- सुशील मुडभरी
सीतालाई ‘माँ जानकी’को रूपमा लेखिएका, भनिएका थुप्रै वर्णनहरू, आख्यानहरू समाजमा परापूर्वकालदेखि चल्दै आएको छ । सीतालाई नायिका मानेर यौटा महाकाव्य ‘सीतायण्ॉ पनि २०५१ सालमा उद्योग वाणिज्य सङ्घ जनकपुरले प्रकाशित गरेको छ । उक्त काव्यमा नायक श्रीराम नै छन् तापनि सीतालाई प्राथमिकता दिइएकोले पनि नायिका–प्रधान मान्नुपर्ने हुन्छ । उक्त काव्यको कथावस्तु भाव, शैली गोस्वामी तुलसीदासकृत रामचरित मानसलाई आधार मानी लेखिए पनि आफ्नै मौलिकतामा तयार भएको देखिन्छ । रामायणहरू थुप्रै भाषामा थुप्रै विद्वान्हरूले आआफ्नै किसिमबाट रचना गरेको, प्रकाशित गरेको पाइन्छ । कथाको मूल वस्तु यौटा भएपनि भाव, शैली, भाषा वस्तुलाई अनेक रूपबाट प्रस्तुत गरेको देखिन्छ । रामभक्तिमा विभोर भएर वाल्मीकिले संस्कृतमा लेखेर विद्वान्हरूको माझमा राखी उच्च सम्मान पाउनुभयो भने तुलसीदासले शृ·ार, अलड्ढार हालेर जनताले सजिलै बुझ्ने, पठनपाठन गर्न सक्नेगरी जनभाषामा लेख्नुभयो । दुवै रामायण अर्थात् अरूले लेखेको पनि आआफ्ना ठाउँमा महत्त्व राख्छन् । नेपालमा भानुभक्तले वाल्मीकि रामायणलाई आधार मानेर आफ्नै मौलिकतामा प्रस्तुत गर्नुभएको पाइन्छ । महन्थ श्री रामप्रिय शरणजीले ‘सीतायण’ रचना गरेर धार्मिक र साहित्यिक क्षेत्रमा ठूलो गुण लगाउनुभएको छ । मिथिलाञ्चलभित्र नेपालको कुनै माधोपुर गाउँमा जन्मनुभएका श्रीराम प्रियले उक्त पुस्तक अठारौं शताब्दीमैं तयार गरिसक्नु भएको बुझिन्छ । सम्भवत: सीतायणको नामबाट प्रकाशित यो पुस्तक पहिलो नै मानिएको छ ।
नेपाली भूभागका छोरीहरूमध्ये सीता र भृकुटीले निकै प्रशंसनीय ख्याति आर्जन गरेका छन् । यी दुईमध्ये भृकुटी भोटका राजा स्रङचन् गम्पोसँग विवाह गरेर उत्तर चीन–तिब्बत गइन् । त्यहाँ नेपालमा प्रचलित धर्म, दर्शन, संस्कृतिका साथै बुद्धको महिमा आदि कुराहरूको व्यापक प्रचारप्रसार गरिन् । उनी त्यहाँको जनतासँग यति भिजिन् कि त्यहाँ उनी ‘हरित तारा’ को नामबाट पूजनीय भइन् । काठमाडौं उपत्यकालगायत नेपालको उत्तरी भूभागबाट थुप्रै नेपाली चेलीहरू चीनतर्फ बिहे भएर गएका छन् । तर ती सबै त्यहींको धर्म, संस्कृतिमा बाँधिएका पाइन्छन् । तर भृकुटीले भने त्यहाँ यौटा मामुली बुहारी नबनेर नेपालको धर्म, दर्शन फैलाएर माइतीको अस्तित्व चम्किलो बनाइन् । झन्डै त्यस्तै–त्यस्तै तर भृकुटीको समयभन्दा चार–पाँच हजार वर्षपूर्व जनकपुरकी सीताले भारत अयोध्याका रामसँग विवाह गरेर गएपछि भारतमा मात्र होइन विश्वमैं आफ्नो नाम चम्काइन् । आज हामी जनकपुरकी अर्थात् नेपालकी छोरी सीता ‘जानकी माता’ भइन् भन्न पाउँदा माइतीको नाताले छाती गर्वले फुल्न जानु स्वाभाविकै हुन जान्छ । सीताको सुझबुझ, त्याग, बलिदान र पतिव्रता चाहनाले गर्दा उनी सम्पूर्ण भारतखण्डको माता जानकीका नामले प्रसिद्ध हुन पुगेकी हुन् ।
रामसँग विवाह गरेर गएपछि सीताले अयोध्यामा केही दिन त रमझममा बिताएकी थिइन् तर दशरथ राजाको दरबारभित्र पारिवारिक कलह र शक्ति प्रतिस्पर्धाले गर्दा रामले वनवास जानुपर्ने भयो । सीता दरबारमैं बसेर सुखसयलमा दिन बिताउन सक्थिन् । तर उनले यस्ता विलासी इच्छा त्यागेर पति रामसँगै वनवास हिंडिन् । दरबारको व्यञ्जन भन्दा वनको कन्दमुल प्रिय ठानिन् । उता लड्ढाका चक्रवर्ती राजा रावण सीताको रूप लावण्यबाट मुग्ध थियो । ज·लवासी भएका रमन्ते रामबाट छुटाएर सीतालाई आफ्नो साम्राज्ञी बनाउने चाहना राख्न थाल्यो । सीतालाई अपहरण गरेर लड्ढा लग्यो र रावण सीतालाई आफ्नो रानी बन्न अनुनय विनय गर्न थाल्यो । तर आफ्नो धर्म, कर्तव्य, निष्ठा भावनाले उत्प्रेरित भएकी सीताले रावणको उत्कण्ठा पूरा हुन दिइनन् । उनले झूटो साम्राज्यभन्दा आफ्नै रमन्ते (घुमन्ते) पतिलाई प्यारो मानिन् । उनी लड्ढाकै अशोक वाटिकामा अनशनमा बसिन् । उनी रावणसँग झुक्दै झुकिनन् ।उनी आहार त्यागेर देह त्याग गर्न चाहन्थिन् । तर समयले पल्टा खायो ।
‘सीते–सीते’ भनेर सीताको नाम जपेर राम दक्षिण भारत घुम्न लागे । त्यसबेला दक्षिण भारतमा रावणले धेरै अत्याचार गरेको थियो, त्यहाँका राजा, महाराजा, जनता पीडित थिए । सीता र रामको दुर्दशा देखेर उनीहरू अरू मर्माहत भए । रावण पीडित राजाहरू, तटस्थ प्रान्तहरू, कबिलाहरू रावणको विरोधमा स·ठित हुन लागे । राजा, राज्य, प्रदेश र कबिलाका सम्पूर्ण जनता बिनाताजका अर्थात् राज्यविहीन राजा रामको पक्षमा समर्पित र एकत्रित हुन लाग्यो । त्यहाँका विशाल सेना लड्ढामा जाइलाग्यो । उता लड्ढाको रावण दरबारमा अन्तद्र्वन्द्व चर्कंदै जान लाग्यो । सीताको विद्रोहले गर्दा त्यहाँका भारदार र जनता रावणको विरोधमा अर्थात् सीतारामको पक्षमा उभिन लागे । रावणका रानीहरू असन्तुष्ट भए भने भाइ विभीषण पनि रामकै समर्थनमा पुगे । अन्ततोगत्वा रावणको पतन भयो र सीता, राम विजयी भए । सीता र रामले आफूहरू लड्ढापति हुने इच्छा राखेनन् । लड्ढा राज्य रावणको भाइ विभीषणलाई जिम्मा लगाएर उनीहरू अयोध्या फर्के ।
त्यसबखत अयोध्यावासी कति रुढिग्रस्त रहेछन् भन्ने कुरा सीतायण, रामायणहरू पढेर थाहा हुन्छ । सीताले गरेको त्याग बलिदानको मूल्याड्ढन अयोध्यावासीले गर्न जानेनन् । परपुरुषले अपहरण गरेर लगेको सीताले अर्काको घर दरबारमा रात बिताएको, त्यस्ती अपवित्र स्त्रीलाई रामले फर्काएर ल्याएर समाजमा विकृति फैलाएको भनि उल्टै अबुझ असत्य दोषारोपण राममाथि लगाइयो । अयोध्यावासीको यस्तो निर्बल बुद्धिप्रति सीता गम्भीर बनिन् । गर्भवती सीताले फेरि अर्को सङ्घर्ष गर्ने अठोट गर्दै अयोध्या छाडिन् । र वाल्मीकि आश्रम खोज्दै हिंडिन् । नेपालकै त्रिवेणीधाममा रहेको वाल्मीकि आश्रममा उनले
कुश र लव जुम्ल्याहा पुत्र जन्माइन् । वाल्मीकिले दिएको शिक्षा–दीक्षा, शस्त्रशास्त्र तथा ज्ञानले यी दुई
कुमार शुरवीरका साथै होनहार भए ।
यी कुमारहरूको पुरुषार्थ देखेर अयोध्यावासीको आँखा खुल्यो । उनीहरूलाई ठूलो पछुतो भयो । उनीहरू सीतालाई अयोध्या फर्काउन लालायित भए । तर यता सीताले देह त्याग गरिसकेकी थिइन् । सीताको चिनो मूर्ति बोकेर अयोध्यावासी आफ्नो गाउँ फर्के । अब जनककी छोरी ‘जानकी माता’ भएर अयोध्यावासीको मुटुभरि स्थान ओगट्न सफल भइन् । क्रमश: