पानीको हाहाकार परेको बेला शुद्ध पानीको अभावमा जस्तोसुकै पानी पाए पनि थाप्नका लागि मानिसहरू तँछाडमछाड गरी लाइनमा बस्छन् । पानीबिना जीवन सम्भव छैन । पानीलाई सतहीरूपमा हेर्यौं भने त्यसमा मिसिएका विकारहरूलाई खासै ठम्याउन सकिंदैन । त्यसलाई सूक्ष्म तरिकाले नियाल्ने हो भने मानवका लागि हानिकारक कीटाणुहरू धेरै पाउन सकिन्छ । अशुद्ध पानीका कारण जन्डिस, हैजा, झाडापखाला, छालाको रोगलगायत ठूला महामारीहरू फैलिएर धनजनको क्षति भएका घटनाहरू मानव समाजले बेलाबखत भोग्दै आएको छ । तर जतिसुकै फोहोर पानी होस् त्यसलाई आवश्यकता अनुसार फिल्टर गरेर वा शुद्धीकरण गरेर उपभोग गर्ने हो भने पानी सधैं जीवनदाताकै रूपमा रहनेछ । ब·लादेशको आदिवासी क्षेत्रमा भैंसी र सुङ्गुर नुहाउने पोखरी धेरै छन् । वर्षात्को बेला चिम्टयाइलो माटोका ठूला पोखरीहरूमा जमेको पानीबाहेक पिउने पानीको अर्को स्रोत त्यहाँ छैन । विश्व स्वास्थ्य स·ठनको सहयोगमा सुतीको कपडाबाट पानी शुद्धीकरण गर्ने तरिका सिकेका आदिवासीहरू त्यही पोखरीका पानी पिउँछन् र जीउँछन् । पछिल्लो समय उक्त आदिवासी क्षेत्र पिउने पानीबाट हुने सङ्क्रमित रोग एवं महामारीबाट मुक्त छ ।
आज हाम्रो मुलुकले लोकतन्त्रमा पाइला सारेको छ । लोकतन्त्रको प्राण भनेको राजनीतिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता तथा दल/सङ्घ/स·ठन खोल्ने र सञ्चालन गर्ने स्वतन्त्रता हो । यही स्वतन्त्रताको उपयोग गरेर विभिन्न राजनीतिक दलहरू समाजमा क्रियाशील छन् । सतहीरूपमा हेर्दा सबै राजनीतिक दलहरूको घोषणापत्रमा जनता र राष्ट्रका लागि हितकारी तथा कल्याणकारी कुराहरू लेखिएका हुन्छन् । ती दलका नेताहरूले गर्ने भाषण पनि चिल्ला, भावुक र उत्तेजित हुने खालका हुन्छन् । असल र इमानदार नेताको खडेरी परेको हाम्रो मुलुकमा आफ्नो दलले बोलेको जुनसुकै पनि कुरा सय प्रतिशत सही हो भन्ने र अन्धसमर्थन गर्ने हुलको कमी छैन ।
पूर्व श्रम तथा यातायातमन्त्री सरिता गिरीले वैदेशिक रोजगार गिरोहको भण्डाफोर गर्न खोज्दा आफू बर्खास्तगीमा परेको पीडा पोखेकी छन् । वैदेशिक रोजगारीको भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता रहेको र भट्टराई नेतृत्वको सरकारले जनआकाङ्क्षाअनुरूपको संविधान बनाउन नसक्ने गिरीले दाबी गरेकी छन् । बर्खास्तगीको दुई दिनअगाडिसम्म भट्टराई नेतृत्वको विकल्प छैन, वर्तमान सरकारले नै संविधान जारी गर्छ भनेर कुर्लने गिरीले आज बोलेको कुरालाई जनताले कुन रूपमा लिनुपर्छ भन्नेतर्फ जनता आफैंले फिल्टर गर्न सक्नुपर्छ । सरिता गिरी नेपाली राजनीतिका एक प्रतिनिधि पात्र मात्र हुन् । ठूला दलका शीर्ष नेतादेखि साना दलका नेताहरूसमेत कुर्सीको नजिक हुँदा र कुर्सीबाट टाढा हुँदाका अवस्थामा फरक अभिव्यक्ति दिने गर्छन् । उनीहरूको अभिव्यक्ति जनता र राष्ट्रकेन्द्रित नभएर कुर्सीकेन्द्रित देखिएको छ । जुनसुकै मुद्दामा होस् नेताले बोल्यो कि सही भनेर ताली पिट्ने समूह यो मुलुकको लागि खतरा हो । गलत चरित्र भएका नेताहरूका पनि कतिपय सही पक्ष हुन्छन् । तपाईंको यो पक्ष सही र यो पक्ष गलत भनेर किटानी गर्न नसक्ने जमातले नेतालाई बिगार्छ, आफू बिग्रन्छ र राष्ट्रलाई पनि दुर्गतिमा पुर्याउँछ । तसर्थ मुलुकलाई लोकतन्त्रविरोधी महामारीबाट बचाउने हो भने लोकतन्त्रको नाममा भोलि अर्को निरङ्कुशता नजन्माउने हो भने नेताको कुरा फिल्टर गरेर मात्र ग्रहण गरौं, सहीलाई सही र गलतलाई गलत भनी अगाडि नै भन्न सकौं । त्यसो गरे मात्र देशको हित सम्भव छ ।