाचार स्रोतका अनुसार हिजो भारत, बेतिया पथरीघाटबाट बिहे गर्न आएका बेहुला सिन्दूर हाल्ने बेला अचेत भएको विषयलाई लिएर बेहुली पक्षले नानाथरीको आशड्ढा गर्दै विवाह रोकेपछि जन्ती रित्तो हात फर्कनुपर्‍यो ।     बेहुलीलाई सिन्दूर हाल्ने अन्तिम विधिको बेला बेहुला अचेत भएपछि बेहुली पक्षले छारेरोगको आशड्ढा गर्दै विवाह स्थगित मात्र गरेनन्, विवाह आयोजनमा लागेको सम्पूर्ण खर्च बेहुला पक्षसँग लिएर फिर्ता पठाए ।

अब साँच्चिकै मजदुरहरूको हितमा काम गर्नुहोस्

Image
- विश्वराज अधिकारी    नेपालमा उपलब्ध भूमिको हिसाबले मानिसको बसोबास तुलनात्मकरूपमा निकै धेरै छ । यसैगरी मुलुकमा एकातिर कृषियोग्य भूमिको अभाव छ भने अर्कोतिर कृषि क्षेत्रले नै जनसङ्ख्याको ठूलो हिस्सालाई अन्न र रोजगारी दिनुपर्ने बाध्यता छ । समस्या यतिमा मात्र सीमित छैन । कृषिका लागि ज्यादै उपयुक्त समतल भूमि (तराई)कुल उपलब्ध भूमिको केवल १७ प्रतिशत जति छ । तर यो समतल भूमिमा जनघनत्व बढ्दै गएर कृषियोग्य भूमि अतिक्रमित हुँदैछ, बारी र खेत घर–घडेरीमा रूपान्तरित हुँदैछ । यो समस्याले भोलिका दिनमा राष्ट्रिय कृषि उत्पादन क्रमिकरूपमा कम हुँदै जानेमा दुई मत हुन सक्तैन ।     नेपालमा कृषियोग्य  भूमिको अभाव रहेको कारण उब्जाउ जमिनको व्यवस्थापन ज्यादै व्यावहारिक किसिमले गर्नुपर्ने देखिन्छ । रोजगारीका लागि कृषि क्षेत्रमाथिको अति निर्भरता कम पार्दै लग्न जरुरी छ । तर त्यस्तो गर्न सकिएको छैन । उद्योगको यथेष्ट विकास तथा विस्तार गरेर कृषि क्षेत्रमाथिको अति निर्भरता कम पार्न सकिएको छैन । हुन त पञ्चायत कालमा, विदेशी सहयोगबाट नै भएपनि विभिन्न किसिमका उद्योग (जचुका, वीचिका, कृषि औजार कारखाना, हेटौंडा कपडा उद्योग,

प्रमुख प्राथमिकता आर्थिक एजेन्डा

-   शीतलप्रसाद महतो   विश्वकै बृहत् प्रजातान्त्रिक मुलुक भारत र साम्यवादी सिद्धान्त अँगालेको मुलुक चीनको आर्थिक प्रगति विश्वकै लागि उदाहरण बनेको छ । यी दुवै छिमेकी मुलुक सन् २०२० मा विश्वको पहिलो तथा तेस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने दौडमा लागेका छन् । आर्थिक उदारीकरणको नीति अवलम्बन गरेपछि वैदेशिक लगानी भित्रियो र भारत अहिले विश्वमैं आर्थिक समृद्धि हासिल गरेको मुलुक भनेर चिनिन्छ । भारतले केही वर्ष यता ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ भने अर्को छिमेकी मुलुक चीनले विगत तीन दशकदेखि औसत ९ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । तर यी दुई ठूला र समृद्ध छिमेकीबीच रहेर पनि प्राकृतिक स्रोत साधनको धनी देश नेपाल झन्–झन् गरिब बन्दै गएको छ । नेपालको आर्थिक वृद्धिदर हेर्ने हो भने विगत पाँच वर्षमा औसत ४ प्रतिशतभन्दा पनि कम रहेको पाइन्छ ।     सम्भवत: विश्वमा नेपाल एउटा मात्र यस्तो देश हो, जोसँग आर्थिक उन्नतिका प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँको अधिंकाश जनता दु:खी छ र मुलुक गरिबतममध्ये एक । नेपालको जलवायु, भूबनोट र प्राकृतिक स्रोत सबै नेपालीलाई समृद्ध बनाउन सक्षम

सहमतिमा बजेट र कृषिको प्राथमिता

- वीरेन्द्रप्रसाद यादव    सन्तुलित बजेट नै आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधार भएपनि  विगत तीन वर्षदेखि समयमा बजेट नआएर मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको जगजाहेर छ । अर्थतन्त्र धराशायी हुँदा मुलुकको परनिर्भरता बढ्दै गएको छ भने युवा जनशक्ति विदेशिंदै छ । उत्पादन घट्दै छ, माग र महँगीले आकाश छोएको छ । यसको प्रभाव प्रत्यक्षरूपले सर्वसाधारणको जीविकामा परेको छ । जनान्दोलन–२ पछि देशभित्र रोजगारी सिर्जना हुने आम अपेक्षा भएपनि एक दशक नपुग्दै साढे सोर्‍ह लाख युवा विदेश पलाएन भएका छन् । वि.सं. २०१२ र २०१३ लगानी–वर्ष घोषणा भएपनि निजी क्षेत्र निकै निरुत्साहित छ । यो बजेटप्रतिको असंवेदनशीलताकै नतिजा हो ।     संविधानसभा भ· भएपछि आर्थिक विकास झन् धराशायी हुने अवस्था देखिंदै छ । जुन एकदमै दुर्भाग्यपूर्ण कुरा हो ।  संविधानसभा र संसद्को अवशानपछि सामान्य किसिमले बजेट पारित गर्ने निकायको अभाव त छँदैछ, पछिल्लो समयमा बजेट सम्बन्धी बढ्दो विवादले झन् जटिलता बढाएको छ । ब्रजीलबाट फर्केपछि प्रमले दिएको अभिव्यक्तिले सहमतिको बजेट सड्ढटमा धकेलिएको छ भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयब

ए. माओवादी विभाजनको निहितार्थ

Image
- श्रीमन्नारायण मिश्र    विगत तीन वर्षदेखि अन्तर्संघर्षमा गुज्रिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी अन्तत: विभाजित हुन पुगको छ । पार्टीका वरिष्ठ नेता एवं उपाध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो नेतृत्वमा पार्टीको गठन गर्नुभएको छ । महाधिवेशनबाट पार्टीका दोस्रो शीर्ष नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीको नेतृत्व लिने अनुमान गरिन्छ । मधेसवादी दलहरूको अन्तहीन विभाजन, एमालेमा त्यस पार्टीका मधेसी एवं जनजाति नेताहरूको असन्तुष्टि एवं नयाँ स·ठन खोल्न सकिने सम्भावना नेपाली काङ्ग्रेसभित्रको गुटीय राजनीतिको समाचार सुन्दा सुन्दै नेपाली जनताको कान पाकिसकेको छ । ए. माओवादीभित्र अन्तर्संघर्ष थियो तर यसको परिणति पार्टी विभाजनको रूपमा  आउला भन्ने अनुमान कतिपयले गरेका थिएनन् । यस विभाजनले एकीकृत माओवादीलाई कमजोर बनाउने निश्चित छ । ए. माओवादी विभाजनको प्रभाव देशको समग्र राजनीतिमा पर्ने निश्चित छ ।     शान्ति प्रक्रिया निष्कर्षसम्म पुगिसकेको अनुमान लगाउनेहरू र नयाँ संविधान पाउने आशामा काकाकुल बनेका साढे दुई करोड जनताले पुन: अशान्ति एवं सशस्त्र द्वन्द्वका समाचार पढ्न, सुन्न र हेर्ने निश्चितजस्तै छ । पार्टी व

किन काम गर्दैनन् स्थानीय निकाय

    प्राय: स्थानीय निकायबारे के गुनासो सुनिन्छ भने स्थानीय निकायले कामै गर्दैन । स्थानीय निकायको आफ्नो आम्दानीबाहेक सरकारले पनि प्रत्येक वर्ष अनुदान, सहयोग तथा अन्य रकम दिइरहेको हुन्छ । तर त्यसबाट १० प्रतिशत पनि काम हुन पाउँदैन । आजको मितिमा सरकारले राष्ट्रिय आयको झन्डै आधा स्थानीय विकासका लागि यी निकायहरूलाई दिने गरेको छ तर इमानदारीपूर्वक त के प्राप्त आयको आधापनि खर्च गरिदिने हो भने स्थानीय विकासले अहिलेसम्म सगरमाथा छोइसकेको हुने थियो । सबैको आँखा पर्ने ठाउँमा त दातृसंस्था अथवा सरकारको अन्य निकायले लाजगालले केही काम गरिदिन्छ तर सुदूर गाउँ–नगरका जनता भने विकासका लागि काकाकुलझैं छटपटाइरहेको हुन्छ तर करोडौंको बजेट स्थानीय निकायमा कब्जा जमाइबसेका राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय निकायका कर्मचारीहरूले भागबन्डा लगाएर खाइदिन्छन् । स्थानीय निकायको बजेट लुकाएर खाइदिन्छन्, कसैलाई थाहा हुँदैन भन्ने पनि होइन, हाकाहाकी खाइदिन्छन् । न सरकार यस विषयमा केही बोल्छ अथवा गर्छ न जनताले नै गतिलो प्रतिकार गरेर आफ्नो हकको कुराको छानबिन गर्छ । आश्चर्य लाग्दछ, बन्दुक र लाठीको सामु नझुक्ने नेपाली जनता कि

क्राउन प्लाजा होटलले पनि मुद्दा हार्‍यो सार्वजनिक अतिक्रमणविरुद्ध अभियान जारी हुने

Image
प्रस, वीरगंज, १३ असार/     सार्वजनिक अतिक्रमण खाली गराउने वीरगंज उपमहानगरपालिका कार्यालय समेतले चलाएको अभियानविरुद्ध क्राउन प्लाजा होटलले पुनरावेदनमा दिएको निषेधाज्ञा आदेशको मुद्दा खारेज भएको छ। पुनरावेदनमा आज सो सम्बन्धमा चलेको दुवैतर्फका कानुन व्यावसायीहरूको बहसपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारीको इजलासले क्राउन प्लाजा होटलको मुद्दा खारेजको आदेश गरेको वीउमनपाका कानुनी सल्लाहकार राजेश्वर तिवारीले बताए। माननीय न्यायाधीशद्वय भट्टराई र भण्डारीको संयुक्त इजलासले क्राउन प्लाजाको हकमा अन्तरिम आदेश जारी गरेपनि सो मुद्दामा निषेधाज्ञा आदेश जारी नगर्ने गरी निवेदन खारेज गरेका हुन्।      

लागू औषधका अभियोगीबाट थुनुवा कोठा भरिन्छ धेरै लागू औषध भारतबाट आउँछ

प्रस, वीरगंज, १३ असार/     जिल्ला प्रहरी कार्यालय पर्सामा थुनामा रहेका अभियुक्तहरूमध्ये ८० प्रतिशत लागू औषध मुद्दाका अभियोगी रहने गरेको बताइएको छ। हाल पर्सा प्रहरीको हिरासतमा ८४ जना रहेकोमा ६२ जना केवल लागू औषध मुद्दामा पक्राउ परेका पर्सा प्रहरीको प्रवक्ता प्रनाउ रवीन्द्र केसीले बताए। उनले लागू औषध मुद्दामा पनि गैरजिल्लावासी रहने गरेका बताए। खासगरी मकवानपुर, धादिङ, काठमाडौंका युवा रहने गरेका छन्। पर्सामा पक्राउ पर्नेहरूमा खासगरी गाँजाका कारोबारी छन् भने गैरजिल्लावासीहरू लागू औषध चरेस, ब्राउनसुगर, टिडिजेसिक, नाइट्रोजेपाम, लुपिकजेसिक, डाइजेपाम आदिको कारोबारमा संलग्न देखिएका छन्।     लागू औषध मुद्दाका अभियोगीहरू नहुने हुन् भने जिल्लाको थुनुवा कोठा प्राय: खाली रहने थियो। प्रवक्ता केसी सो कुरा स्विकार्छन्। उनी भन्छन् वास्तवमा लागू औषधका अभियुक्तहरूको गणना नगर्ने हो भने थुनुवाकक्ष प्राय: खाली हुने थियो। लागू औषध मुद्दाका अभियुक्तहरूलाई सबैभन्दा बढी ९० दिन अनुसन्धानमा राख्न सकिन्छ। अन्य मुद्दामा बढीमा २५ दिन मात्र। लागू औषध खासगरी सीमापारी भारत रक्सौलबाट आउने गर्छ। रक्सौलमा ब्राउनसुगरबाहेक

पलथैयाको ऐतिहासिक स्विमिङपुल मासेर फूलवारी बनाउने तयारी

Image
प्रस, निजगढ, १३ असार/     पथलैयास्थित मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र परिसरमा रहेको स्विमिङपुल धमाधम बालुवाले पुर्ने कार्य थालिएको छ। साढे तीन दशकअघि निर्माण गरिएको स्विमिङपुल पुरानो र जीर्ण रहेको भन्दै क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैयाले पुर्ने कार्य गरिरहेको छ। पूर्व–पश्चिम राजमार्ग निर्माणका बखत सडक निर्माण कार्यमा खटेका रूसी प्राविधिकहरूले स्विमिङपुल निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन्। मरम्मत सम्भार गर्न निकै खर्चिलो पर्ने भएको कारण स्विमिङपुल पुरेर फूलवारी निर्माण गर्न थालिएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख सुनीलराज शर्माले बताए ।         स्विमिङपुलभित्रको फलामे पाइपसमेत पुर्न थालिएपछि स्थानीय बासिन्दा जम्मा भएका थिए। बेलैमा मरम्मत, सुधार गरी सञ्चालनमा नल्याइएकै कारण स्विमिङपुल जीर्ण हुँदै गएको हो। ऐतिहासिक स्विमिङपुलको रूपमा रहने र पथलैयाको आकर्षणको थलो रहेको स्विमिङपुल सञ्चालन गर्न सके आम्दानीसमेत हुने स्थानीय बासिन्दा बताउँछन्। स्विमिङपुलमा रहेका पानीका कारण वरपरका वन क्षेत्रका साथै वातावरणसमेत स्वच्छ रहने जानकारहरू बताउँछन्। उक

सामाजिक भद्रगोल र शिक्षित समुदाय

Image
सञ्जय साह ‘मित्र’     दार्शनिकहरू के भन्छन् भने मानिसलाई शिक्षाको आवश्यकता नै पर्नु नपर्ने हो। उसले आफू मानव हुँ भन्ने कुरा बुझे भयो। मानवले आफूलाई बुझेर मानवतानुकूल कार्य गने सके उसलाई शिक्षाको जरुरत छैन। तर प्राविधिक ज्ञान भने चाहिन्छ। त्यो प्राविधिक ज्ञान हरेक युगानुकूल हुनु आवश्यक हुन्छ। वास्तवमा शिक्षा त जीवनको मार्गबाट भट्किनेहरूलाई जीवनको सही मार्गमा ल्याउनका निम्ति हुनुपर्छ। जसरी जेलको अवधारणा सही मार्गबाट गलत मार्गमा हिंडेकालाई सुधारका लागि आएको मानिन्छ, त्यसरी नै शिक्षाको अवधारणा आएको मानिन्छ। शिक्षाले जीवनमा नवीनता ल्याउनु पर्छ र वर्तमानमा शिक्षा अनिवार्य भएकोले अब शिक्षाको अर्थ कम्तीमा जीवनका लागि आवश्यक कुराको जानकारी प्राप्त गरेको बुझ्नुपर्ने भएको छ।     समाजमा अब पढेलेखेका मानिसको सङ्ख्या बढेको छ र यो क्रम निरन्तर जारी छ। समाजका सदस्यहरूमा एकातिर शिक्षाको स्तर बढिरहेको देखिन्छ भने अर्कोतिर विभिन्न संस्थाहरूको सहयोगमा सधैंभरि भइरहने तालिम र प्रशिक्षणले चेतनाको स्तर पनि बढेको देखिन्छ। शिक्षा र चेतना बढिरहेको वर्तमान अवस्थामा अब हरेक क्षेत्रमा समाजको लक्ष्य निर्धारण हुन थ

तेस्रो लि·ीले पनि रक्तदान गर्ने

प्रस, वीरगंज, १२ असार/     नेपालमा पहिलोपटक तेस्रो लि·ीहरूले रक्तदान गर्ने भएका छन् । ब्लड डोनर्स एसोसिएसन र रक्तसञ्चार केन्द्र वीरगंजको आह्वानमा आकस्मिक रक्तदान कार्यक्रम अन्तर्गत उनीहरूले रक्तदान गर्ने भएका हुन् । रगतको अभाव भएपछि तेस्रो लि·ीले पनि रक्तदान गर्ने जमर्को गरेका हुन् ।     सहयात्री समाज पर्साका अध्यक्ष रामदेव दास थारूले तेस्रो लि·ीले रक्तदान गर्ने बताए । उनले आगामी शनिवार तेस्रो लि·ीले आकस्मिक रक्तदान गर्ने जानकारी गराएका छन् ।     यसैगरी ग्याँस अधिकृत बिक्रेता सङ्घ पर्साले पनि असार २७ गते आकस्मिक रक्तदान गर्ने ग्याँस बिक्रेता महासङ्घका केन्द्रीय सदस्य गणेशमान श्रेष्ठले बताए । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि वीरगंजका ब्युटिसियनहरूले पनि रक्तदान गर्ने बताएका छन् । उनीहरूले अविलम्ब मिति तय गरेर रक्तदान गर्ने जानकारी दिएका छन् ।     यसैबीच रक्तसञ्चार केन्द्र वीरगंजमा रक्त अभाव भएपछि हालसम्म आठवटा संस्थाले ५०९ युनिट रक्तदान गरेको ब्लड डोनर्स एसोसिएसन पर्साका सदस्य अरविन्द सिंहले बताएका छन् । उनले  आकस्मिक रक्तदानमा जिप्रका पर्साले ५१ युनिट, सशस्त्र प्रहरी सीमा सुरक्ष

लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

Image
प्रस, वीरगंज, १२ असार/     लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस आज वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।     लागू औषधविरुद्ध दुई वर्षदेखि पर्सा जिल्लामा सक्रिय सानो पाइलाले लागू औषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका दिन आज र्‍याली, कोणसभाको आयोजना गरेको छ । नारायणी उपक्षेत्रीय अस्पतालबाट निस्केको र्‍याली नगर परिक्रमापछि घण्टाघरमा कोणसभामा परिणत भएको थियो । र्‍यालीमा नशाबिनाको जीवन अमूल्य हुन्छ, नशा सेवनले सुख हैन दु:ख निम्त्याउँछ, दुव्र्यसन रोग हो अपराध होइन, अमूल्य जीवन लागू औषध सेवन गरेर बर्बाद नगरौं, लागू औषध नखाएर बाँच्न सिकौं र वीरगंजलाई लागू औषधमुक्त शहर बनाऔं’ भन्ने नारा, प्लेकार्डबाट जनचेतना फैलाउने काम भएको थियो ।     र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिप्रका पर्साका प्रहरी निरीक्षक द्वारिका घिमिरे, पत्रकार महासङ्घ, पर्साका सचिव युवराज खड्का, सानो पाइलाका साधुराम खड्गीले लागू औषध दुव्र्यसनबाट मुक्त हुन खासगरी युवा समुदायलाई आग्रह गरेका थिए ।

सहकारी संस्थाद्वारा ठगिने बढे, सावधान हुन जरुरी

-  दीपु साह कानु   ऋण तथा सहकारी संस्था लिमिटेड खोल्न कुनै खासै शैक्षिक योग्यता आवश्यक नरहने हुँदा यसको लागि इच्छा तथा १–२ लाख लगानी लगाउने व्यापारिक बुद्धि भए पुग्छ । त्यसपछि सहकारी संस्था पकेटबाटै शुरु हुन्छ र पछि सबै सुविधा पाउनुका साथै कारसमेत चढ्न पाइन्छ । यस्तै मनस्थितिले गर्दा आर्थिक नगरी वीरगंजमा बैंक, फाइनान्स र सहकारी संस्थाहरूको सङ्ख्या अकासिंदो छ र नयाँ संस्थाहरू खुल्ने क्रम जारी छ । पछिल्लो तथ्याड्ढअनुसार करिब ५ वर्ष अगाडि देशमा ९,७२० को सङ्ख्यामा रहेका सहकारी संस्थाहरू आज २३,५०० भन्दा बढी पुगेका छन् ।     सहकारी संस्थाहरूले अचेल पान पसललाई पनि मात गरेका छन् । चोकमा कुनै यस्तो बिल्डिङ भेटिंदैन जसको प्राय: प्रत्येक तल्लामा सहकारी संस्था हुँदैन । एउटै घरमा तीन–चारवटा सहकारी संस्था हुनु आज सामान्य कुरो हो । नाम पनि लोकप्रिय बैंक वा राष्ट्रिय पत्रिका सँग मिलाएर राखिएकोले दुवैको बीच कुनै सम्बन्ध छ कि सोचेर मान्छे एकछिन अलमलमा पर्छ । तर वास्तवमा अरू नाम चलेका संस्थाको नाम मात्र बेचेर मान्छेलाई भ्रममा पारेर सस्तो लोकप्रियता कमाएको देखिन्छ ।     विभिन्न योजना र प्रलोभनबिना खाता