प्रस, वीरगंज, १६ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले नेपालमा प्रतिबन्धित भारु. ५ सय र हजारको ३ लाख रकमसहित पक्राउ परेका दुईजना व्यक्तिलाई राजस्व अनुसन्धान विभाग बबरमहल काठमाडौं पठाएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रनाउ रवीन्द्र केसीले अजयकुमार साह र सुरेश साहलाई भारु तीन लाखसहित पक्राउ गरेकोमा आज राजस्व अनुसन्धानमा पठाएको बताए । तर पर्सा प्रहरीले जेठ १३ गते भारु तीन लाखसहित वीरगंजको पशुपति मार्केटमा रहेको मनी चेन्जरका सञ्चालक जितेन्द्र तिवारी पक्राउ परेको समाचार दिएको थियो । तीन लाख भारूसहित सञ्चालक तिवारी पक्राउ परेको तीन दिनपछि सोही परिमाणको रकमसहित साहद्वय पक्राउ परेको प्रहरीबाट पुष्टि गरिनुले निजहरूलाई कारबाईको लागि राजस्वमा पठाइएको कुरा विवादास्पद देखिएको छ । प्रहरीले कानुनी प्रक्रियाको लागि अस्तिको मितिमा पक्राउ गरेको र हिजो पठाएको बताए पनि वास्तवमा मनी चेन्जरका संचालक तिवारीलाई जोगाएर घटनाका पात्र नरहेका साहद्वयलाई अपराध कबुल गराउन खोजिएको त होइन भन्ने शड्ढा बढेको छ । प्रहरीले भने त्यसो
नभएको दाबी गरेको छ । प्रहरीले बताएअनुसार भएको हो भने जेठ १३ गते हजारका ३ लाख नोटसहित पक्राउ परेका तिवारीको यथार्थ सार्वजनिक गर्न जरुरी छ ।