– डा. रवीन्द्रकुमार ठाकुर
कल्पना कक्षा १२ मा पढ्ने १९ वर्षीया अनुशासित केटी हुन् । उनी प्रत्येक दिन क्याम्पस जाने गर्छिन् । विगतका परीक्षाहरूमा उनी सदैव उत्कृष्ट अड्ढ ल्याइ उत्तीर्ण भएकी छन् । उनको बानी, व्यवहार तथा पढाइले गर्दा आमाबुबा मात्र हैन क्याम्पसका सहपाठीदेखि शिक्षकसम्म उनलाई आदर्शको रूपमा हेर्ने गर्छन् । कल्पनाको आमाबुबालाई विगत केही महिनादेखि उनको बानी, व्यवहार तथा रहनसहनमा परिवर्तन महसुस भएको छ । आजभोलि उनी पहिलाभन्दा धेरै सरसफाइमा ध्यान दिने गर्छिन् । आफ्नो हातखुट्टा तथा लुगाफाटालाई बारम्बार धुने गर्छिन् । उनलाई सबै चीजमा फोहर लागेको अनुभव भइरहेको छ । यहाँसम्मकि उनले दुई/तीनवटा मोबाइललाई साबुनपानीले धोएर बिगारीसकेकी छिन् । उनको व्यवहारमा परिवर्तन देखेर आमाबुबा सार्है चिन्तित भएका छन् । उनीहरू कल्पनाको समस्या लिएर धामी, झाँक्रीकहाँ समेत गइसकेका छन् र दानदक्षिणामा समेत धेरै खर्च गरिसकेका छन् । उनीहरूमा यो कुनै दुष्ट आत्मा, भूत वा प्रेतले गर्दा भएको विश्वास छ । हुन पनि हो कमजोर आर्थिक अवस्था, अशिक्षा तथा अज्ञानताले मानिसलाई सदैव पछाडि धकेलिरहेको हुन्छ । यो एक किसिमको रोग हो भन्ने पटक्कै विश्वास गर्दैनन् । एकदिन यो कुरा छिमेकीले थाहा पाएपछि चिकित्सकलाई सम्पर्क गर्न सल्लाह दिए । कल्पनाको आमाबुबा बहिर· विभागमा प्रवेश गर्ने बित्तिकै आजकाल मोबाइल धुने कस्तो रोग चलेको हो भन्ने मसँग प्रश्न गरे । मैले पनि नआत्तिकन कल्पनाको समस्या बुझ्ने प्रयास गरे । मैले उहाँहरूलाई यो एक किसिमको रोग हो र उपचार गरेपछि ठीक पार्न सकिन्छ भनी विश्वास दिलाउन सफल भए । हो यो एक किसिमको मानसिक रोग हो । जसलाई मनोचिकित्साको भाषामा हामी इदकभककष्खभ ऋयmउगकिष्खभ म्ष्कयचमभच ९इऋम्० भन्छौं । त्यसैले ओसीडी के हो, किन हुन्छ र कसरी पहिचान गर्ने भन्नेबारे सर्वसाधारणलाई जानकारी दिन उचित ठाने । अब्सेसिभ कम्पलसिभ डिसअर्डरमा दुईवटा अवयवहरू छन्– अब्सेसन र अर्को कम्पलसन ।
अब्सेसन भन्नाले मान्छेको दिमागमा एउटै विचार, आवेग वा आकृति बारम्बार घण्टौंसम्म आइराख्नु हो । त्यो विचार वा आवेग अनुसार व्यवहार गर्नु नै कम्पलसन हो । यो रोग २०–२२ वर्षको उमेरमा बढी देखापर्छ र वयस्क उमेरमा पुरुष र महिलामा बराबरी देखिन्छ भने किशोरावस्थामा महिलाभन्दा पुरुषमा बढी देखिन्छ । यो रोगको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन तथापि वैज्ञानिक अनुसन्धानको आधारमा विभिन्न तत्त्वहरूलाई दोषी ठहराएको छ । यो रोग एउटै वंशको सदस्यहरूमा तीनदेखि पाँच गुणा बढी पाइएको छ । त्यसैले वंशाणुगत हो भन्ने पनि शड्ढा गर्न सकिन्छ । यो रोग गु्रप ए बिटा हेमोलाइटिक स्ट्ेरपटोकोकस ब्याक्टेरियाबाट सङ्क्रमित भएका तथा क्थमभलजबmक ऋजयचभब भएको मान्छेमा दसदेखि तीस प्रतिशत बढी भएको पाइएको छ । सेरोटेमिन भन्ने न्यूसेट्रान्समिटरको असन्तुलनले गर्दा पनि रोग लागेको वैज्ञानिक प्रमाणहरू फेला परेका छन् ।
यो रोग लाग्यो भने मान्छेको दिमागमा एउटै विचार बारम्बार आइरहेको हुन्छ र उसलाई थाहा हुन्छ कि यो बेकारको विचार (क्भलकभभिकक त्जयगनजत) हो । उसले त्यो विचारसँग जुध्न (च्भकष्कत) कोसिस गरिरहेको हुन्छ तर सकिरहेको हुँदैन र उसले स्वीकार गर्छ कि यो उसको आफ्नै विचार हो र अन्यत्रबाट कुनै माध्यमद्वारा विचार आएको हुँदैन । यो रोग लागेमा मान्छेले आफ्नो शरीर र लुगा जति सफा गरे पनि फोहर लागेको अनुभव गर्छ र बारम्बार हातखुट्टा धुने गर्दछ । कसै–कसैको धुँदाधुँदै हातमा घाउ नै हुने गर्छ । कसैले बारम्बार ढोका चेक गर्ने गर्छ भने कसैले एउटै चीजलाई घण्टौंसम्म गणना गरिरहन्छ । कसैले कोठामा क्रमानुसार घण्टौं सामान मिलाउने गर्दछ । यसले गर्दा उनीहरूको दैनिक क्रियाकलापमा असर परिरहेको हुन्छ । अन्तमा बिरामी उदास भएर आत्महत्यासमेत गर्ने गर्छन् ।
यो रोगलाई औषधि तथा मनोचिकित्सक पद्धतिबाट उपचार गर्न सकिन्छ तर औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । बिरामीको जीवन सामान्य र सरल हुन जान्छ र आफ्नो कामकाज मज्जाले गर्न सक्छन् । यदि कसैको घर, छिमेक, टोलमा यस्तो रोगी छन् भने उनीहरूलाई उचित सल्लाह दिई सहयोग गर्नुपर्दछ ।