$type=ticker$count=12$cols=4$cate=0

भूकम्पबाट इन्डोनेसियामा पाँचको मृत्यु, सुनामीको खतरा टर्‍यो

SHARE:

जाकार्ता, ३० चैत/एएफपी
    इन्डोनेसियाको उत्तरी द्वीपको सुमात्रा टापूनजिकै बुधवार गएको भूकम्पमा परी पाँचजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएको पछिल्लो समाचार प्राप्त भएको छ ।
    हिजोको ८.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण आचेह प्रान्तको एक पुल भत्किँदा ती व्यक्तिको मृत्यु भएको आज जनाइएको छ ।
    आचेह प्रान्तका विभिन्न तीन स्थानमा गरी पाँचको मृत्यु भएको आचेह प्रान्तको विपत् व्यवस्थापन संस्थाका निर्देशकले आज जानकारी दिएको बताइएको छ ।
    सो भूकम्पले बान्दा आचेहको प्रान्तीय राजधानीमा रहेको एक कैदी घरको पर्खाल भत्किएको पनि समाचारमा जनाइएको छ ।
    त्यस्तै, पश्चिम आचेहमा पनि एक पुल भत्किएको र त्यसमा परी अरू चार व्यक्ति घाइते भएको पनि समाचारमा जनाइएको छ ।
    भूकम्पको ठूलो धक्का परेको तीन प्रान्तहरू आचेह, पश्चिम सुमात्रा र उत्तरी सुमात्रामा भूकम्पपश्चात् पर्ने प्रभावलाई कम गर्न आपत्कालीन सहायता वितरणको कार्य तयारी हालतमा राखिएको सो विपत् व्यवस्थापन केन्द्रले जनाएको छ ।
    सो भूकम्पपछि एसियाका विभिन्न देशमा हिजै सुनामीको खतराको सतर्कता अपनाइएको थियो । त्यस्तै थाइल्यान्डले सुनामीको मापन नै गरिएको जनाएको थियो भने श्रीलङ्कामा पनि व्यापक मात्रामा सतर्कता अपनाइएको थियो ।
    तर साँझदेखि नै सुनामीको खतरा कम भएको समाचार सार्वजनिक गरिएको थियो । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पपछि भारतले पनि सुनामीको खतरा रहेको भन्दै सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको थियो ।
    हिजो साँझ भारतको हैदराबादमा रहेको राष्ट्रिय सुनामी पूर्वसतर्कता केन्द्रले एक सूचना जारी गरी हालका लागि भारतमा सुनामीको खतरा नरहेको बताएको थियो ।
    सो केन्द्रका अधिकारी एसए किशोरले भारतमा त्यस्तो उच्च सतर्कता अपनाउनुपर्ने अवस्था नरहेको जानकारी दिएका हुन् ।
    यसअघि भारत सरकारले सूचना सार्वजनिक गरी हिन्द महासागरको अन्डमान र निकोबारमा सुनामीको खतरा रहेको बताएको थियो ।
    त्यसैगरी हिजै साँझदेखि इन्डोनेसिया र श्रीलङ्काले पनि सुनामीको अहिलेको खतरा कम हुँदै गएको बताएका छन् ।
    ती देशका अधिकारीहरूले केही समयअघि सार्वजनिक सूचना जारी गर्दै सुमात्रा टापूमा आएको भूकम्पका कारण रहेको भनिएको सुनामीको खतरा हालका लागि टर्दै गएको बताएका छन् ।
    सन् २००४ मा आएको सुनामीबाट भारतमा पनि ४५४ व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार ७३ व्यक्ति बेपत्ता भएका थिए । सो सुनामीले मुम्बईको समुद्री तटमा असर पारेको थियो ।
    इन्डोनेसियामा सन् २००४ डिसेम्बर २६ का दिनमा आएको ९.१ रेक्टर स्केलको भूकम्प र त्यसपश्चात् सुनामीबाट दुई लाख ३० हजार व्यक्तिको ज्यान गएको थियो ।
    इन्डोनेसियामा हिजो आएको भूकम्प सुरुमा ८.९ रेक्टर स्केलको भएको भनिएपनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले आज अपराह्नमा गरेको मापनबाट यो ८.६ स्केलको भएको जनाएको छ । इन्डोनेसियामा सुनामी आउन सक्ने क्षेत्रहरूमा आचे, उत्तरी सुमात्रा, पश्चिमी सुमात्रा, बङ्गकुला र लाम्पुङ्ग रहेको इन्डोनेसियाको भूगर्भशास्त्र तथा जलवायु विभागले जनाएको छ ।
    हिजो एसियाका अरू पनि समुद्री तटका बस्तीहरूमा सुनामीको उच्च सतर्कता अपनाइएको बताइएको छ । तर सुनामीका कारण त्यस्तो ठूलो क्षति भने भएन । रासस
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भूकम्पबाट इन्डोनेसियामा पाँचको मृत्यु, सुनामीको खतरा टर्‍यो
भूकम्पबाट इन्डोनेसियामा पाँचको मृत्यु, सुनामीको खतरा टर्‍यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYDlMXcTZsaEAknIS5PgYOX5gIyM9pnD9R7ak3_jYVuft9TvXQl5ycJ8q9gClx7ACfrEScVta1ZebtpSsvrUXB71Dn1ypRx0ffYg4EjktL01x2kKhP2EO_ITurvpq7EonaTzzKbcBydtw/s1600/int.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYDlMXcTZsaEAknIS5PgYOX5gIyM9pnD9R7ak3_jYVuft9TvXQl5ycJ8q9gClx7ACfrEScVta1ZebtpSsvrUXB71Dn1ypRx0ffYg4EjktL01x2kKhP2EO_ITurvpq7EonaTzzKbcBydtw/s72-c/int.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/04/blog-post_7504.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/04/blog-post_7504.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy