प्रस, वीरगंज, १५ जेठ/
मूल भन्सार कार्यालय, वीरगंजमा भइरहेको भ्रष्टाचारको पोल नेपाल प्रहरीले खोल्न थालेपछि अहिले भन्सार कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ ।
मूल भन्सारले चेकजाँच गरी छोडेको इलेक्ट्रोनिक सामान नेपाल प्रहरीले पक्राउ गर्न थालेपछि भन्सार कर्मचारीहरूले गरिरहेको अनियमितता आज पुन: साबित भएको छ ।
भंसारबाट पास भइआएको टायर गाडा प्रहरीले नियन्त्रणमा लिंदा त्यसमा पंखा, ग्याँस लाइटर, रेगुलेटरलगायत सामान छन् । २९ सय थान ग्याँस लाइटरमध्ये ६ सय थानको भन्सार काटिएको छ भने १३५० थान ग्याँस रेगुलेटरमा ४ सय थानकोमात्र भन्सार बुझाएको देखिन्छ ।
त्यतिमात्र होइन प्रज्ञापनपत्रमा लाइटरको रु ९/–, रेगुलेटर रु १३/–को दरले भन्सार बुझाएको छ । त्यति मूल्य दाबी गरी प्रज्ञापनपत्र भर्दा भन्सार कर्मचारीले कसरी राजस्व बुझे प्रश्न खडा भएको छ ।
वीरगंज घडिअर्वा आरबी इन्टरप्राइजेजका सञ्चालक रामाशड्ढरप्रसाद कलवारको नाउँमा सो सामान भारतबाट निर्यात भएको वडा प्रहरी कार्यालयबाट बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक सुजन जोशीले बताए ।
भन्सार मूलगेटबाट टायर गाडा पक्राउ गरेको प्रहरीले जनाएको छ । मूल भन्सार वीरगंजले रसिद काटी सिल गरेको १३ वटा ट्रकलाई प्रहरीले शड्ढाको आधारमा पक्राउ गरी अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पठाउँदा लाखौंको अवैध सामान फेल परेकोले जाँचपास गर्ने भंसार कर्मचारीविरुद्ध कारबाई चलिरहेको छ ।
चेकजाँच गरी सिल गर्ने कर्मचारीहरूलाई दण्डित गर्नुको साटो व्यापारीहरूलाई दण्डित गर्नु उचित नभएको एक व्यापारीले बताए ।