प्रस, वीरगंज, १६ वैशाख/
श्रम तथा यातायातमन्त्रीबाट बर्खास्त गरिएकी सभासद् सरिता गिरीले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी महिलाहरूलाई विदेश पठाउने गिरोहको भण्डाफोर हुन लागेपछि आफूलाई पदमुक्त गरिएको आरोप लगाएकी छिन् ।
स्थानीय होटल हीराप्लाजामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री गिरीले नेपालबाट प्रधानमन्त्रीदेखि राजदूतहरूसम्मको मिलीभगतमा गैरकानूनीरूपमा महिलाहरूलाई वैदेशिक रोजगारमा पठाउने र सोबापतको कमिशन खाने कार्य भइरहेको दाबी गरिन् ।
पदमा रहँदा प्रधामन्त्रीको प्रशंसा गर्ने र यही सरकारलाई राष्ट्रिय सरकार बनाउनुपर्ने जिकिर गर्दै आएकी पूर्वमन्त्री गिरीले नयाँ संविधान आउनेमा शड्ढा गर्दै आएपनि सड्ढटकाल लगाएर संविधान जारी गरिने र त्यसरी जारी गरिने संविधानमा सङ्घीयताको गुञ्जाइश नरहने बताइन् । उनले माओवादीले देश कब्जाको रणनीति लिएर काम गरिरहेको दोषारोपण पनि लगाइन् । माओवादी आगामी निर्वाचनसम्म सरकारमा टिकिरहने योजनामा रहेको खुलासा गर्दै उनले मुलुकमा तीन प्रदेशभन्दा बढी नहुनुपर्ने र जातीय प्रदेशहरू देशको लागि खतरा हुने बताइन् ।
त्यस्तै नेपाल सद्भावना पार्टीले आज पोखरियामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष सरिता गिरीको मुख्य आतिथ्य थियो ।