- चन्द्रकिशोर
वर्तमानमा पत्रकारिताको एउटा समस्या छ, जो प्रवृत्तिगतरूपमा विद्यमान छ । हामी पत्रकारहरू आफूभन्दा अग्रजलाई सम्मान गर्न सड्ढोच देखाउँछौं, आफ्ना समकालीनहरूको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनौं र आफूभन्दा पछिको पुस्तालाई प्रतिस्पर्धी ठानेर उसको खुट्टा तान्ने काम गर्छौ । आफूभन्दा पहिलेदेखि पत्रकारिता थालनी गरेकालाई आदर गरिदिदां आफ्नो हैसियत र खुबीमा र्हास आउँदैन, त्यस्तै आफ्ना समकालीनहरूमा पनि राम्रो गरिरहेका छन्, उनको कामले पनि उचाइ हासिल गरेको हुन सक्छ भन्ने बुझाइ राख्दा आफ्नो केही घाटा हुँदैन । त्यसैगरी नयाँ पुूस्ताको तरक्कीलाई न छेको लगाउन सकिन्छ, न ऊसँग प्रतिस्पर्धा गरेर नै जित्न सकिन्छ, तर पनि त्यो पुस्तालाई प्रतिस्पर्धी ठानेर उसको यात्रा र उत्साह कमजोर बनाउन खोज्नु मुख्र्याइँ हो । हो, तपाईं स्वयंमा क्षमता, योग्यता र पत्रकारितासँग जोडिएको मूल्य–मान्यता छ भने तपाईंको यात्रालाई कसैले विराम दिन सक्दैन, तपाईं स्वयंलाई विराम दिने तपाईं आफैं हो । यी कुराहरू नबुझिदिंदा पत्रकारहरू स्वयं तनावमा रहन्छन्, अरूलाई तनावमा पार्छन् र नानाथरिका बखेडाहरू खडा गरिरहन्छन् ।
प्रस· पत्रकार उपेन्द्र लामिछानेको हो । उनी बारा– पर्सालाई कार्य क्षेत्र बनाई विगत ८ वर्षदेखि क्रियाशील थिए र उनी अब काठमाडौं डेटलाइनमा झुल्किंदैछन् । उनले आफ्नो कार्यकालको आधा समय कान्तिपुर दैनिकमा र आधा नागरिक दैनिकमा व्यतीत गरे, तर यस अवधिभित्र उनले आफ्नो चिनारी बनाउन सफल भए । पत्रकारिता पेशाको हाँक र माग भनेकै आफ्नो मौलिक चिनारी बनाउनु हो । तपाईंको लेखन र चरित्र दुवैसँग जोडिएर निर्माण हुने ‘छवि’ नै पत्रकारिताका लागि आवश्यक पूँजी हो र यसैका लागि पत्रकारहरू चनाखो भएर आफूलाई समर्पित गर्छन् । उपेन्द्रले आम मानिससँग जोडिएका सामाजिक विषय वस्तुलाई पस्किने यस्तो तौरतरिका प्रस्तुत गर्न थाले जसले गर्दा उनको फरक पहिचान बन्न गयो । खास खालको फोटो र समाचार प्रस्तुत गर्ने शैली उपेन्द्रको नामसँग जोडिन गयो । उनी शहरभन्दा गाउँतिर बढी चिनिन्छन् । उनको समाचारकै कारण देशभित्र र बाहिर प्रशंसकहरूको लामो सूची छ ।
७ वैशाख २०६९ मा नागरिक दैनिकको मुख्यपृष्ठमा छापिएको समाचार ‘काजल मली स्कूल जान्नन्’मा उनले वीरगंजका डोम बस्तीकी काजल मलीको पोहोर खिचेको तस्वीरसँगै हालैको फोटोका साथ उनी स्कूल जान नसकेको कुरा उठाउँछन् । उपेन्द्र लेख्छन्–“एक वर्षअघि वीरगंज चिनी मिलनजिक डोम बस्तीमा क्यामरा बोकेर छिर्दा नीलो आँखा भएकी एक बालिकाले ध्यान खिचिन् । झुपड बस्तीमा, अभावमा बाँचेकी ८ वर्षीया काजल मली बिछट्टै राम्री थिइन् । गलामा पोते, निधारमा टीका, ओंठमा मीठो मुस्कानसहित सुनौलो केशमा सजिएकी उनी तस्वीरमा झनै आकर्षक देखिइन् । वर्ष दिनभरि उनको तस्वीर मेरो मनमा गडिरह्यो । त्यही बस्तीमा म·लवार पुग्दा मैले उनलाई ठम्याउन सकिनँ । आँगनमा खेल्दै गरेका केटाकेटीको भीडमा मैले उनलाई निकै खोजें तर भेटिइनन् । क्यामराको लेन्सले तिनै सानी नानीको तस्वीर लिन खोज्दा एउटा चिनेको मुस्कान लेन्सले कैद गर्यो । उनको गलामा पोते थिएन । टाउको मुडुलो, कान बुच्चो थियो, उनको मुस्कान भने एक वर्षअघि जस्तै निश्चल भेटें ।” यसरी उनको मन छुने प्रस्तुति पढेर कैयौं ती बालिकालाई पढाउने प्रस्ताव लिएर अगाडि आए र उपेन्द्रले बिनाप्रचार ‘परोपकारी पत्रकारिता’ लाई अथ्र्याइदिए । यस्तो प्रयास उनको पहिलो पटक थिएन, केही वर्ष पहिले उनले शीतलहरको बेला मुसहरहरूले भोगेको पीडालाई शब्द र तस्वीरमार्फत् उजिल्याइदिएर पछि–पछिसम्मपनि उनीहरूलाई सहयोग गर्ने वातावरण बनाइदिएका थिए ।
उनी यहाँ कार्यरत रहँदा मधेसी समाजका विषय–वस्तुलाई तस्वीर र शब्दमार्फत् पाठकहरूलाई ‘वाह’ भन्न कर लाग्नेगरी पस्किने गर्दथे । मधेसी आन्दोलनकै क्रममा कैयौं पत्रकार मधेसीहरू भूमिगत हुनुपरेको वा विस्थापित हुनुपरेको बताइराखेको बेला आन्दोलनका तस्वीरहरू खिच्न उपेन्द्रलाई कहिलेपनि असहज भएन । आन्दोलनकारीहरू उनलाई चिन्थे र आदर गर्थे र यसको एक मात्र कारण उनको काम गर्ने र प्रस्तुत गर्ने शेैली थियो । सामाजिक सद्भावका लागि पनि उनले प्रस्तुत गरेका कैयौ फोटाहरू सङ्ग्रहणीय छन्, उनका कैयौं समाचारहरू पाठकहरूले कटिङ गरेर राखेका छन् । उनी सामाजिक विषयसँग जोडिएका मसिना कुराहरूलाई पनि बेजोडले साथ उठाइदिन्थे । स्वयं पत्रकारहरू नै भन्थे–“ए यो पनि समाचार बन्दो रहेछ ।” गाउँ–घरतिर भेटिने सामान्य मानिसका असाधारण चरित्रलाई उनी सजिलै समाउँथे र त्यसलाई पस्किहाल्थे । हो, यिनै कारणहरूले गर्दा बारा–पर्साका सैकडौं पत्रकारहरू माझ उपेन्द्र लामिछाने फरक अन्दाजका साथ चिनिए ।
उपेन्द्र समाचारका साथै क्यामरा चलाउने पत्रकार थिए । उनका प्राय: समाचारहरू तस्वीरको पूरकको रूपमा देखापथ्र्यो । वीरगंजको सामाजिक आरोह–अवरोहको अत्यन्त संवेदनशील कालखण्ड उनले यस क्षेत्रमा व्यतीत गरे र उनका क्यामरामार्फत् अनेकौं पक्ष सुरक्षित पारिएका छन् जो भोलिका दिनमा राम्रो तस्वीर–पुस्तक र फोटो प्रदर्शनीका लागि उपयोगी हुन सक्छन् वा भनौं स्वयं उनकै लागि उपयोगी हुन सक्छ । यस क्षेत्रका सीमान्तकृत, पिछडिएका आममानिसहरूको हाँसो, उल्लास र रोदनलाई उनले बडो मनोयोगपूर्वक क्यामरामा सुरक्षित पार्ने प्रयत्न गरेका छन् । उनले खिचेका कैयौं बालिकाहरूको निरन्तर फ्लोअप गरेर त्यसको ‘पिक्चर प्रोफाइल’ पछि निकाल्न सक्छन् ।
पत्रकारिताका क्रममा कार्यथलो परिवर्तन भइरहनु स्वाभाविक हो । त्यस हिसाबले उनी बारा–पर्साबाट काठमाडौं गए तर वीरगंज क्षेत्रको पत्रकारितामा उपेन्द्र लामिछाने शैलीको रिक्तताको अनुभूति लामो समयसम्म भइरहने छ । स्वयं उपेन्द्रलाई पनि कम चुनौती छेैन, किनकि बारा–पर्सा क्षेत्र उनको शैलीको लागि कुमारी र उर्वर ठाउँ थियो, उनको रोजाइको शैलीमा प्रतिस्पर्धी थिएनन् तर काठमाडौंमा कडा प्रतिस्पर्धा छ र अनेकौं कोणबाट लेखिएको र पढिएको क्षेत्र हो ।
उपेन्द्र पत्रकारितामा आफ्नो शैलीमार्फत् मधेस–काठमाडौं जोडने सेतु पत्रकार हुन सक्छन् किनभने उनले यस क्षेत्रको हार्दिकता, सहजता र आत्मीयता बुझेका छन् । समाजमा पत्रकारहरूलाई माया गर्नेहरू छन् भनेर चिनेका छन् । उनको अनुभवले काठमाडौंका पत्रकारहरूमा मधेसबारे व्याप्त भ्रम र आशड्ढा चिर्न सक्यो भने त्यसले पनि निकै फाइदा पुर्याउँछ । अहिले कसैप्रति प्रयोग गर्ने शब्दहरूप्रति सजग र सन्तुलित हुनुपर्छ भन्ने व्यापक मान्यता चलिरहेको बेला उनको शारीरिक कदलाई हेर्दै ‘होचा’ भन्नु उपयुक्त होइन तैपनि उनको पत्रकारिताबारे आफूलाई प्राप्त जानकारी र सूचनाका आधारमा भन्न मन लाग्छ– ‘होचा कदका अग्ला पत्रकार’ । उनको सार्थक पत्रकारिता निरन्तर चल्दै गरोस् र उनको पत्रकारिता व्यक्तित्वमा वीरगंज क्षेत्र जोडिएर आइरहोस् भन्ने शुभकामना छ ।