जीतलाल श्रेष्ठ, बारा, १६ जेठ/
परार साल आएको बाढीले खेतीयोग्य फाँट बालुवाले पुरिएर मरुभूमिमा परिणत भएपछि अहिले काँसघारी बाक्लिंदो छ । बारा डुमरवानामा रहेको चिनी मिलको सयौं हेक्टर जमीन खोला कटानबाट जोगाउन २७ वर्ष अघि चुरेमैं मूलधार परिवर्तन गरिएपछि बालग·ा खोला नजिकैको मनहर्वा गाविसको डेढ सय बिघाभन्दा बढी खेतीयोग्य जमीन परार साल बालुवाले पुरेको हो । बालग·ाको बाढीले डुमरवानाको धर्मनगर, बदाफर, खोर, पचुलीलगायत बस्तीमा केही वर्ष अघिदेखि बर्सेनि बाढी पसेपछि मानवीय बस्तीसमेत अन्यत्र सार्न स्थानीय बाध्य भएका थिए । चुरे भएर बग्ने बालग·ा, पसाहा र दुधौरा खोलाको मूलधार अमलेखगन्जमैं परिवर्तन गरिदिएपछि फड्को मारेर वारपार गर्न सकिने पैनीले जमीन कटान गर्दै खेतीयोग्य जमीनलाई बगरमा परिणत गरेको थियो । झन्डै ३०/३५ वर्ष अघि फड्को मारेर तर्न सकिने यही बालग·ा खोलाले ८/१० वर्ष अघिदेखि धेरैलाई उठिबास लगाउँदै परार पसेको बाढीले धान, मकैं बाली झुल्ने खेतलाई मरुभूमि बनाइदियो– मनहर्वा–६ की ५० वर्षीया पवित्रा तिमल्सिनाले भनिन् । बाढीले धेरैलाई बेघरबार बनाएपनि चुरे अमलेखगन्ज वरिपरि क्रसर उद्योग सञ्चालनले उनीहरूलाई झनै पीडा थपिदिएको छ । चुरे भएर बग्ने दुधौरा, बालग·ा, पसाह, बकैया लगायत खोलाबगरमा विगत १०/११ वर्षदेखि क्रसरले उत्खनन गर्ने गरेपछि चुरे स्खलन र जमीन कटानमा बढोत्तरी भएको छ । केही वर्ष यतादेखि चुरे आसपास अमलेखगन्जको मध्यवर्ती वन क्षेत्र, दुधौरा, चकरी, रतनपुरीको शक्तिखोला, लालखोला, निजगढको मोहोरी, भरतगन्जसिगौलको धन्सार खोलालगायत अन्य आधा दर्जन साना खहरे र चुरे नजिकैबाट जथाभावी ढु·ा सड्ढलन भइरहेको छ । दिनहुँ सयौं टिप ढु·ा उत्खनन, सड्ढलन हुने गरेपछि खेतीयोग्य जमीन, वन क्षेत्र, दक्षिणी भू–भाग समेत उच्च जोखिममा परेको छ । जथाभावी प्राकृतिक स्रोत साधन मासिंदै गएपछि अमलेखगन्ज, रतनपुरी, निजगढ, भरतगन्जसिगौललगायत छिमेकी जिल्लाको उत्तरीभेग नजानिंदो किसिमले साँघुरिंदै गएको छ । अमलेखगन्जको चकरी, रतनपुरीको डम्बरपुर, रामथली, लालको बस्ती नजिकै केही वर्ष यतादेखि कटान तीव्र पार्ने क्रम बढेको छ । घरबाट झन्डै एक/डेढ सय हात टाढा रहेको खयर खोला घरछेउ आउँदै छ—रतनपुरी ४ रामथलीका ६८ वर्षीय ज्ञानबहादुर दोङ दु:खित हुदै भन्छन् । खोलाले कटान गर्दै आएको जमीनलाई संरक्षण गर्न पहल गर्दा पनि कुनै सुनुवाइ नहुँदा केही वर्षभित्र एक/डेढ दर्जन घर अन्यत्र सार्नुपर्ने अवस्था नजिकिएको दोङले बताए । कटानले गर्दा उनको १९ कठ्ठा जग्गामध्ये अहिले १२/१३ कट्ट्ठ्ठा बाँकी छ ।
त्यस्तै चुरेबाट करिब २५/३० किलोमिटर दक्षिण डुमरवानाकी आइतीमाया लामाको एक बिघा खेतमध्ये अहिले १२ कठ्ठा मात्र छ । बाँकी जमीन पनि कतिखेर भेलले लैजाने हो उनको चिन्ता छ । उनीजस्तै पीडा धेरै स्थानीयको छ । बस्ती नै सड्ढटमा पर्ने भएपछि सम्बन्धित निकायलगायत क्रसर उद्योगलाई पटक/पटक जानकारी गराएपनि वास्ता नगरेपछि बस्ती नै विस्थापित भयो—अर्का पीडित विदुर खड्काले भने । तीन बिघा खेतबारी बगर बन्यो । यही बगरबाट बालुवा, गिट्टी, ढु·ा झिकेर लैजान्छन् । पटक/पटक उत्खनन नगर्न आग्रह गर्दा समेत कसैले मान्दैन– बगरमा परिणत भएको पूर्जावाला खेतबारी देखाउँदै उनले भने । हाम्रो आवाज कसले सुनिदिन्छ ? आन्रितक शरणार्थी भएर बस्नुपरेको छ—अर्का पिडीत मानबहादुर खड्का दु:खेसो पोख्छन् । बाँचेको खेतमा बाली लगाउँछौं तर भित्र्याउन पाइने हो कि होइन ठेगान छैन– पीडितहरू आशड्ढित छन् । २ सय ५१ घरधुरी र २ सय ७७ बिघा खेतबारी थियो । अहिले २०/२५ बिघामा झरेको छ । परार साल खेतीयोग्य जमीन बालुवाले पुरेपछि बालुवाकै ड्याम कसेका छन् । तर ड्यामको भर छैन । असार साउनमा सीधै त्यही रहेको जमीन र ड्याम ताक्दै भेलबाढी उर्लन्छ । चुरे आसपास र खोला नजिकै रहेका क्रसरले उत्खनन गर्ने गरेपछि रहेका खेतवारी पनि बगर बन्ने चिन्ताबाट झोक्रिएका छन् उनीहरू । चार वर्षदेखि पूर्णरूपमा बस्ती विस्थापित भएको स्थानीय पीडितहरू बताउँछन् । प्राय: अधिकांश विस्थापितहरू डुमरवानाको सार्वजनिक जग्गा र चिनी मिलको जमीनमा बस्न बाध्य छन् । बेलैमा बढ्दो प्राकृतिक स्रोत साधनको विनाश नरोक्ने, क्रसरलाई उचित स्थानमा व्यवस्थापन नगर्ने हो भने, चुरेसँगै तराईका हजारौं भूभाग मरुभूमि बन्ने खतरा बढ्दो रहेको जानकारहरू बताउँछन् ।