प्रस, वीरगंज, १६ जेठ/
भारत सरकारको सहयोगमा सञ्चालित हुलाकी राजमार्गको निर्माण कार्य मुआब्जा विषयमा अलमलमा परेर प्रभावित भएको छ ।
मुआब्जाका लागि पहिलो चरणमा प्राप्त रु. १० करोड रकममध्ये २५ प्रतिशत पनि वितरण हुन नसकेको पर्साका प्रजिअ शम्भु कोइरालाले बताए । उनले मुआब्जा वितरण गर्नुपर्ने स्थानका जग्गाधनीहरूले बैंक आदिबाट ऋण कर्जा लिएको कारण सोको शोधभर्ना गरी फुकुवा नहुन्जेल मुआब्जा दिने काम प्रभावित भएको हो ।
बैंकमा धितो राखिएका ती जग्गाको मुआब्जा दिई जग्गामा निर्माण काम थाल्दा बैंकको लगानी जोखिममा पर्ने हुँदा राज्यलाई घाटा हुनेगरी मुआब्जा दिने काम तत्काललाई रोकिएको बताए । पर्साको ग्रामीण क्षेत्रमा हुलाकी राजमार्ग निर्माण हुने जग्गाको मूल्याड्ढन समितिले घडेरी जग्गा प्रतिकठ्ठा २ लाख र सरेह खेत ५० हजार तोकेको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्सा जिल्लाको बहुअर्वाभाठा, लखनपुर, रामनगरी, शिबर्वा, औराहा, निचुटा, जगरनाथपुर, सुपौली, जीतपुर, सेढवा, सुवर्णपुर, महादेवपट्टी, ठोरीलगायत गाविसको मुआब्जा वितरण हुन नसकेको बताइएको छ ।
पहिलो चरणमा माथि उल्लिखित गाविसहरूमा मुआब्जा वितरण गर्ने योजना रहेको थियो । यी स्थानहरूमा पारिवारिक अंशको मुद्दाको कारण पनि मुआब्जा वितरणमा समस्या देखापरेको छ । पारिवारिक अंशियारमध्ये एकजनाले लिने र अर्कोले नलिने समस्या रहेको जिप्रका पर्साले बताएको छ । भारत सरकारको लगानीमा निर्माण हुन लागेको प्रस्तावित हुलाकी राजमार्गको जग्गा मूल्याड्ढनको टु·ो लागेपछि मात्र भारत सरकारले निर्माण कार्य शुरु गर्ने बताइएको छ ।