- अनन्तकुमार लाल दास
शेक्सपीयरले भनेका थिए,“मैले समय नष्ट गरेको छु, अब समयले मलाई नष्ट गर्दैछ ।” संसारमा जति पनि महापुरुषहरू भएका छन् सबैको सफलताको रहस्य समयको सदुपयोग नै हो । सही भन्ने हो भने व्यर्थमा समय खेर फाल्नेलाई समयले सफलताबाट वञ्चित गरिदिन्छ । यसबाट के स्पष्ट हुन्छ भने हामी सफलता वा असफलता जे हासिल गर्छौं त्यो समयको देन हो । यहींनिर ध्यान दिनुपर्ने कुरो के हो भने समय जीवनका लागि हो, जीवन समयको लागि होइन । अर्को शब्दमा भन्ने हो भने विद्यार्थीहरूका लागि पढाइ अति आवश्यक छ तर पढाइ नै सबैथोक होइन ।
अतएव समय–तालिका बनाउँदा केही समय खाली राख्नुपर्छ । खाली समय भन्नाले दैनिक कार्यबाट बचेको समयलाई जनाउँछ । यो खाली समय व्यक्तित्व निर्माण, भावनात्मक शक्तिको विकास र मस्तिष्कको क्षमता वृद्धिका लागि धेरै आवश्यक पर्छ । यदि तपाईंसँग खाली समय छैन भने केही समय खाली राख्न समय–तालिकामा सुधार आवश्यक छ । यो यस कारण पनि आवश्यक छ किनभने व्यावहारिक जीवनमा किताब होइन व्यक्तित्वले काम गर्छ । जसले आफ्नो पूरा विद्यार्थी जीवन मात्र पढ्नमा बिताउँछ उसलाई व्यावहारिक जीवनमा धेरै अप्ठेरो महसुस गर्नुपर्ने कुरोप्रति यहाँ सतर्क हुने सल्लाह दिन चाहन्छु ।
जो विद्यार्थी सुव्यवस्थित तरिकाले निरन्तर अध्ययनप्रति समर्पित हुन्छ उसलाई खाली समय निकाल्न कुनै परेशानी हुँदैन । परीक्षाको बेला यसमा कटौती गर्न सकिन्छ तर पूरा विद्यार्थी जीवन पढाइमैं नै समर्पित गर्नु उचित हुँदैन । यहाँ स्मरण गरिराख्नुपर्ने कुरो के हो भने विश्वका धेरैजसो महान् र सफल मानिसले व्यस्तताका बावजुद आफ्नो लागि केही खाली समयको व्यवस्था गरेका थिए । उदाहरणका लागि आइन्स्टाइन प्रत्येक दिन गिटार बजाउँथे, महात्मा गाँधी बाख्रालाई दाना खुवाउँथे, ईसामसीह बीच–बीचमा केही दिनका लागि गायब हुन्थे, मुहम्मद साहेब रेगिस्तानमा घुम्न जान्थे र अब्राहम लिड्ढनको हत्या त्यस बेला भयो जब उनी नाटक हेरेर थिएटर बाहिर निस्किरहेका थिए । यिनीहरू सबै आफूलाई पुनर्जीवित गर्न यसो गर्दथे ।
हाम्रो शरीर र मस्तिष्कको कोशिकाहरूलाई पुनर्जीवित हुनका लागि खाली समयको आवश्यकता पर्दछ । जुनबेला हामी सुत्छौं त्यस बेला यी कोशिकाहरू आफूलाई पुनर्जीवित गर्छन् । तर यतिले मात्र काम चल्दैन । यिनीहरूलाई पनि रोटी वा चामलसँगै दाल, तरकारी, अचार, पापड आदिको आवश्यकता पर्दछ । जस्तै तपाईं बन्चरोले दाउरा काट्नु हुन्छ र यदि बन्चरोको धार समय–समयमा तिखारिराख्नुभयो भने त्यो लामो समयसम्म राम्ररी काम गरिरहन्छ तर धार समयानुसार तिखारिएन भने एक दिन बन्चरो काम नलाग्ने हुन्छ । के तपाईंलाई लाग्दैन मस्तिष्कको धारलाई पनि तेज गर्नुपर्छ ? तपाईं खाली समयमा त्यस्तो काम गर्न सक्नुहुन्छ । बन्चरोमा धार लगाउन कति समय खर्च हुन्छ र, मात्र पन्ध्र मिनेट ।
अब प्रश्न उठ्दछ यस खाली समयलाई विद्यार्थीहरूले कसरी प्रयोग गर्छन् ? तपाईंको घरमा यदि बेग्लै पढ्ने कोठा छ भने त्यहाँ बसेर खुब पढ्नुहोस् तर त्यहीं मात्र नबसिदिनुुहोस् । खाली समय पाउना साथ परिवारका सदस्यहरू बीच बसी मुक्त भावले कुरा गर्नुहोस् । गम्भीर बन्ने प्रयास नगर्नुहोस् । हँसी मजाक गर्नुहोस् । यसबाट समय बर्बाद भइरहेको नठान्नुहोस् । तपाईंले समयको सदुपयोग गरिराख्नुभएको छ तर यदि तपाईं पढ्न–लेख्न छाडेर मात्र दिनभरि यही गर्नुहुन्छ भने त्यो समयको दुरुपयोग हुन्छ ।
यसैगरी केही समय साथीहरूसँग कुराकानी गर्नका लागि छुटयाउनुपर्छ । त्यसबेला उनीहरूलाईं आफ्नो घरमा डाक्नुहोस् वा उनीहरूको घर जानुहोस् । खुब कुराकानी गर्नुहोस् । खुब मजाक गर्नुहोस् । हाँस्नुस् र हँसाउनुहोस् । यसबाट एकातिर तपाईंको व्यक्तित्व राम्रो हुन्छ, तपाईं हीन–भावनाबाट मुक्त हुनुहुन्छ भने अर्कोतिर तपाईंले आफूलाई हलुका महसुस गर्नुका साथै अगाडिको पढाइका लागि ऊर्जा पनि प्राप्त गर्नुहुन्छ ।
विद्यार्थीहरूले केही समय प्रकृतिका साथ पनि व्यतीत गर्नुपर्छ । आकाश र आकाशमा भएका ताराहरूलाई हेर्नुहोस् । चराहरूको आवाज सुन्नुहोस् । हरियो पात र विभिन्न र·का फूलहरूको अवलोकन गर्नुहोस् । नदी किनारमा र खेत–कान्लामा घुम्नुहोस् । के तपाईंलाई थाहा छ, डार्विनको यसै रुचिले उनलाई ठूलो वैज्ञानिक बन्न प्रेरित गरेको थियो ।
यदि तपाईंको रुचि गीत–स·ीतमा छ भने गीत गाउनु वा सुन्नुहोस् । केही बेरका लागि पढ्ने बेलामा पनि स·ीतको आनन्द उठाउन सकिन्छ । यसले तपाईंको आत्मा र मस्तिष्कलाई विकसित गर्दछ । उक्रेनको एउटा लोकोक्ति छ,“ बालकको हातमा यदि गिटार दिइयो भने ऊ नराम्रो बन्न सक्दैन ।” स·ीतले मानिसभित्र सकारात्मकता प्रवाह गर्दछ । यस कारण ईश्वरलाई प्राप्त गर्ने एउटा माध्यम स·ीत पनि हो ।
यदि तपाईंको रुचि फिल्म हेर्नमा छ भने फिल्म हेर्नुहोस् । यदि टेलिभिजनको कार्यक्रममा छ भने त्यो पनि हेर्नुहोस् । यस्ता कार्यक्रमहरूसँग अलग रहनुपर्ने कुनै आवश्यकता छैन । पढाइका लागि यी साधनहरूलाई बाधक होइन साधक सम्झनुहोस् । यी कुराहरूले तपाईंको व्यक्तित्वको समाजीकरण गर्नुका साथै जीवनको समझ पनि प्रदान गर्छ । यदि यसमा तपाईंको रुचि छैन भने पनि साथीहरूसँग जानुहोस् ।
मलाईं थाहा छ तपाईं किताब पढ्नुहुन्छ, तर मलाई यो थाहा छैन तपाईं अन्य किताब पनि पढ्नुहुन्छ वा पढ्नु हुँदैन । धेरै थोरै विद्यार्थीहरू यसो गर्छन् । तपाईं पनि यसो गर्नुहोस् । आफ्नो कोर्स बाहेकको अन्य किताबहरू जस्तै कविता, कहानी, जीवनी वा अन्य कुनै किताब जुन तपाईंलाई राम्रो लाग्छ पढ्नुहोस् । यस्ता किताबहरू तपाईंको दिमागका लागि अचार, छटनी र पापडको काम गर्छन् । यसले तपाईंको दिमागको स्वादलाई बढाउँछ । यसले मस्तिष्कको ग्रहणशीलता बढाउँछ जसको प्रत्यक्ष लाभ तपाईंले कोर्सको पुस्तक पढ्दा पाउनुहुन्छ ।
तपाईंले सातामा पाउने एक दिनको बिदा कसरी उपयोग गर्नुहुन्छ ? प्राय: के देखिएको छ भने विद्यार्थीहरू सुतेर, अधूरो काम पूरा गरेर, साथीहरूसँग मौजमस्ती गरेर वा दिनभरि पढेर बिताउँछन् । यसमा सन्तुलन कायम गर्न अति आवश्यक हुन्छ । वास्तवमा विद्यार्थीहरूले अधूरो काम पूरा गर्न प्राथमिकता दिनुपर्छ । बिदाको दिन पढ्नु पनि पर्छ तर पढाइलाई नै प्राथमिकता दिनुहुँदैन । यस दिन विश्रामलाई प्राथमिकता दिनुपर्छ तर ध्यान दिनुपर्ने कुरो के हो भने छ दिनसम्म अथक परिश्रमपछि बिदाको दिन विश्राम वा मनोरञ्जनको रूपमा खर्चिनुपर्छ । सही कुरो त के हो भने बिदाको वास्तविक आनन्द अथक परिश्रम गरेपछि मात्र प्राप्त हुन्छ ।
यसैगरी चाडपर्वलाई पनि सोही रूपमा मनाउनुपर्छ । लुगामा र· लाग्ने डरले होली खेलेर आनन्द नलिनु वा तिहारमा पटाखाको आवाजले भयभीत भई घरभित्र बसेर पढिमात्र राख्ने बानी राम्रो होइन । चाडपर्वहरूको आयोजना हाम्रो नीरस जीवनलाई सरस बनाउनका लागि आउने गर्दछ । यो हाम्रो थकाइ मेटेर हामीभित्र नयाँ ऊर्जा सञ्चार गर्दछ । यसकारण अन्तर्मनको थकानलाई जम्न नदिई बग्न दिनुपर्छ ।
प्राय: विद्यार्थी पढाइमा नोक्सान हुने भयले शादी–विवाह वा आमाबुवासँग बाहिर घुम्न जान चाहँदैनन् । यसो गर्नु मेरो दृष्टिकोणमा ठीक होइन, किनभने ३६४ दिन यदि ठीक छैन भने एक दिनको अतिरिक्त बचतले केही हुनेवाला छैन । यो एउटा बहाना मात्र हो र त्योभन्दा पनि बढी नासमझी हो । यसबाट तपाईंको व्यक्तित्व साँगुरो हुन्छ । यदि पढ्नु आवश्यक नै छ भने त्यही गएर पढ्ने समय निकाल्नु बेस हुनेछ ।
धेरै विद्यार्थीहरू यात्रामा हुने झन्झटको कल्पना गरी यात्रा गर्न चाहँदैनन् । बाटोमा हुने कठिनाइ वा परेशानीले के प्रस्ट पार्छ भने पुस्तकीय शिक्षाभन्दा बढी महत्त्वपूर्ण जीवनको शिक्षा हुन्छ । पर्यटन स्वयं एउटा किताब हो । स्थलगत भ्रमणले किताबी ज्ञानभन्दा बढी ज्ञान दिन्छ । यो यस्तो पढाइ हो जुन जीवनभरि काम लाग्छ ।
यदि तपाईंलाई एकान्त राम्रो लाग्छ भने यो नराम्रो कुरो होइन । विद्यार्थीहरूले समयको एउटा सानो टुक्रा एकान्तमा बसेर स्वयंसँग कुरा गरेर खर्चिनुपर्छ । यस बेला आफ्नोबारे सोच्नुपर्छ । आफूले गरेको कामको अवलोकन गर्नुपर्छ । यसबाट पनि तपाईंको अन्तर्मनको शक्ति जागृत हुन्छ । म पनि कहिलेकाहीं यस्तै गर्ने गर्दछु ।
विद्यार्थी जीवनमा गरिएको समयको सदुपयोगले नै जीवनको सार्थकता सिद्ध हुन्छ । समयको महत्त्व आत्मसात गरेर जीवनमा आउने अवसरको सदुपयोग गर्न सकिन्छ । हालसम्म भनिएको कुरामाथि तपाईंले कति विश्वास र अमल गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा छैन तर विद्यार्थीहरूले यसो गर्नुपर्छ जस्तो मलाई लाग्दछ । यदि तपाईंले केही गर्ने वा बन्ने सपना देख्नुभएको छ भने समय व्यवस्थापन बेगर यो सम्भव छैन । हुन सक्छ तपाईंले अहिले मेरो कुरोमाथि विश्वास गर्नुहुन्न तर जसरी–जसरी तपाईंको उमेरसँगसँगै समझदारी बढ्छ, तपाईं मेरो कुरामाथि विश्वास गर्न थाल्नुहुन्छ । क्रमश:..