जीतलाल श्रेष्ठ, निजगढ, १७ जेठ/
सार्वजनिक स्रोत सम्पदाको संरक्षण गर्न श्रीसम्पत्ति नै खर्च गर्नुपर्छ भन्ने छैन । बेलैमा इमानदारीका साथ संरक्षण मात्र गरे पुग्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्— बारा निजगढ १ र ६ को श्री जनज्योति सामुदायिक वन उपभोक्ता समूहले। आफ्नो कुल १९५.७८२ हेक्टर वन क्षेत्रमध्ये ५४ हेक्टरमा ४ वटा प्लटमा तारबार गरेर हजारौं कलकलाउँदो सालको बिरुवा स्वत: उम्रेर वनै हरियो भएको छ।
वन समूहले दुई वर्ष अघिदेखि संरक्षण गरेको सो वन क्षेत्रमा साललगायत अन्य प्रजातिका बोट–बिरुवा उम्रेका छन्। संरक्षित प्लटमा झार–बुट्यान सफा गरी तारबारसहित करिब ३ लाख १५ हजार सामुदायिक वन समूहको खर्च भएको जनज्योति सामुदायिक वन उपभोक्ता समूहका युवा अध्यक्ष गणेशबहादुर कार्कीले जानकारी दिए। शुरुमा खर्च त गरियो तर सोचेजस्तो बिरुवा पुनरोत्पादन हुने हो कि होइन् भन्ने आशङका थियो। अहिले वन विभाग, केन्द्रबाट पनि संरक्षणबाट पुनरोत्पादित बिरुवाहरू हेर्न आउँछन्। स्थानीय उपभोक्ता, छिमेकी सामुदायिक वनका उपभोक्ता, जिल्ला वन कार्यालय, केन्द्रले पनि राम्रो गरेको भन्ने गरेका छन् — अध्यक्ष कार्कीले भने । तराईका वन क्षेत्र विनाशमा सामुदायिक वन उपभोक्ता समूहकै पदाधिकारीहरू लागिपरेको जनगुनासो सुनिरहँदा जनज्योति सामुदायिक वन उपभोक्ता समूहले नमुनाको रूपमा वन क्षेत्रको संरक्षण थालेको थियो। वन क्षेत्रलाई कतिपय अवस्थामा संरक्षण गरे मात्र जङगल आफैं हुर्किबढी हेर्न लायक वन क्षेत्र हुने जिल्ला वन कार्यालय बाराका प्रमुख रामानन्द साह बताउँछन्।