जुन काम जुन बेला गर्नुपर्ने हो त्यसै बेला गर्नु नै समय व्यवस्थापन हो । तर पनि प्राय: हरेक उमेर समूहका विद्यार्थीहरूले मसँग के प्रश्न गर्ने गर्छन् भने कति घण्टा सुत्नुपर्ने हो ? कति घण्टा पढ्नुपर्ने हो ? समयलाई लिएर उनीहरूको यी दुईवटा प्रश्नहरू नै प्रमुख हुन्छन् । तर मलाई अहिलेसम्म कुनै विद्यार्थीले कति घण्टा खेल्नुपर्छ भन्ने प्रश्न सोधेको सम्झना छैन । यसको अर्थ कुनै विद्यार्थीसामु यस प्रश्नसँग सम्बन्धित कुनै प्रकारको समस्या छैन वा विद्यार्थीहरूले जति घण्टा खेल्नुपर्दछ त्यतिकै घण्टा खेलिरहेका छन् वा उनीहरूले जति घण्टा खेल्नुपर्ने हो त्यति खेलिरहेका छैनन् वा नखेलिकन पढाइ मात्र गरिरहेका छन् ।
खेलको कुरालाई यहाँनिर बिर्से पनि विद्यार्थीहरूमा समयलाई लिएर प्राय: तीन किसिमका जिज्ञासाहरू मैले भेटाएको छु । पहिलो, कति घण्टा सुत्नुपर्छ ? दोस्रो, कति घण्टा पढ्नुपर्छ र तेस्रो, नियमित पढाइले दिक्क भएपछि यसका लागि के गर्नुपर्छ ? मलाई के लाग्छ भने यी प्रश्नहरू तीनवटा मात्र छन् तर यसको जवाफ तीनवटा उत्तरमा सीमित हुँदैन । यसलाई राम्ररी बुझाउनका लागि विस्तृतमा चर्चा गर्नु नै बेस हुन्छ जस्तो मलाई लाग्दछ ।
सबैभन्दा पहिला विद्यार्थीहरूले समयलाई तीन भागमा बाँड्नुपर्छ । पहिलो, प्रत्येक दिन गर्ने कार्यका लागि समय । दोस्रो, आफ्नो प्रमुख कामको लागि समय र तेस्रो, खाली समय । यसलाई बुझ्नका लागि सबैभन्दा पहिला म के भन्न चाहन्छु भने जसले आफूलाई ठीक राख्न सक्दछ त्यसले अरूलाई पनि ठीक राख्न सक्छ । यसकारण विद्यार्थीहरूले सबैभन्दा पहिला आ–आफ्नो शरीरलाई आधार मानेर त्यसलाई ठीक राख्ने प्रयत्न गर्नुपर्दछ । शरीरलाई चाहिने केही कुराहरू जस्तै समयमा सन्तुलित खाना खानु, समयमा गहिरो निद्रा सुत्नु, शरीरका माँसपेशीहरूलाई बलियो बनाउनका लागि केही कसरत वा शारीरिक श्रम गर्नुपर्ने हुन्छ । के विद्यार्थीहरूले यी कुराहरूमाथि नियमित ध्यान दिने गर्छन् ? कसैले यस सम्बन्धमा बढी ध्यान दिन्छन् भने कसैले दिंदैनन् । यी दुईवटै कुरा समय व्यवस्थापनको हिसाबले गलत हो “पढैया” विद्यार्थीहरूले यसतर्फ ध्यान नै दिंदैनन् भने नपढ्ने विद्यार्थीहरू खुब खान्छन्, जिम जान्छन् र दिनभरि खेलिरहन्छन् ।
वास्तवमा भन्ने हो भने चौबीस घण्टामा लगभग एक तिहाइ अर्थात् ८–९ घण्टा यस काममा मन लगाएर व्यतीत गर्नुपर्छ । मलाई के थाहा छ भने विद्यार्थीहरूले यस काममा ध्यान दिन्छन् । सही भन्नुपर्दा सुत्ने काममा अलि बढी नै ध्यान दिने गर्छन् । तपाईंको बाधा भनेको के हो भने तपाईंले यस काममा १२–१३ घण्टा व्यतीत गर्नुहुन्छ र त्यसमा पनि प्रमुख समस्या निद्राको नै हो । समस्या यो होइन कि तपाईंलाई निद्रा लाग्दैन, समस्या के हो भने निद्रा लाग्छ र लागिरहन्छ । यसकारण सबैभन्दा पहिला यस समस्यामाथि विचार गर्नुपर्ने जरुरी हुन्छ ।
गहिरो निद्रा लाग्नु राम्रो कुरो हो किनभने यदि चाहिएको जति निद्रा पुगेन भने दिमागले काम गर्न छोड्छ । यसकारण जसरी निद्रा नआउनु समस्या हो भने बढी निद्रा आउनु पनि समस्यै हो । यसका धेरै कारणहरूमध्ये विद्यार्थीहरूका लागि मनोवैज्ञानिक कारण नै प्रमुख हो । उनीहरूले गर्ने चिन्ता, लिने तनाव आदिका कारण
निद्रा लाग्दैन भने अर्कोतर्फ बढी आत्मविश्वास, लापरवाही वा उद्देश्यहीनताले गर्दा पनि बढी निद्रा लाग्न
थाल्छ ।
चिकित्सक र मनोवैज्ञानिकहरूका अनुसार विद्यार्थीहरूले कम्तीमा ६ घण्टा सुत्नु नितान्त आवश्यक छ । यसमा एकाध घण्टा बढी वा कम शारीरिक आवश्यकताका आधारमा हुनसक्छ । यदि विद्यार्थीहरू राति एघार बजे सुत्छन् भने ठीक पाँच बजे उठ्नुपर्ने हुन्छ । तर, प्राय: विद्यार्थीहरू उठ्दैनन् । किनभने उनीहरूलाई पढ्ने काम बढी भारी लाग्छ । तर, यदि उनीहरूलाई क्रिकेट खेल्न पाँच बजे मैदानमा पुग्नु छ भने साढे चार बजे नै उठ्छन् । यदि विद्यार्थीहरूले यस कुरामाथि गहिराइले ध्यान दिन्छन् भने उत्तर आपैंm पाउन सक्छन् । निष्कर्षमा म के भन्न चाहन्छु भने विद्यार्थीहरूलाई बढी निद्रा लाग्छ किनभने जागेर जुन काम गर्नुपर्ने हुन्छ त्यसलाई गर्न उनीहरूले चाहँदैनन् । विद्यार्थीहरूलाई मेरो के सुझाव छ भने यस स्थितिलाई बदलेर हेर्नुहोस् निद्रा आपैंm बन्द हुन्छ ।
अब म विद्याथीहरूसँग एउटा प्रश्न के गर्न चाहन्छु भने तपाईंहरूले आफ्नो स्वास्थ्यमाथि कति समय खर्चिनुहुन्छ र मोबाइलमाथि कति ? जवाफ जे पनि हुनसक्छ तर विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने हामी जे पनि गर्न सकिरहेका छौं त्यो प्रकृतिप्रदत्त अद्भूत उपकरण शरीरको कारणले नै गर्न सकिरहेका छौं । एउटा भनाइ छ,“जोसँग स्वास्थ्य छ, उसँग आश छ र जोसँग आश छ, उसैसँग सबैथोक छ ।” यस भनाइको उद्देश्य के हो भने तपाईं स्वस्थ रहनुहोस् । कम्तीमा बिरामी परेर भविष्यलाई नष्ट हुनबाट जोगाउनु तपाईंको हातमा मात्र छ । कम्तीमा केही समय यसतर्फ पनि खर्चिनुपर्छ । त्यो कसरतमा होस् वा योग गर्नु, डुल्ने
काम होस् वा जिम गएर बडी बनाउने, जे भए पनि त्यसमा नियमित समय खर्चिनुपर्छ । यदि विद्यार्थीहरूले
यस कामका लागि प्रतिदिन एक घण्टा समय खर्च गर्छन् भने यसले तपाईंलाई अतिरिक्त चार घण्टा फर्काउँछ ।
निद्रा र स्वास्थ्य सँगसँगै हामी सबैले प्रत्येक दिन केही स–साना कामहरू जस्तै– नुहाउनु, पूजा गर्नु, खाजा र खाना खानु, बजार जानु आदि गर्नुपर्ने हुन्छ । यी कामहरू अनावश्यक होइनन् । यो पनि हाम्रो लामो जीवनको एउटा हिस्सा हो । यस्ता कामहरूलाई व्यर्थको काम सम्झेर टाल्नुहुँदैन वा छिटो–छिटो गर्नुहुँदैन । भन्नुको अर्थ के हो भने मैले प्राय: विद्यार्थीहरूलाई भागीभागी खाना खाँदै गरेको पाएको छु । कुनै पनि कामलाई सानो बुझ्ने गल्ती नगर्नु नै बेस हुनेछ । प्रतिदिन गरिने हरेक कामलाई महत्त्व दिनुहोस् र आनन्दका साथ गर्ने बानी बसाल्नुहोस् ।
समय व्यवस्थापनको माग पनि यही नै हो ।
समय व्यवस्थापनको वास्तविक अर्थ के हो भने तपाईं जुन पनि काम गर्नुहोस् त्यो यसरी गर्नुहोस् कि तपाईंलाई त्यसबाहेक अरूथोक नजर नआओस् । प्रसन्न मन गतिमान हुन्छ भने दु:खी मन थाकेको हुन्छ । हामीलाई हाम्रो सोचले दु:खी बनाउँछ । आफ्नो सोचलाई फराकिलो बनाउनुहोस् । सोच फराकिलो भयो भने मन पनि फराकिलो हुन्छ र हाम्रो जीवन स्वत: नै फराकिलो बन्न थाल्छ । अर्को ध्यान दिनुपर्ने सूक्ष्म कुरा के हो भने प्रकृतिसँग सन्तुलन कायम गर्नुपर्छ । प्रकृतिले हामी सबैलाई समय, ठाउँ र वातावरण अनुकूल
बनाएको छ । हामीलाई जीवन प्रदान गर्ने प्रकृतिसँग जति तालमेल मिलाउन सक्छौं त्यतिकै हामीलाई फाइदा हुन्छ ।
विद्यार्थीहरू प्राय: प्रकृतिसँग सामञ्जस्य राखेर काम गर्दैनन् । उदाहरणको लागि सूर्य प्रकाशको मात्र होइन ऊर्जाको स्रोत पनि हो । सूर्यको उपस्थितिको अर्थ हाम्रो तन र मनमा ऊर्जा उत्पन्न हुनु र सूर्यास्तपछि हाम्रो तन र मनको ऊर्जा विस्तारै नाश हुनु हो । हामी जुन पनि काम गर्छौं त्यसका लागि ऊर्जाको आवश्यकता पर्दछ । यस आधारमा म विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने राति अबेरसम्म पढ्नु र बिहान ढिलोसम्म सुत्नु समय
व्यवस्थापनको दृष्टिकोणले गलत हो । हुनु के पर्छ भने विद्यार्थीहरू राति दश बजेसम्म सुती सक्नुपर्छ र
बिहान चार बजे उठी सक्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूले समय बढेको महसुस गर्छन् किनभने बिहानको दुई घण्टाको पढाइले अबेर रातिको चार घण्टाको पढाईभन्दा बढी राम्रो परिणाम दिलाउन सक्छ ।
गर्मीमा चिसो पेय पदार्थ खानु ठीक हो तर चिसोमा आइसक्रिम खानु प्रकृतिविपरीत कार्य हो । यसो गर्दा तपाईंको घाँटी खराब हुन्छ तर यसभन्दा पनि बढी तपाईंको समय बर्बाद हुन्छ । यसैगरी चिसोमा टाइट लुगा लगाउनु ठीक हो तर गर्मीमा पनि टाइट लुगा लगाउनु प्रकृतिविपरीत कार्य हो । किनभने शरीरको तापमान सन्तुलन राख्न हावाको आवश्यकता पर्दछ । भन्न के खोजिएको हो भने पानीको बहावविपरीत पौडी खेल्नु बहादुरी हुनसक्छ तर समझदारी हैन । विद्यार्थीहरूले के ध्यान राख्नुपर्छ भने बहादुरीको आवश्यकता जीवनमा कहिलेकाहीं मात्र पर्दछ तर समझदारीको आवश्यकता हरसमय हुन्छ । प्रकृति सँगसँगै मिलेर जीवन व्यतीत गर्नुमा नै बुद्धिमानी हुनेछ ।