- रेणु गुप्ता
समय परिवर्तनसँगै मानिसको व्यवहार र सोच पनि परिवर्तन हुन्छ । मानिस जहिले पनि विकासतिर लम्कन खोज्छ तर विकासको नाममा कहिले राम्रो काम हुन्छ त कहिले नराम्रो कामसमेत हुने गर्दछ । राजनीति पनि मानव विकासको महत्त्वपूर्ण पक्ष हो । देशमा धेरै राजनीतिक परिवर्तनहरू भएका छन् तर व्यवहारमा खासै परिवर्तनहरू हुन नसक्दा समाज खासै अगाडि बढ्न सकेको छैन । देशमा प्रजातन्त्र आएपछि धेरै क्षेत्रमा विकास र परिवर्तनहरू भएका छन् । महिलाले पनि शिक्षा, स्वास्थ्य, रोजगार, पत्रकारिता, राजनीति क्षेत्रमा सहभागिता गर्दै अगाडि बढ्ने मौका पाएका छन् तर महिलामाथिको हिंसामा भने कमी आउन सकेको छैन ।
महिलाप्रतिको सोचमा सामान्य परिवर्तन आएको भएपनि समग्र दृष्टिकोण सकारात्मक हुन सकेको छैन । यदि कुनै महिला अगाडि बढ्न चाहन्छन् भने उनका अगाडि अनेक बाधा–अडचन तेर्सिन आउँछन् । पुरुषको तुलनामा महिलाले पाइलैपिच्छे सङ्घर्ष गनुपर्ने बाध्यतार चुनौती हुन्छ ।
समान कामको लागि समान ज्याला, रोजगारीमा समानुपातिक सहभागिता तथा निर्णायक र नीति निर्माण तहमा महिलाको पहुँचजस्ता पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेपाली महिला काम गर्ने ठाउँमा अनेक किसिमले ठगिने क्रम रोकिएको छैन । खुला समाजको सामाजिक परिवर्तन स्विकार्दै परिवारको आर्थिक संरचनामा योगदान दिन विदेशमा काम गर्न पुगेका महिलाहरू अनेक किसिमको शोषणमा परेका छन् । यस्ता महिलाले काम गर्ने ठाउँमा शारीरिक र मानसिक दुवै किसिमको शोषणको अवस्था छ । महिनौं काम गर्दा पनि तलब नदिने, राम्ररी खान नपाउने, अठार घण्टासम्म काम गर्नुपर्ने जस्ता श्रम शोषणको सामना महिलाहरूले गर्नुपरेको छ । बिरामी पर्दा ओषधोपचार नहुने, घरमा खुलेर कुरा गर्न नपाइने र घर मालिक तथा अन्य सदस्यको कुटाइ खानुपर्ने शारीरिक र मानसिक यातना भोग्नु ‘हाउस–मेड’को दैनिकी भएको सुनिन्छ । विरानो मुलुकमा कसैको घरमा हाउस मेडको रूपमा काम गरिरहेका महिलाले यस्तो शोषणको विरोध गर्दा चोरीको आरोपमा जेलसमेत जानुपर्छ । विदेशका विभिन्न जेलहरूमा सयौं नेपाली महिला रहेका समाचारहरू आइरहेका छन् ।
विदेशमा काम गर्दा महिलाले यौन शोषणमा पनि पर्नुपरेको छ । यहींबाट विदेशमा राम्रो काम लगाइदिन्छु भन्दै दलालहरू शोषणको जालो फिंजाउँछन् । अझ भिसा नभई भारत हुँदै विभिन्न देशमा उड्ने नेपाली महिलाको देशबाटै यौन शोषण शुरु हुन्छ र यो शृङ्खला विदेशमा पनि जारी रहन्छ । नेपालबाट सुनौलो भविष्यको खोजीमा विदेश पुगेका नेपाली महिलाले हाउस–मेडको काम पाउँदा केही क्षण खुशीको अनुभूति भए पनि नारकीय जीवन बिताउनुपर्छ । कतिपय महिला त हाउस–मेडको नाउँमा यौनदासीको काम गर्नुपर्छ । एकछिन पनि आराम गर्न नपाई पशुजस्तै व्यवहार सहेर निरन्तर काम गर्दागर्दै घरका सबै वयस्क पुरुषको यौनेच्छा पूरा गर्नुपरेका उदाहरणहरू सार्वजनिक भएका छन् । कतिपयमा त प्राणघातक रोगहरू तथा एड्स पनि सरेको छ ।
विदेशमा काम गर्न गएका दर्जनौं महिलाले बच्चा बोकेर फर्कनुपरेको, गर्भ बोकेर फर्केको उदाहरण पनि छ । बच्चा वा गर्भ बोकेर विदेशबाट फर्केका नेपाली महिलाको पारिवारिक जीवन तहसनहस भएको छ । समाजमा पनि राम्रो दृष्टिले हेरिंदैन । त्यस्ता बच्चाको सामाजिक समायोजन हुन सकेको छैन । प्राय: यस्ता महिलाहरू बच्चासहित घर छाडेर कुनै बजार वा सदरमुकाम तथा राजधानीमा चिया पसल र होटल सञ्चालन गरेर जीविका चलाइरहेका छन् । कतिपय त्यक्ताहरू त यौनव्यवसाय समेत चलाइरहेका छन् ।
माइती नेपाल नामक संस्थाको अध्ययन अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरूमा यौन र श्रम शोषणका घटनाहरू बढ्दो छ । भारत र खाडीबाहेक ब·लादेशमा पनि नेपाली चेलीलाई देहव्यापारमा लगाइएको पाइएको छ । ललाइफकाइ विदेशमा काम लगाइदिने बहानामा नेपाली चेलीलाई नारकीय जीवनतर्फ धकेल्ने क्रम अझै रोकिएको छैन । कतिपय अवस्थामा पति, बुबा वा यस्तै निकटतम अभिभावकद्वारा चेली बेचिएका घटना सार्वजनिक नभएका होइनन् ।
विदेशमा काम गर्न गएका कतिपय महिला मानसिक, शारीरिक तथा यौन शोषण सहन नसकेर आत्महत्या पनि गरेका छन् । विदेश जान प्रोत्साहन दिने पतिहरू यहाँ अर्कैसित लहसिने, उता राम्रो काम गरिरहेको भए पनि अनेक लाञ्छना लगाउने तथा फर्केर आएपछि यातना दिने कामहरू भएका छन् । यसकारण पनि केही महिलाले आत्महत्या गर्नुपरेको वा पारिवारिक विघटन सहनुपरेको देखिन्छ । यस्ता महिलाप्रति नेपाली समाजको दृष्टिकोण पनि सकारात्मक रहेको छैन ।
घरमा जति धेरै काम गरेपनि महिलाको श्रमको मूल्याड्ढन हुँदैन । यस्तो अवस्थामा कतिपय महिला रहरले पनि घरखेत बेचेर, बन्धक राखेर, चर्को ब्याजमा ऋण लिएर धन कमाउने आशा वा धनी हुने विश्वासमा सम्मान र ज्यान सबै गुमाइरहेका छन् । जब जीउज्यान र सम्मान नै सुरक्षित छैन भने विदेश गइरहनुको के औचित्य ? यथार्थमा हेर्ने हो भने नेपाली महिला देशभित्र र बाहिर यौन र श्रम शोषणमा परेका छन् । यसकारण अलिकति सचेत र थोरै सक्षम भइदिने हो भने विदेशभन्दा स्वदेशमा नै कामको अवसर पर्याप्त छ । श्रम शोषणलाई यहाँ खासै ठूलो रूपमा नलिइए पनि हाम्रो सामाजिक संरचना र संस्कारले यौन शोषणलाई ठूलै अपराधको रूपमा लिने गरेको छ । गम्भीर यौन शोषणका घटनामा अदालतले पनि महिलाको साथ दिएको देखिन्छ ।
विदेशमा निरन्तर नेपाली महिलाको शोषण भइरहेको समाचार आइरहँदा एकातिर नेपाली महिलाको अन्तर्राष्ट्रिय बदनामी बढेको छ भने सम्पूर्ण नेपालीको पनि मर्यादा भत्किएको छ । यस्तो अवस्थामा नारकीय जीवन बिताउने दिशामा जानीजानी आफूलाई नधकेल्न दिदीबहिनीहरू सचेत हुनु जरुरी छ । बरु महाकवि देवकोटाले मुनामदनमा भनेझैं यहीको माटोमा रगत–पसिना चुहाई साग र सिस्नु आनन्दी मनले खाएर स्वर्गको अनुभूति गनु बेस । विदेशको झिलीमिलीपूर्ण आकर्षणले सन्तानलाई समेत हीनताबोध हुनेगरी जीवन नरकसरी अकल्पनीय दु:खमय पनि हुन सक्छ ।