काठमाडौं, १६ वैशाख/रासस
ब्रिटिश गोरखा कप फूटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरी क्लबले हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ र·शालामा आज साँझ भएको सो प्रतियोगितामा नेपाल प्रहरीले थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सो उपाधि हात पारेको हो ।
प्रहरीका योगेश श्रेष्ठले खेलको पहिलो हाफको १६ औं मिनेटमा एक गोल गर्दै खाता खोलेका थिए ।
यस्तै प्रहरीका अर्का खेलाडी भरत शाहले खेलको ३० औं मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भए ।
प्रहरीले पहिलोपटक सो उपाधि जितेको हो । थ्रीस्टारले खेलको विभिन्न समयमा थुप्रै सुनौला अवसर पाए तापनि सदुपयोग भने गर्न सकेन ।
विजयी प्रहरी टिमले रु. १० लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता थ्रीस्टारले रु. पाँच लाख हात पार्यो ।
यस्तै सो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने हिमालयन शेर्पा क्लब र मनाङ्मस्याङ्दी क्लबले रु. एक/एक लाख प्राप्त गरे ।
सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि प्रहरीका गोलकिपर रितेश थापाले जिते । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे भने उनैले उत्कृष्ट गोलकिपरको उपाधिसमेत हात पारे ।
यस्तै उत्कृष्ट डिफेन्डर थ्रीस्टारका विराज महर्जन, उत्कृष्ट मिडफिल्डर विशन गौचन र उत्कृष्ट खेलाडी योगेश श्रेष्ठले रु. ५०/५० हजार प्राप्त गरे ।
यसैगरी प्रहरीका सुमन सुवेदी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री कमला रोका,
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरस्कार वितरण
गरे ।