$type=ticker$count=12$cols=4$cate=0

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न : राजधानीदेखि तराईसम्म ठूला ठूला नाम चलेका व्यापारीबाट मानव जीवनमा प्रतिकूल प्रभाव पार्ने किसिमको वस्तुको उत्पादन र बिक्री गरेको अभियोगमा सरकारले पक्राउ गरी कार्यवाही चलाउने गरेको छ । सरकारको यो कदम उपभोक्ता हक संरक्षणको दृष्टिले मात्र होइन, कानुनी शासनको दृष्टिले पनि धेरै सराहनीय तथा सकारात्मक छ । तथापि कस्ता वस्तु कमसल हुन् ? यस्ता काम गर्ने लाई के कति सजाय हुन्छ भन्ने कुराको चेतना आम उपभोक्तालाई सरकारले दिने हो भने धेरै सहयोग पुग्ने आशा गर्न सकिन्छ । यसर्थ कस्तो वस्तु कमसल उपभोग्य वस्तु को श्रेणीमा पर्छ ?  नेपाल कानुन  अनुसार के कस्तो कामलाई अपराध  मानेको छ ?  उपभोक्ताको हकमा प्रतिकूल प्रभाव पार्ने किसिमको अपराध गर्नेलाई के कति सजाय हुन्छ र कुन निकायमा कार्यवाही चलाउने प्रावधान छ  ?
–अनिल साह, विद्यार्थी
उत्तर:  उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेको प्रावधानअनुसार कुरा गर्दा कानुनले  निर्धारित गरेको गुणस्तरभन्दा कम्ती हुनेगरी पदार्थको परिमाण घटाएको वा अर्को कुनै पदार्थको सम्मिश्रण गरिएको, स्वास्थ्यलाई हानि हुने सडेको–गलेको वा फोहोर मैला वा विषादि अवस्थामा राखिएको वा तयार गरिएको वा कुनै रसायन, रङ वा बास्ना प्रयोग गरिएको, केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपक्षी वा हानिकारक वनस्पतिबाट बनाइएको अवस्थाका वस्तुहरूलाई कमसल उपभोग्य वस्तु मानिएको छ ।
   कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण, माग आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न कार्य, उपभोग्य वस्तुमा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरेमा जस्तेै उपभोग्य वस्तुको  लेबलमा उत्पादकको नाम ठेगाना, उद्योगको दर्ता नं., वस्तुको मिश्रण, परिमाण र तौल निर्धारण गरिएको गुणस्तर, उपभोग गर्ने तरिका, सोबाट पर्ने प्रभाव, मूल्य, ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मितिलगायत कुराहरू वस्तुमा उल्लेख नहुनु,उपभोक्तालाई झुक्याउनेगरी वस्तुको नक्कल गर्नु, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तु वा सेवाको उत्पादन वा बिक्री वितरणलगायत कार्य उपभोक्ता संरक्षण ऐन अनुसार अपराध  मानिएको छ ।
  माग आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने कसुर गर्ने गराउनेलाई तीन वर्षसम्म कैद वा पचास हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय, उत्पादकको नाम ठेगाना र उद्योगको दर्ता नं. उल्लेख नगर्ने नगराउनेलाई  दुई वर्षसम्म कैद वा तीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय, कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गरेमा तीन वर्ष सम्म कैद वा पचास हजार रुपियाँ जरिवाना वा दुवै सजाय, उपभोक्तालाई झुक्याउनेगरी नकल गरेमा, निम्नस्तरको वस्तुलाई उच्चस्तरको हो भनी वस्तु सेवालाई ढाँटी झुक्याई बिक्री वितरण गरेमा, झूटो एवं भ्रमात्मक प्रचारप्रसार वा विज्ञापन गरेमा पाँच वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । साथै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तु वा सेवाको उत्पादन वा बिक्री वितरण गरेमा र उपभोक्ताको ज्यानमा खतरा पुग्ने भएमा चौध वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । उपभोक्ताको शरीरको कुनै अ·को शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।  अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेलगायतको सजायको व्यवस्था उपभोक्ता संरक्षण ऐन २०५४ ले गरेको छ । यस्ता कसुर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भएर सम्बन्धित जिल्ला अदालतमा दायर गर्नु पर्ने कानुनी प्रवधान छ ।
प्रश्न: आशय करणीको अपराध भनेको के हो? आशय करणीको अपराधमा के सजायको व्यवस्था छ ? आशय करणी अपराधको पीडित पुरूष व्यक्ति हुन सक्छ कि सदैन ?
उत्तर : कसैले कुनै महिलाको मञ्जुरी बिना निजको संवेदनशील अ· छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविकरूपमा एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी अ· महिलालाई छुन, समाउन लगाएमा वा अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द सड्ढेत गरेमा वा चित्र तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वाभाविक व्यवहार गरेमा वा निजलाई करणी आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिन्छ । यस्तो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद  र दश हजार रुपियाँसम्म जरिवाना हुनेछ । पीडितलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराइदिनुपर्ने मुलुकी ऐन आशय करणीको महलमा कानुनी प्रावधान छ । यस कानुनी प्रावधानको आधारमा भन्नुपर्दा यो प्रावधान महिला वर्गको निम्ति मात्र रहेको छ । पुरुष व्यक्तिले आफूलाई आशय करणीको पीडितको दाबी गरी कानुनी उपचार पाउने अवस्था देखिन्न ।
प्रश्न: शिक्षकको कुटाइबाट एकजना विधार्थीलाई घाउ–चोट लागेको छ । आफ्नै विद्यार्थीलाई कुटपिट गरी घाउ–चोट पुरयाउने शिक्षकलाई सजाय हुन्छ कि हुन्न ? हुन्छ भने कति सजाय हुन सक्ने कानुनी प्रवधान छ ?
–एकजना अभिभावक वीरगंज
उत्तर:  मुलुकी ऐन कुटपिट महल अनुसार रक्षा शिक्षा गर्नेले कुटाइ माग्नेको हितका निम्ति मनासिब माफिकको सामान्य बल प्रयोग गरी कुटेमा र सो कुटाइबाट घाउ–चोट, अ·भ· हुन गएमा शिक्षकलाई बात नलाग्ने प्रावधान छ ।  अर्थात् रक्षा शिक्षा दिनेले कुटाइ माग्नेको हितका निम्ति  समान्य बल प्रयोग गरेमा सजाय हुँदैन तर पूर्वाग्रह राखेर कुनै रिसइबी साध्नलाई मनसायपूर्वक कुटेमा र सो कुटाईबाट विद्यार्थीलाई घाउ–खत चोट अ·भ· हुन गएमा कसुर अनुसार सजाय हुन हुन्छ ।  घाउ–खतको मात्रा अनुसार सजायको व्यवस्था कुटपिट महलमा गरेको छ । जस्तो प्रकृतिको घाउ–खत छ सोही प्रकृतिको सजायको पनि प्रावधान छ । जरिवानादेखि कैदसम्म गर्ने कानुनी प्रावधान छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/05/blog-post_9403.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/05/blog-post_9403.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy