प्रस, जीतपुर, १५ वैशाख/
सवारीचालकको लापरवाही, ओभरटेक, तीव्रगति, पैदल यात्रुहरूको गल्ती, यान्त्रिक गडबडी, ओभरलोड, छाडा चौपाया, सडकको खराबी तथा मादक पदार्थ सेवन (मापसे) को कारण सवारी दुर्घटनामा वृद्धि भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढले जनाएको छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढअनुसार चालू आव २०६८/०६९ को साउनदेखि चैतसम्म ९ महिनामा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १६ जिल्लामा ५६९ वटा सवारी दुर्घटनामा परी ३७३ जनाको मृत्यु भएको छ भने १,३९८ जना घाइते हुनुको साथै करोडौको धनजन क्षति भएको छ । सवारी दुर्घटनामा ७८० वटा सवारीसाधनहरू संलग्न रहेको विवरणमा जनाइएको छ ।
बिहान ६ बजेदेखि १२ बजेको समयमा १९० वटा, १२ बजेदेखि बेलुकी ६ बजेसम्म २६१ वटा र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म १४८ वटा सवारी दुर्घटना भएको तथ्याड्ढमा उल्लेख छ । सो सवारी दुर्घटनामा २३३ जना पुरुष, ६१ जना महिला, ५४ जना बालबालिका र २४ वटा चौपायाको मृत्यु भएको पनि जनाइएको छ ।
त्यस्तै प्राप्त विवरणमा सवारी दुर्घटनाका कारक तत्वमा मध्य क्षेत्रको १९ जिल्लामध्ये काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक १६ जिल्लामा ९ महिनाभित्र चालकको लापरवाहीले २९० वटा, ओभरटेक र ओभरलोडले ६९ वटा, यात्रु र चौपायाको गल्तीले ३२ वटा, सवारीको तीव्रगतिले १२९ वटा, सवारीसाधन एवं सडकको गडबडीले ४४ वटा र मादक पदार्थ सेवन (मापसे) ले ५ वटा सवारी दुर्घटना भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढमा उल्लेख छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढअनुसार तीन ‘स’ अर्थात् सवारीचालक, सवारीसाधन र सडकको खराबीले सवारी दुर्घटनामा अत्यधिक वृद्धि भएको प्रष्ट छ । त्यसैले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सवारीचालक अनुमतिपत्र दिने र सवारीसाधनको मेसिनरी पार्टपूर्जासहित सवारीसाधनको अवस्था चेकजाँच गर्ने यातायात व्यवस्था कार्यालय तथा सवारीचालक र सवारीसाधनको गति र अवस्था चेकजाँच गर्ने ट्राफिक प्रहरी हरूले प्रहरी ऐन नियमावलीबमोजिम आ–आफ्नो जिम्मेवारी, कर्तव्य तथा उद्देश्य पूरा गरे सवारी दुर्घटना हदैसम्म नियन्त्रण हुन्छ । त्यस्तै सडक विभागले पनि आफ्नो कार्ययोजनाबमोजिम सडक मरम्मतको काम पूरा गर्ने हो भने सवारी दुर्घटना नियन्त्रणमा थप सहयोग पुग्ने गैरसरकारी संस्था मानव अधिकार तथा नागरिक सरोकार प्रतिष्ठानका अध्यक्ष शिवकुमार शर्माले बताए ।