$type=ticker$count=12$cols=4$cate=0

राजनीतक अस्थिरतामा पिल्सिएको श्रम बजार

SHARE:

-  शीतलप्रसाद महतो    
आखिर जे नहुनुपर्ने थियो, त्यही भयो । दलीय हठ, सत्ता सङ्घर्ष र अदूरदर्शिताका कारण नेपाली जनता आफ्नो संविधान आफैं बनाएर समृद्ध नयाँ नेपाल निर्माण गर्न पाउने ऐतिहासिक अवसर प्राप्त गर्नबाट  चुकेको छ । धेरै विषयमा सहमति भएर पनि राज्य पुनर्संरचनाको विषयमा परेको गाँठो फुकाउन नसक्दा संविधानसभा संविधान नै नबनाई विघटित हुन पुगेको छ । संविधानसभा स्वत: विघटन भएलगत्तै राष्ट्रपति, सरकार, राजनीतिक दल र ती दलहरूबीच बहुपक्षीय द्वन्द्व शुरु भएको छ । संविधानसभा विघटन भएपछि उन्पन्न राजनीतिक अन्योलले नेपाली श्रम बजार पुन: प्रसव पीडाबाट गुज्रनुपरेको छ । सबै नीतिको माउ नीति भनेको नै राजनीति हो । राजनीति ठीक नभएसम्म अरू कुनै पनि नीति ठीक हुन सक्दैन । त्यसको प्रत्यक्ष उदाहरण अहिले नेपाल बनेको छ ।
    जीवनस्तरमा सुधार हुने अपेक्षासहित सर्वसाधारणको व्यापक जनसहभागितामा भएको २०६२/०६३ को दोस्रो आन्दोलन र त्यसपछिको मधेस आन्दोलन र त्यसले जन्माएको संविधानसभा निर्वाचनपछि स्वदेशी श्रम बजारमा नकारात्मक असर परेको देखिन्छ । राजनीतिक सङ्क्रमणका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा निजी क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता र रोजगारदाताहरू मुटुमा ढु·ा राखी हाँस्नुपरेको अवस्था छ । यस अवधिमा मुलुकमा रोजगारीको अवसर नपाएर विदेशिनेको सङ्ख्या घट्नुका सट्टा अनपेक्षितरूपमा बढेकोले औद्योगिक विस्तार र अवसर सङ्कुचित भएको छ । वैदेशिक रोजगार विभागको तथ्याड्ढ अनुसार, आर्थिक वर्ष २०६३/०६४ देखि हालसम्म १६ लाख ३५ हजार नेपाली कामको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०६३/०६४ वाट वार्षिक रूपमा विदेशिने कामदारको सङ्ख्या लगातार बढेको देखिन्छ । २०६२/०६३ को आन्दोलन र त्यसपछिको मधेस आन्दोलनपछि मात्रै करिब साढे १६ लाख नेपाली विदेशिएका छन् ।
    दोश्रो जनान्दोलन, मधेस आन्दोलन र त्यसपछि भएको संविधानसभा निर्वाचनपछि मुलुकको अवस्थामा सुधार आउने आशा र विश्वास सबैतिर पलाएको थियो तर त्यस अवधिमा बढेको राजनीतिक अस्थिरता र अन्योलको वातावरणले औद्योगिक क्षेत्रमा देखिएको नकारात्मक असरले नयाँ रोजगारीको अवसर सृजना हुन सकेन । राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व र श्रमिक समस्याका कारण यस अवधिमा थुप्रै उद्योगहरू बन्द भइसकेका छन् भने कतिपय उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । यसले रोजगारीका अवसरहरू फस्टाउनुभन्दा विस्तारै साँगुरिंदै गइरहेको छ । रोजगारीका अवसरहरू साँगुरिदै जाँदा बढ्दो बेरोजगारीका कारण मुलुकमा अस्थिरता, असुरक्षा र द्वन्द्वको विस्तार हुँदै गएको छ । यसरी एकातिर नयाँ लगानी घट्ने र अर्कोतिर भएका उद्योग पनि बन्द हुँदै जानु ज्यादै चिन्ताजनक विषय हो । माओवादी शान्ति प्रक्रियामा आएयता बारा–पर्सामा मात्र झन्डै ४० भन्दा बढी उद्योग बन्द भएका छन् भने विराटनगर क्षेत्रमा करिब ३० उद्योग बन्द भएका छन् । यसरी उद्योग बन्द हुनुको मुख्य कारण श्रम समस्या र शान्ति सुरक्षाको अभाव रहेको उद्योगी व्यवसायीहरूको धारणा छ । मुलुकमा देखिएको राजनीति द्वन्द्व र अस्थिरताका कारण यस अवधिमा एकातिर बन्द हुन पुगेका उद्योग प्रतिष्ठानमा काम गरिरहका श्रम शक्तिसहित विदेशिएको छ भने अर्कोतिर औद्योगिक प्रतिष्ठानहरूमा बढ्दो श्रम समस्याले लगानीमैत्री वातावरण बन्न नसक्दा मुलुकभित्र नयाँ लगानी पनि अत्यन्त कम भित्रिएको छ ।
    यसका साथै मुलुकमा देखिएको राजनीतिक अस्थिरता, बिग्रँदो शान्तिसुरक्षा, लगानीमैत्री वातावरणको अभाव, श्रम सम्बन्धमा उत्पन्न विवाद, भौतिक पूर्वाधारको अभाव र विद्युत् सड्ढटजस्ता समस्याका कारण उत्पादनशील क्षेत्रमा लगानी हुने अवस्था सृजना हुन सकिरहेको छैन भने अर्कोतिर आन्तरिक र बाहय कारणले औद्योगिक उत्पादन खस्कँदो र बेरोजगारी बढ्दो छ । पछिल्लो पाँच वर्षमा नेपालको उत्पादनमूलक क्षेत्र औसत शून्य दशमलव ३ प्रतिशतको झिनो वृद्धिदरमा सीमित भएको छ । लगानी भित्रिन नसक्दा बेरोजगारीको चर्को मार खेपिरहेको हाम्रो मुलुकका झन्डै ३५ लाख युवाले अहिले पनि विदेशमा सस्तो श्रम बेचिरहेको यथार्थ छ । आर्थिक वर्ष २०६२/०६३ तिर वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको सङ्ख्या दैनिक ४ सयको हाराहारीमा थियो । अहिले यो सङ्ख्यामा उच्चदरले वृद्धि भई १३/१४ सय पुगेको छ । पटक–पटकको बन्द, हडताल र अस्थिर राजनीतिले बिग्रेको लगानीको वातावरणका कारण स्वदेशमा अवसर नपाएपछि कामका लागि विदेशिने नेपाली युवाको सङ्ख्या चालू आर्थिक वर्षको पहिलो १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याड्ढअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म काम खोज्दै विदेशिने नेपालीको सङ्ख्या ३ लाख १३ हजार ९३ पुगेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा गत वर्षको सोही अवधिको तुलनामा ४७ हजारभन्दा बढी नेपाली युवा विदेशिएका छन् । गत वर्षको यसै अवधिमा २ लाख ६९ हजार ३ सय ६७ विदेशिएका छन् ।
    साउन, भदौं, असोज र कात्तिकमा विदेशिनेको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा क्रमश: ५१ दशमलव १५ प्रतिशत, ४९ प्रतिशत, १३ दशमलव ७२ प्रतिशत र ९८ दशमलव १४ प्रतिशतले बढेको छ । मङ्सिर, पुस, माघ र वैशाखमा विदेशिनेको सङ्ख्या क्रमश: २३ दशमलव ६९ प्रतिशत, २८ दशमलव ६६ प्रतिशत, ५ दशमलव ९ प्रतिशत र शून्य दशमलव ११ प्रतिशतले घटेको तथ्याड्ढ छ । फागुन र चैत्रमा क्रमश: ४ दशमलव ६४ प्रतिशत र १४ दशमलव ३६ प्रतिशतले बढेको छ ।
    यस अवधिमा कामको खोजीमा विदेशिने नेपालीको सङ्ख्या सबैभन्दा बढी कतारमा छ । कतारमा ९१ हजार २ सय ४३ नेपाली युवा कामको खोजीमा गएका छन् । त्यसपछि धेरै कामदार जाने मुलुक मलेसियामा ७२ हजार ४ सय ६०, साउदीमा ६३ हजार ८ सय ६७, संयुक्त अरब इमिरेट्समा ४७ हजार ८ सय ३३ र कुवेतमा २० हजार १ सय ४५ पुगेका छन् । सरकारले आफैं पठाउने दक्षिण कोरियामा चालू आवको पहिलो १० महिनामा ३ हजार ७ सय ६३ कामदार गएका छन् । चालू आवको पहिलो १० महिनामा विदेशिनेहरूमध्ये २ लाख ९४ हजार ८ सय ५६ जना पुरुष र १८ हजार २ सय ३७ जना महिला छन् । ती मध्ये २ लाख २ हजारले संस्थागत श्रम स्वीकृति तथा १ लाख ११ हजार व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । यसरी युवा जनशक्तिको अपार श्रम विदेशमा पोखेर समृद्ध राष्ट्रको कुरा गर्नर्ु उपयुक्त होइन । स्वदेशमैं रोजगार पाएको भए दैनिक १३/१४ सय युवा विदेशिने थिएनन् ।
    समृद्ध राष्ट्र निर्माणका लागि अपार स्रोत र साधनको सम्भावना बोकेको हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण नहुँदा सबल राष्ट्र निर्माणमा ठूलो चुनौती उत्पन्न भएको छ । त्यसो त समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्ने प्रयत्न नभएको होइन । तर त्यस्ता प्रयास र पहल राजनीतिक खिचातान र अन्योलका कारण प्रभावकारी सिद्ध हुन सकेको छैन । साँच्चिकै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण गर्ने हो भने मुलुकमा शान्ति, स्थायित्व र लगानीमैत्री वातावरण निर्माण हुनै पर्दछ । यसका लागि सम्बन्धित सबै पक्ष अत्यन्त सजग र जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ ।
कजष्तबmिबजबतय२ नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजनीतक अस्थिरतामा पिल्सिएको श्रम बजार
राजनीतक अस्थिरतामा पिल्सिएको श्रम बजार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgE8AyuqTsLJbSIR1QU9rWTIelqg4PiDjfMsBh0PfhM_ITVXhHydgNbZxCwZtd8BbhK-HaTdYH57Pf7XHKuPHgXIasoDBA6IY8vEcRFFVfb6P0MkgWMfLFc7l2IIGBCKyNnkcaaoKB2a10/s200/shital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgE8AyuqTsLJbSIR1QU9rWTIelqg4PiDjfMsBh0PfhM_ITVXhHydgNbZxCwZtd8BbhK-HaTdYH57Pf7XHKuPHgXIasoDBA6IY8vEcRFFVfb6P0MkgWMfLFc7l2IIGBCKyNnkcaaoKB2a10/s72-c/shital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/05/blog-post_5057.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/05/blog-post_5057.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy