प्रस, वीरगंज, १६ वैशाख/
ब्राह्मण समाज नेपाल पर्साले आज वीरगंजमा मोटरसाइकल र्याली र कोणसभा गरेको छ । समाजले बिहान जिविस पर्साबाट मोटरसाइकल र्याली निकाली नगर परिक्रमा गरेको थियो । यसैगरी दिउँसो घण्टाघरबाट विरोध र्याली निकाली नगर परिक्रमापश्चात् घण्टाघरमैं कोणसभा गरेको थियो ।
ब्राह्मण समाज नेपाल पर्साका अध्यक्ष देवनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न कोणसभालाई बृजमोहन तिवारी, सुमेश्वर उपाध्याय, पुरुषोत्तम दुबे, इन्द्रभूषण उपाध्याय, प्रेमचन्द दुबे, नरेन्द्र तिवारीलगायतले सम्बोधन गर्दै पाँच सूत्रीय माग पूरा हुनुपर्ने बताए ।
ब्राह्मणलगायत अन्यमा पारिएका मूलवासीमा परिभाषितहरूलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने, जातीय आधारमा राज्य पुनर्संरचना र आरक्षण दिन नहुने, विभेदको अन्त्य गरिनुपर्ने, राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रहद्वारा समस्याको समाधान खोजिनुपर्ने जस्ता मागहरू राखेर ब्राह्मण समाज नेपालले वैशाख १२ गतेदेखि देशभरि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।
प्रस, पथलैया/
ब्राह्मण समाज नेपाल सिमराको आइतवार गाविसस्तरीय भेला सम्पन्न भएको छ ।
समाजको गाविसस्तरीय तदर्थ समितिको आयोजनामा सम्पन्न भेलाले पर्सि म·लवार सिमरामा सम्पूर्ण ब्राह्मणहरूको भेला गर्ने निर्णयसमेत गरेको छ ।
समितिका अध्यक्ष शिव वाग्लेको सभापतित्वमा सम्पन्न भेलाले केन्द्रीय कार्यक्रमअनुसार ब्राह्मणहरूको भेला गर्ने र सोही दिन नयाँ कार्यसमितिसमेत चयन गर्ने बताइएको छ ।
करिब एक हजार ब्राह्मणहरूको भेला गर्ने लक्ष्य राखिएको र त्यसका लागि आवश्यक सहयोगसमेत जुटाउने कार्य सुरु भएको सचिव केशव पौडेलले जानकारी दिए । संविधानमा ब्राह्मणहरूको हकअधिकार सुनिश्चित हुनुपर्नेलगायतको माग राख्दै ब्राह्मण समाज यतिबेला आन्दोलनरत छ ।