प्रस, वीरगंज, १८ जेठ/
जिल्ला प्रहरी कर्यालय, पर्साले फोन मार्फत् धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न मधेसी मुक्ति मोर्चाका तीनजना कार्यकर्तालाई आज सार्वजनिक गरेको छ ।
जिप्रका पर्सामा पत्रकार सम्मेलन आयोजना गरी फोन धम्कीमार्फत् रकम असुली कार्यमा लागेको आरोपमा प्रहरीले मधेसी मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष बारा बहुअरी–४ निवासी महावीर यादव, वीरगंज उपमहानगरपालिका–११
निवासी श्यामसुन्दर पाण्डे, मोर्चाका केन्द्रीय सदस्य बारा बलिरामपुर–४ निवासी रमेश पटेललाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूबाट प्रहरीले ८ थान नेपाली र दुई थान भारतीय सिमकार्ड, विभिन्न व्यक्तिको फोटो, फोन नम्बरसमेत फेला पारेको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।
प्रहरी उपरीक्षक अधिकारीले अभियुक्तहरूले हाल वीरगंज निवासी एक ब्यपारीलाई फोनबाट रकम माग गरी रकम नदिए ज्यान मार्ने धम्की दिएको कारण निजको उजुरीको आधारमा अनुसन्धान गरी पक्राउ गरिएको बताएका थिए । पत्रकार सम्मेलनमा प्रहरीले अभियुक्तहरूले व्यापारी, उद्योगी, कर्मचारीलाई फोन गर्दै मधेसी मुक्ति मोर्चाको नाउँमा रकम माग गर्ने गरेको जानकारी गराएको थियो । मधेसी मुक्ति मोर्चा हाल सरकारसँग वार्ता प्रक्रियामा रहेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष म·ल पाण्डेले पत्रकार सम्मेलन हुनुअघि पर्सा प्रहरीलाई मोर्चाका कार्यकर्ताहरूलाई एकपटकका लागि माफी गर्न आग्रह गरेका थिए ।