नेपालमा विगत केही दशकदेखि हत्या, हिंसा, लुटपाट, अपहरण, चोरी, डाँकाजनी सामान्य नै भइसकेको छ । यस्ता कुराहरू अब अखबार र पाठकका लागि औपचारिक खबर मात्र बन्ने गरेका छन् । तर पूर्व–पश्चिम राजमार्गमा भएको चौधवटा ट्रक लुटिने घटनाले भने काल पल्कने डर उत्पन्न गराएको छ । लुटको त्यो तरिका लुटमार गर्नेहरूको संस्थागत कार्यनीतिको झझल्को दिने खालको छ । काठमाढौंबाट हिंडेको चौधवटा ट्रकलाई पहिले धादिङमा लुट्ने प्रयास गरियो । बेलैमा प्रहरी पुगेको हुँदा ट्रक लुटिन पाएन । प्रहरीले नारायणघाटसम्म स्कर्टिङ गरेर ट्रकलाई सुरक्षित छाडिदियो । अन्तत: नारायणघाट पारी नवलपरासी जिल्लाको डन्डा भन्ने ठाउँमा ती ट्रक लुटिए । ट्रकमा कसो लुटेराहरूलाई काम लाग्ने मूल्यवान वस्तु केही थिएन । तिनमा गधा र खच्चरमात्र लादिएका थिए । लुटेराहरूले ट्रक चालकसँग जनही रु. तीन र चार हजार लिए । हुनत प्रहरीले नारायणघाटबाट डन्डासम्म ट्रकहरूलाई स्कर्टिङ नगरेको पनि होइन । तर लुटेराहरूले निरन्तर दृष्टि राखेका थिए र प्रहरी फर्कनेबित्तिकै बीच ज·लमा रोकेर लुट मच्चाए ।
लुटपाट सामान्यझैं लाग्दछ । १४ वटा ट्रकबाट औसत चार हजार नै लुटेको भएपनि बढीमा ५६ हजार रुपियाँ लुटियो । तर लुटको प्रक्रिया भने डरलाग्दो छ । धादिङमा ट्रक लुट्न नसकेपछि लुटेराहरूले पशु चिकित्सकलाई कुटपिट गरेका थिए र नवलपरासी खबर गरेर त्यहाँका लुटेराहरूलाई ट्रक लुट्न निर्देश दिएका थिए । राजमार्गमा संस्थागत कार्य प्रणाली अपनाएर अपराधवृत्ति जन्मन थालेको यसले सड्ढेत गर्दछ । एकताका भारतमा बिहारदेखि दक्षिण भारतसम्म अपराधीहरूको यस्तै सञ्जाल रहेको सुनिन्थ्यो । कुनै एक यात्री बिहारमा कसैको नजरमा चढयो भने ऊ कहीं न कहीं लुटिन्थ्यो नै । ऊसँग रहेको धनबारे प्रामाणिक खबर ठाउँ–ठाउँमा पुगिरहन्थ्यो । यो त सुनेको कुरामात्र हो । नेपालमा प्रत्यक्ष देख्न पाइयो । यसरी लुटेराहरूको सञ्जाल बन्ने हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म को सुरक्षित रहन सक्दछ र प्रहरीले कतिघरी स्कर्टिङ गरी सुरक्षा प्रदान गर्न सक्दछ ? प्रहरीको पनि आफ्नो सीमा छ । उसका स्रोत र साधन सीमित छन् । प्रहरीसँग पर्याप्त जनशक्ति र यातायातका साधन छैनन् । भएका साधनहरू सञ्चालन गर्न पर्याप्त मात्रामा इन्धन आपूर्ति छैन ।
एकताका राजमार्गको पथलैयादेखि बागमतीसम्म त्यसैगरी दिनहुँजसो लुटपाट हुने गर्दथ्यो । रात्रिबसका यात्रुहरू धेरैपटक लुटिए । केही सीप नलागेर त्यस क्षेत्रमा ठाउँ–ठाउँमा सशस्त्र प्रहरी बिट स्थापना गरिएपछि अहिले लुटपाटको घटनामा कमी आएको छ । नेपाल सरकारले वर्तमान स्थितिमा, प्रहरीको क्षमतामा यो दुरुह कार्यमा रोक लगाउन सक्छ ? गार्हो देखिन्छ । स·ठित अपराधको यो एउटा नमुना हो । अपराधलाई आरम्भमैं नियन्त्रण गर्न सकिएन र यसले सुदृढ स·ठन खडा गर्यो भने भोलि निर्मूल त के नियन्त्रण गर्न पनि गार्हो हुन्छ । यसै घटनामा धादिङमा पशु चिकित्सकलाई कुटपिट गर्ने व्यक्तिहरूलाई केरकार गर्ने हो भने तिनको समूह कहाँ–कहाँ छ भन्ने पत्तो लाग्न सक्छ र तदनुरूप कारबाई गरी आरम्भमैं नियन्त्रण गर्न सकिन्छ । होइन, दण्डहीनताबाट प्रश्रय पाएर भोलि राजमार्ग लुटेराहरूको देशव्यापी सहकार्य बन्न पुग्यो भने प्रहरी त के सेना परिचालन गरेर पनि न अपराध रोकिन सक्छ न अपराधी नै पक्राउ गर्न सकिने छ ।