–कुमार रुपाखेती
२००७ सालमा राणाहरूको चङ्गुलबाट मुलुकलाई बचाउन आन्दोलन भयो । २०१७ सालमा स्व. राजा महेन्द्रले सक्रिय राजतन्त्रका निम्ति ‘कू’ गरे । २०४६ सालमा प्रजातन्त्रका खातिर आन्दोलन भयो र २०६२/०६३ मा ज्ञानेन्द्र हटाउन र गणतन्त्र ल्याउन आन्दोलनको हुरी बतास ल्याइयो । यी आन्दोलनहरू सबैले बुझ्ने खाले नेपाली आन्दोलन थिए । अहिले पनि मुलुक चर्को आन्दोलनको भँवरमा फसेको छ । करिब दुई हप्तादेखि चर्केको आन्दोलनमा मुलुकका सबै क्षेत्र ठप्प छन् । तर यो आन्दोलनलाई मैले बुझ्न सकेको छैन । प्रमुख राजनैतिक दलहरूको काबुबाहिर गइरहेको यो आन्दोलनलाई नियन्त्रण गर्ने बुता कुनै पनि दलहरूसँग छैन । मुलुकको ससाना भूभाग र ससाना शक्तिहरू आआफ्नै स्वार्थलाई प्राथमिकता दिंदै सरकारी संयन्त्रलाई चुनौती दिंदै अराजक किसिमले आन्दोलनको नाममा सक्रिय छन् । यो एउटा यस्तो अराजक आन्दोलन साबित भएको छ, जसको कुनियतको शिकार अधिकांश मिडिया र पत्रकार बनेका छन् । पत्रकारहरूलाई प्रमुख दुश्मन ठान्दै सञ्चालित यो देशव्यापी आन्दोलनको प्रकृति पनि विचित्रको छ ।
‘राम तेरी ग·ा मैली हो गइ’ भनेझै वर्तमान आन्दोलनले नेपाली आकाश रङ्मगिएको छ । कतै लाठी जुलुस, कतै आगजनी, कतै तोडफोड, कतै आन्दोलनमा न कुनै अगुवा छ न नीति । बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने पूर्व बडामहाराजाधिराज पृथ्वीनारायण शाहको उपलब्धिहरूलाई मटियामेट गर्ने प्रयास गरिरहेको यो आन्दोलनलाई कसै–कसैले पहिचान र स्वायत्तताको जामा पहिराउन खोजेको देखिन्छ । ‘ग्रेटर नेपाल’ को सपना देख्नेहरूका लागि यो कथित आन्दोलन ‘उडायो सपना सबै हुरीले’ साबित भएको छ । मुलुकले संविधान पाउने अन्तिम क्षणमा अकासिंदै गएको यो आन्दोलन, आन्दोलन नभएर शक्ति प्रदर्शनको प्रतीक साबित हुँदै गएको छ । छिनेर लेऊ, खोसेर लेऊ प्रवृत्तिको यो आन्दोलन वास्तवमा आन्दोलनको नकाबमा मनपरीतन्त्रको अनुपम र उत्कृष्ट नमुना बनेको छ । जबरजस्ती बजार र यातायात बन्द गराइएको छ, कृत्रिम अभाव र महँगी सिर्जना गराइएको छ, साम्प्रदायिक सद्भाव भाँडिएको छ, भूगोल र जातीयतालाई नीति, सिद्धान्त र राजनीतिभन्दा माथि उठाइएको छ । अब यस्तो भद्रगोल अवस्था सिर्जना गर्ने क्रियाकलापलाई कसरी आन्दोलन भनेर बुझ्ने ?
जसको कुनै लक्ष्य, उद्देश्य र स्थिरता हुँदैन, त्यो आन्दोलन हुनै सक्दैन । आन्दोलनले त सद्भाव, भाइचारा र समानताको सन्देश दिन्छ । के यो आन्दोलनले मुलुक र जनताको हितमा त्यस्तो कुनै सुवास (बास्ना) छर्न सकेको छ । यसले त उल्टै विभेद जन्माएको छ, सहिष्णुता घटाएको छ, सुसूचित हुने अधिकार कुण्ठित गरेको छ, असुरक्षा बढाएको छ । थुप्रै मुलुक संवेदनशील अवस्थामा रहँदा अराजक आन्दोलनका शिकार भएका छन् । शायद हामी पनि यस्तै नियति भोग्दैछौं । जुन मुलुकका मुलुक हाँक्ने प्रमुख नेता र दलहरू अक्षम हुन्छन्, त्यस्ता मुलुकले ठूलो क्षति भोग्नुपरेको इतिहास छ, शायद यो आन्दोलनको आडमा हामीसमेत यस्तै अराजकताको छेवैमा पुगेका छौं । जनकपुर जानोस् एक किसिमको आन्दोलन, काठमाडौंमा अर्कै किसिमको, वीरगंजमा तेस्रो किसिमको, पश्चिममा फरक किसिमको माग र आन्दोलन सहजै महसुस गर्न सकिन्छ । यो थरिथरिको, किसिम–किसिमको आन्दोलनले नेपाल र नेपालीलाई कुन स्थानमा स्थानान्तरण गर्ने हो, हकिकत वर्णन गर्न गार्हो छ । कहाँ अनेकतामा एकता, कसैको मर्यादा नगर्दै सबैको मानमर्दन गर्दै धडल्लेले सम्पूर्ण राष्ट्रलाई चिन्तित तुल्याउँदै अघि बढिरहेको वर्तमान प्रक्रियालाई विभिन्न सम्प्रदाय र समूहहरूले आ–आफ्नै किसिमले आन्दोलन भन्दै व्याख्या गरे तापनि वर्तमान आन्दोलनलाई म र मजस्ता थुप्रै नेपाली दाजुभाइहरूले बुझ्न सकेका छैनन् । आन्दोलनकारीहरूसमेत यति व्यस्त छन् कि न उनीहरूलाई यो आन्दोलनबारे बुझाउने फुर्सद छ न बुझाउन नै चाहन्छन् । थुप्रै कोणबाट हेर्दा मैले पनि यो आन्दोलनलाई बुझ्न सकिनँ । वास्तवमा मैले बुझ्न नसकेको यो आन्दोलन कति लम्बिने हो त्यो कसैले भविष्यवाणी गर्न गार्हो थियो, किनकि आन्दोलनको ब्रेकफेल भइसकेको थियो । धन्य संविधानसभाको अवसान जसले यी तमाम मिडिया र पत्रकारको विपक्षमा लाग्ने, श्रमजीवीहरूको विरोध गर्ने र आमनागरिकको सुसूचित हुने अधिकार खोस्ने आन्दोलनलाई मैले बुझिनँ त के बुझिनँ, अरू कसैले पनि बुझ्न सकेको छैन कि छैन कुन्नि । विदेशी सञ्चार माध्यमहरूले समेत यो बेमौसमी आन्दोलनलाई महत्त्व दिएको देखिएन ।