प्रस, वीरगंज, १५ जेठ/
संविधानसभाको हत्या गर्ने ६०१ जना सभासद्हरूको समाज बहिष्कार गर्नुपर्ने सहभागीहरूले बताएका छन् ।
स्वतन्त्र मधेसी फोर्सले आयोजना गरेको विरोधसभामा सो विचार व्यक्त गरिएको थियो । मत लिएर संविधान बनाउन गएका सभासद्हरू संविधानसभाको हत्या गरी फर्किरहेको बेला उनीहरूलाई कानुनले हैन जनताले दण्डित गर्नुपर्छ ।
कुर्सीको लडाइँ तथा आपसी रिसइबी साथ बिताएको ४ वर्षको समयमा खाए–पकाएको भत्तासमेत सभासद्हरूसँग असुल गर्न फोर्सलाई सहयोग गर्न वक्ताहरूले आग्रह गरेका थिए ।
स्वतन्त्र मधेसी फोर्स जिल्लाका अध्यक्ष प्रमोदप्रसाद कुर्मीको सभापतित्वमा शुरु भएको विरोधसभामा केन्द्रीय अध्यक्ष प्रदीप विश्वकर्मा, पूर्व अध्यक्ष कृष्णा पटेल, विनोद कुशवाहा, रामनारायण साह, जेपी साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी मधेसी जन अधिकार फोरमले सभासद्हरूलाई कारबाईको माग गर्दै आज वीरगंजमा विरोध र्याली प्रदर्शन गरेको छ ।
घडिअर्वाबाट निस्केको विरोध र्याली सभासद्हरूलाई देश निकाला गर, भत्ता फिर्ता गर, जनतालाई धोका दिन पाइँदैन जस्ता नारा लगाउँदै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष केदार साहको नेतृत्वमा विरोध र्याली निस्केको थियो ।
अलौका स्थानीय बासिन्दाले ६०१ जना सभासद्हरूको आज पुतला दहन गरेका छन् ।
अलौबाट निस्केको र्यालीले गाउँ परिक्रमा गरी सुख्खा बन्दरगाह अगाडि पुतला दहन गरेको थियो ।
संविधान बनाउन गएका सभासद्हरू होटल, रेस्टुरा, विदेश भ्रमणमा बिताई राज्यको अर्बौं रुपियाँ खर्च गरे तर संविधान नबनाएको भन्दै विरोधस्वरूप पुतला दहन गरिएको गाविसका पूर्व अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताए ।